जगदीशप्रसाद शर्मा
गताङ्कको बाँकी...
मान्छे चरम व्यावसायिक र असहिष्णु रहेछ । उसले भन्यो– आप लोग गया से बनारस, बनारस से गोरखपुर और गोरखपुर से रक्सौलका पैसा जमा करा दिजिए, मैं शाम तक आपलोग जहाँ बैठे हैं, टिकट पहुँचा दूँगा । मलाई शङ्का लाग्यो । लघुशङ्का गर्न नदिने मान्छेले दशौं हजार मागिरहेको छ, के भरोसा १ तिमी रु दुई हजार एडभान्स राख, टिकट मिलाइदेऊ र टिकट कन्फर्म भएपछि बाँकी पैसा लेऊ भनेर पेश्की दुई हजार छोडी हामी निस्क्यौं । तय के भयो भने ऊ बेलुकी टिकट लिएर हामी बसेको धर्मशालामा आउने छ र टिकट हामीलाई दिएर आप्mनो पैसा लैजानेछ । हामीलाई नेपाली धर्मशालामा बसाउने गरी भीमकाय नेपाली पण्डाले हाम्रो झिटिगुम्टा धर्मशालामा राख्न लगाएको थियो । तर कुनै जमानामा नेपाली श्राद्धकर्मीको सहुलियतको लागि नियुक्त तर अहिले नेपालीको मात्र रगत चुस्नका लागि तैनाथ गरिएका पण्डा र मेठको व्यवहारले कोही धर्मशालाभित्र छिर्ने मनस्थितिमा थिएन । यस्तोमा निर्विकार, स्थितप्रज्ञ माधव रिजाल अघि सरे । तबसम्म हामीले धर्मशाला बाहिर रहेको पसलेसँग होटलबारे सोधपुछ गर्दा उनले एउटा होटलवालालाई त्यहीं बोलाइदिए । उसको स्कुटरमा ऊ, सम्धीजी र म तीनजना ‘मद्रास होटल’ पुग्यौं । राति ९ बजिसकेको थियो । होटल धर्मशालाजस्तै थियो । एउटा ठूलो हल, दुईवटा कोठा । यत्तिकैमा हामी १४ जनाले रात बिताउने बन्दोबस्त मिलायौं । दिउँसो अबेर खाना खाएकोले राति खाने इच्छा धेरैले जनाएनन् । म, सम्धीजी, पत्नी बिन्दु चाहिं खाना खोज्न बाहिर निस्क्यौं । उत्कण्ठा त छँदै थियो, बिहारको यस गयामा मद्रास होटल कसरी ? होटलेसँग कुरा ग¥यौं, उनले कारण बताए । हामीले पनि अन्त नजाने, त्यही डोसा खाने निर्णय ग¥यौं । तर टिकटका लागि हामीले धर्मशालाको ठेगाना दिएका थियौं । यो कुरा होटलवालालाई बतायौं । उनले एजेन्टको नाम सोधे र भने यो मेरो चिनजानको मानिस हो, तपाईंहरू मेरो होटलमा हुनुहुन्छ भनी म फोन गरिदिन्छु, उनी यहीं आउँछन् भने ।
खाना खाइसक्दा राति १० बजिसकेको र एजेन्टले टिकटको कुनै खबर नगरेकोले होटलवालासँग कुरा ग¥यौं । उनले फोन मिलाउने निकै चेष्टा गरे तर सफल भएनन् । पछि उनले भने– ऊ मेरो परिचित हो, म तपाईंलाई उसकहाँ पु¥याउँछु । नभन्दै उनले सम्धीजीलाई स्कुटरमा राखेर उसलाई खोज्न जाँदा ऊ बाटोमैं फेला प¥यो । उसले गया–बनारस टिकट मिलेन, बनारस–गोरखपुर वेटिङ टिकट मात्र पाइयो र गोरखपुर–रक्सौल कन्फर्म भयो भन्यो । उसले बनारस–गोरखपुर–रक्सौलको रेल शुल्क माग्यो र कथम्कदाचित् टिकट कन्फर्म नभए पैसा फिर्ता गर्ने वाचा ग¥यो । ऊ गयामा, हामी नेपालमा । हामी त जसरी पनि नेपाल पुगौंला उसले पैसा कसरी फिर्ता गर्छ । कसलाई फिर्ता गर्छ । जे त पर्ला, बाध्यता थियो, विश्वास ग¥यौं र झन्डै भारु ६,०००/– बुझायौं ।
हिन्दूशास्त्रहरूमा गयाको ठूलो महात्म्य गाइएको छ । यहाँ पिण्डदान गर्दा जस्तोसुकै पाप कर्म गरेको पितृको पनि त्राण हुन्छ । तर विडम्बना के छ भने पिण्डदान कुनै ब्राह्मणले नै गराउनुपर्छ, आपूm स्वयंले गर्दा हुँदैन । जबकि गयाका ब्राह्मणहरूलाई ब्रह्माजीले श्राप नै दिएका थिए–तिमीहरू सदा दरिद्र रहने छौं । गयाका पण्डाहरूको व्यवहार हेर्दा उनीहरू धनको दरिद्र नभए पनि मनका त अवश्य नै दरिद्र रहेछन् भन्ने पत्यार लाग्यो । कुरो के भएको थियो भने विष्णु भगवान्ले गयासुरलाई गयामा स्थित गरेर फर्कंदा ब्राह्मणहरूलाई यथेष्ट दान दिएका थिए । तिनै ब्राह्मणहरूले धर्म यज्ञ गर्दा अरूसँग द्रव्य मागेका रहेछन् । त्यस यज्ञको धूवाँ स्वर्गमा पुगेछ र ब्रह्माजीले भगवान्ले त्यत्रो द्रव्य दिंदा पनि अरूसँग मागेर यज्ञ गर्ने भनी रिसाएर ब्राह्मणहरूलाई सदा दरिद्र रहने श्राप दिएका रहेछन् ।
यी सबै किंबदन्ति हुन् । फल्गु नदीको प्रसङ्ग जुन श्राद्ध गराउने पण्डितले सुनाए त्यो अधूरो थियो । रामचन्द्रजी श्राद्ध गर्न गएको पनि दुईटा प्रसङ्ग छ । एउटा त पण्डितजीले सुनाएको ... । त्यसमा कुरा के भएको रहेछ भने रामचन्द्रजी सामान लिन जाँदा एक्कासि आकाशवाणी भएछ– पिण्डदान गर्ने बेला भयो, यसपछि दिएको पिण्डदानको महŒव हुनेछैन । सीताजीले फल्गु नदी, गाई, केतकी पूmल र वटवृक्षलाई साक्षी राखेर पिण्डदान गरिन् । पछि राम र लक्ष्मण फर्केर आउँदा के भयो भनी सोध्दा सीताले घटना सुनाइन् र साक्षीरूपमा चारैलाई प्रस्तुत गरिन् । वटवृक्षबाहेक अरूले भूmटो बोलेको हुँदा सीताजीले तीनैजनालाई श्राप दिएकी हुन् । फल्गु नदीलाई त लुप्त हुने नै श्राप दिइन्, जसले गर्दा वर्षात्को समयबाहेक फल्गु नदी सुख्खा हुन्छ, तर माथिको बालु हटायो भने पानी देखिन्छ । गाई र केतकी पूmललाई के श्राप दिइन् त्यसबारे होटलवाला पनि अनजान थिए । हो यो कथा मेरो जिज्ञासाको समाधान गर्दै तिनै होटलवालाले बताएका थिए । अर्को प्रसङ्गमा रामचन्द्र लङ्का विजय गरेर आएपछि राज्यकार्यमा यति तल्लीन भए कि पितृहरूको श्राद्ध गर्न गया जान पाएनन् । यसरी धर्मको लोप हुने भयो भनेर देव–ऋषि आदिले वशिष्ठलाई गुनासो गर्दा रामचन्द्र ऋषि वशिष्ठसहित गया गएर आप्mनै हातले पिण्डदान गरेका थिए ।
भोलिपल्ट बिहानै हामी गया स्टेशन पुग्यौं । बनारस जाने एक्सप्रेस गइसकेको थियो । अर्को पेसेन्जर गाडी थियो । जे त पर्ला, रातभरि आराम गरेका छौं, ५–७ घण्टा बसेर जान सकिन्छ भन्ने ठान्यौं । तर पैसेन्जर गाडी भएपनि राम्रो सिट पायौं, भीडभाड थिएन । रमाउँदै र सम्धीजीको साहचर्यको आनन्द लिंदै बनारस पुग्यौं। क्रमशः