जगदीशप्रसाद शर्मा
प्रथमग्रासे मच्छिका पाता
कसले सोचेको होला वीरगंजबाट हिंडेका यात्रु रातभरि रक्सौलको होटलमा बिताएर बिहान ९ बजेको गाडीले गया यात्रा शुरु गर्छन् भनेर । हामीसँग त्यस्तै भयो । पितृ ऋण तिर्नैपर्छ, ऋण तिर्नका लागि कम्तीमा गया जानैपर्छ भन्ने पत्नीश्री र सम्धि–सम्धिनीको अगाडि जोड चलेन । पितृ ऋण तिर्न मैले छुट्टै योजना बनाएर वार्षिकरूपमा त्यसमा लागिरहेको छु । श्राद्ध गरिएन । शुरु त ग¥या हो, एक त अचेल पुरेतको अभाव, भएकामा विधिसम्मत कर्मकाण्ड गराउन सक्ने ज्ञानको अभाव र त्यसमाथि पनि केही वर्षदेखि हाम्रो पुरेत भइटोपलेका पण्डितश्री एकपटक आपूmलाई नै सुतक परेको बेला श्राद्ध गराउन आइपुगे । छरछिमेकको सानो–सानो समाचार सुँघ्ने तीव्र घ्राणशक्ति भएकी मेरी बूढीले थाहा पाइहालिन् । त्यस यता श्राद्ध गर्न छोडियो । तर धर्मभीरु पत्नीको अर्को योजना बन्यो । ब्रह्मकपाली गरेपछि श्राद्ध गर्नुपर्ने बाध्यता रहँदैन । र ब्रह्मकपाली गर्नका लागि पहिले गयामा श्राद्ध गर्नुपर्छ । यसरी गया यात्राको साइत जुर्न पुग्यो ।
यसपालि हामीसँग जुन टोली थियो, त्यसको पनि उद्देश्य बद्रीसम्म पुगेर ब्रह्मकपाली गर्नुरहेको जस्तो बुझिएको थियो । कर्मकाण्डप्रति अनाशक्त ममा, गया जानैपर्ने अवस्था सिर्जना भएपछि, यसलाई पत्रकारिताको खोज अभियान किन नबनाउने भन्ने मन्सुबा उदय भयो ।
हाम्रो टोली १४ जनाको थियो । ६ जना पूर्वपरिचित र ८ जना सर्वथा पहिलो भेटमा परिचित भएका । परिचित ६ जना थियौं– म, पत्नी बिन्दु, सम्धी शीतल गौतम, सम्धिनी सीता गौतम, एक वर्ष पहिले कामरूप कामाक्षा (बङ्गाली भाषामा कामाख्या) गइसकेका माधव रिजाल र उनकी पत्नी बिन्दु रिजाल । नौलो जोडी थियो– वीरेन्द्र अधिकारी (पूर्व सिडिओ) र पत्नी ममता अधिकारी, शुद्धोधन अधिकारी (पति–पत्नी), मुक्तिराम गैरे र पत्नी वसुन्धरा गैरे तथा केशव मल्ल (पति–पत्नी । शुद्धोधन दम्पती पर्सा मिलनचोक निवासी थिए भने बाँकी राजधानीवासी ।
शुरु गरौं यात्रारम्भबाट । चैत १ गते बिहान ५ः१५ को इन्टरसिटी चढेर रक्सौलबाट पटना पुग्ने, त्यहाँबाट पहिले पुनपुनमा श्राद्ध गर्ने र त्यसपछि गया गएर श्राद्ध गर्ने र फर्कने कार्यक्रम थियो । तर बिहान ५ः१५ को गाडी समाउन कम्तीमा बिहान ३ बजे उठ्नुपर्ने बाध्यता आइलाग्छ । अबेरसम्म सुत्न मन पराउने टोलीका सदस्यहरूले बरु राति १२ः५५ को सद्भावना चढेर रातभर सुत्दै पटना किन नपुग्ने भन्ने सोच बनाए र तदनुरुप टिकट लिन हाम्रा गौतम सम्धि–सम्धिनीलाई आग्रह गरे । सोही अनुसार टिकटको अनुकूलता पनि मिल्यो । हामी सबै राति १० बजेभित्र रक्सौल पुग्यौं । के थाहा पाइयो भने टे«न त ६ घण्टा ढिलो छ । अर्थात् बिहान ७ बजे पहिले रेल चढ्ने उम्मेद छैन । रात कहाँ बिताउने ? वीरगंजको मानिसलाई रक्सौलमा रात कहाँ बिताउने हेक्का हुने कुरा पनि भएन । रक्सौल निवासी हाम्रो प्रेसमा काम गर्ने ओमप्रकाश भारद्वाजसँग खोजखबर गरियो । स्टेशननजिकै अलि गतिलो ‘बोर्डर किंग’ नामको होटल छ भनी बताए । म, पत्नी बिन्दु र सम्धी शीतल गौतम टोलीभन्दा अलि ढिलो पुगेका थियौं । त्यसैले कुलीसँग सोधेर टोलीको अग्रीम दस्ताका माधव रिजाल होटल पुगिसक्नुभएको थियो र प्रतिकोठा भारु ६५०/– रेट छ, धेरै महँगो भन्यो भनेर थकथकिएर बस्नुभएको थियो । टोलीले मलाई अघि सा¥यो । लोकल (स्थानीय) भएको हुनाले म राति ११ बजेतिर होटल पुग्दा काउन्टर रित्तो थियो । बोलाउँदा कोही नआउने । झन्डै १५ मिनेटको प्रयासपछि होटल मालिक आए । हामी १४ जना (७ जोडी) छौं । वीरगंजवासी हौं तिम्रो सरकारको रेलले गर्दा दुःख पायौं रात गुजार्नु छ भनें । तीर्थयात्रामा निस्केको भएर डोरमेटरी (धेरैजना एकैसाथ सुत्न सक्ने र सस्तो) नभए कसरी व्यवस्थापन हुन सक्छ सस्तो पर्ने कोठाहरू चाहियो भनें ।
उनले डबल बेड कोठा मात्र छन्, प्रतिकोठा भारु ५५०/– बताए । मैले प्रतिकोठा रु ४००/– तिर्छौं, म रक्सौलका लागि अपरिचित होइन, रक्सौलमा मेरा फलाना–फलाना मित्रहरू छन् भनी रक्सौलका नामूद दुई/चार जनाको नाम लिएँ । उनले पनि वीरगंजमा मेरा फलाना–फलाना छन् भनेर बखान गरे र, न तपाईंको कुरा न मेरो रु ३,०००/– दिनुस् सातवटा कोठा लिनुस् भने । यो कुरा चलुन्जेल हामीवरिपरि काठमाडौंमा गोराङ्ग पर्यटक वरिपरि ‘यो किन्नुस्, यो लिनुस्’ भन्दै झुम्मिने ठेटनाहरूजस्तै लामखुट्टेहरू व्यग्रताका साथ ढुनमुनिन थालेका थिए । मैले (नाम त बिर्सें तर ‘साह’ थरका होटल मालिकलाई) भनें– “यत्रो लामखुट्टे छ कसरी सुत्ने ?” उनले भने–“निर्धक्क हुनुस्, लामखुट्टे भगाउने क्वायल दिन्छु, तिनीहरूले केही बिगार्न सक्दैनन् ।”
लामखुट्टेबाट त म ढुक्क भएँ, तर क्वायलले दुर्गन्ध पैmलाएर र शरीरमा विषाक्तता छरेर जुन हानि पु¥याउँछ, त्यो त लामखुट्टेको टोकाइभन्दा घातक हुन्छ । के गर्न सकिन्थ्यो र १ लामखुट्टेको डरले विषाक्त धुँवा सुँघ्दै सुतियो । हाम्रो अभियान पनि त त्यही थियो, परलोकवासीको डरले वर्तमानको भिरुता । यसै दुरभिसन्धिमा रक्सौलको ‘बोर्डर किंग’मा रात बिताइयो र परिवर्तित यथासमयमा सद्भावना चढियो । सद्भावना नामधारी यो रेल झन्डै ९ घण्टा ढिलो गरेर दुर्भावनाग्रस्त किन बन्यो मैले बुझ्न सकिनँ ।
जेहोस्, सद्भावनामा हाम्रो स्लिपर बूक थियो । बोर्डर किंगमा गन्धमय र अनिंदो बिताएको रातको बदला प्रायः टोली सदस्यहरू दिउँसै स्लिपरमा सुतेर अधकल्चो निद्राको भुक्तान गरे । जसैतसै बेलुकी ४ बजेतिर पटना आइपुगियो । पटनामा राति स्टेशनछेउको होटलमा बितायौं । सुविधासम्पन्न, कूलरयुक्त र आधुनिक होटलमा । होटलछेउकै सैलुनमा मुण्डन गराइयो र भोलिपल्ट बिहानै पुनपुनको लागि टेम्पोबाट प्रस्थान गरियो ।
पुनपुन के हो र किन तीर्थस्थल बन्यो ? थाहा पाउन सकिएन । म संस्कृत बुझ्ने वा पढ्ने पनि होइन, तर पुरेतले संस्कृत श्लोक पढ्दा पुनःपुनः शब्द कैयौंपटक प्रयोग गरेकाले गयामा एकपटक श्राद्ध गरे पुग्छ, यहाँ पुनःपुनः गर्नुपर्छ भन्ने अर्थ हो कि भन्ने निष्कर्षमा पुगें । हो पनि, गयाको भीमकाय र वीरगंजेली पत्रकारहरूको आचारसंहिता अँगालेका पण्डाहरूको सामना गर्दा गयामा श्राद्ध गर्न जो मूर्ख छ, उही पटकपटक जान्छ तर पुनपुनको मृदु मुस्कान र सर्वथा उदारमना पण्डाकहाँ घरीघरी जान मन लाग्नु स्वाभाविक हो । के पुनपुन र गयाका पण्डाहरूको यो सार्वकालिक स्वभाव हो ?
बकासुर
पुनपुनमा श्राद्धकर्म सिध्याउँदै गर्दा एकजना भीमकाय व्यक्तित्व प्रकट भए । उनले आपूmलाई नेपाली पण्डा भनी परिचय गराए । शरीर भीमकाय भए पनि मृदुभाषी थिए । हामी उनको व्यक्तित्वबाट प्रभावित थियौं । मलाई महाभारतकालमा दैत्य बकासुरबाट भीमले गाउँलेहरूलाई त्रास दिलाएजस्तै यिनी हाम्रा लागि भीम साबित हुनेछन् लाग्यो । उनले तुरुन्तै हिंडिहाल्नुस्, गाडी आउने बेला भो, गया गएर श्राद्ध गर्न भ्याइन्छ, नेपाली धर्मशालामा बस्नुस् र भोलिपल्ट आप्mनो गन्तव्यमा जानुस् भन्ने मैत्रीपूर्ण सल्लाह दिए । हामी पनि दङ्ग प¥यौं । मैले सुनेको थिएँ, गयामा नेपालीहरूलाई अन्य पण्डाहरूले दुःख नदिऊन् भनी राणाकालीन शासकहरूले नेपाली धर्मशाला बनाएर नेपाली पण्डा नियुक्त गरेका थिए । ती ‘भीमकाय’सँग मैले सोधेको पनि थिएँ– “तिमी नेपाली हौं ?” उनले जवाफ दिए– “हो, मेरो यहाँ सात पुस्ता बितिसकेको छ ।” उनले सहानुभूतिशील हुँदै भनेका थिए– “गयामा हाम्रा मेठ छन्, उनैले तोक्छन्, कसको श्राद्ध कसले गर्ने भनेर । उनलाई त्यसबापत शुल्क दिनुपर्छ, जुन तपाईंहरूले दिनुपर्छ । उनले त ४/५ हजार माग्छन् तर तपाईंहरूले ४/५ सय दिए पुग्छ ।”
म गयामा श्राद्ध जान मानेको कारण पत्रकारिता धर्म निर्वाह पनि थियो । आपैंm नभोगी वस्तुस्थितिको ज्ञान हुँदैन । गयामा कसरी पण्डाहरूले यजमानको सर्वस्व लुट्छन् भन्ने सुनेको थिएँ । तर यी ‘भीमकाय’ पण्डा सर्वथाविपरीत लागेका थिए । उनले यतिसम्म भनेका थिए– जोरजबरजस्ती केही छैन, तपाईंहरू जति सक्नुहुन्छ दिनुहोला । मैले ‘तिमीहरूको रेकर्डबाट त वंशावली नै ज्ञात हुन्छ भन्ने सुनेको थिएँ’ भन्दा उनले सही थापे । हिंड्नुस् न १ सबै जानकारी प्राप्त हुन्छ । क्रमशः