$type=ticker$count=12$cols=4$cate=0

बढ्दो दुव्र्यसन

SHARE:

    हालै एउटा कार्यक्रममा पर्सा जिल्लामा दुव्र्यसनीहरूको सङ्ख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । प्राप्त तथ्याङ्क अनुसार जिल्लामा अढाई हजारको हाराहारीमा लागू औषध र लागू पदार्थसेवी देखिएका छन् । ज्ञातव्य छ, लागू पदार्थ भनेपछि गाँजा, अफिम, चरेस तथा यी पदार्थजन्य कडा रसायनहरू पर्दछन् भने लागू औषध भनेपछि रोग निवारणका लागि दिइने तर नशालू औषधि पर्दछन् । लागू पदार्थ नेपालबाट भारततिर पठाइने र लागू औषध भारतबाट नेपाल भिœयाउने गरिन्छ । लागू औषध भनेपछि भारतमा प्रतिबन्धित छैन । हो, कुनै विशेषज्ञ डाक्टरको अनुमति वा प्रेस्क्रिप्सनबिना यस्ता औषधि बेच्न भने अवश्य प्रतिबन्ध छ । तर नाफाको लोभमा औषधि पसलेहरूले यस्ता औषधि मज्जले बेच्छन् । सामान्यतया दुःखाइ कम गर्न, रुघाखोकी लागेको बेला, अपरेशन अघि वा अपरेशन भएपछि दर्द निवारक औषधिहरू दिइन्छ । यस्ता औषधिहरूको प्रभाव नशादार हुन्छ । र यिनै नशादार औषधि खरिद गरेर नेपालका दुव्र्यसनीहरू प्रयोग गर्छन्, जुन नेपाल–भारत सीमान्त शहरहरूमा निर्धक्क किन्न पाइन्छ ।
    नशाको प्रयोग मानिसले किन गर्छ, यसबाट उनीहरूलाई के प्राप्त हुन्छ, त्यसबारे लामो बहस चल्न सक्छ । प्रायः मानिस कुनै परिस्थितिबाट दिक्क भएर, अवसादको क्षणमा वा आपूmलाई नै बिर्सन नशाको प्रयोग गर्छन् । जिम्मेवारी पूरा गर्न नसक्ने, असफलता, कुनै दुस्साध्य रोग आदिले मानिसलाई आपूmलाई बिर्साउन प्रेरित गर्छ । तर लागू औषध वा पदार्थको लत लागेका, जिल्लामा प्रायः १६ वर्ष उमेर पुगेकादेखि २५ वयसम्म, अधिसङ्ख्य रहेकाले यो विषय सोचनीय भएको छ । किनकि यो वय भनेको प्रायः जिम्मेवारी थाप्लोमा नपरेको अवस्था हो । किशोर, कानूनी भाषामा नाबालिग उमेरमा यस्तो लत लाग्नुमा विशेष केही कारण होइन, अपितु साथ–सङ्गत नै हो । मानिसलाई एकपटक नशाको तल लागेपछि शायद नै यो बानी छुट्छ । धेरै कम मानिस, जोसँग दृढ इच्छाशक्ति छ, जसले राम्रो परामर्श पाएको छ, ऊ मात्र यसबाट टाढिन्छ । अन्यथा धेरै मानिसको जीवन नशाले बर्बाद गरेको मात्र देखिएको छ । किशोरहरूको आप्mनो कमाइ हुँदैन, बानी लागेपछि भूmटो बोलेर अभिभावकसँग पैसा लिने, पछि घरमा चोरी गर्ने र अन्ततोगत्वा बाहिर चोरी गर्ने बानी बस्छ । त्यसबाट पनि पार नपाएपछि जस्तोसुकै अपराध गरेर भए पनि नशाको तलतल मेट्न पैसाको जोहो गर्न थाल्छन् ।
    आज समाजमा अपराधवृत्तिले प्रोत्साहन पाउनुमा यो तŒव पनि प्रमुख रहेको छ । यसरी एउटा व्यक्ति नशाको आदि बनेपछि उसको जीवन बर्बाद हुने, उसको परिवारको सुखशान्ति भङ्ग हुने त छँदैछ, समाजमा नराम्रो वातावरणको सिर्जना हुन्छ । उसको देखासिकी अरूले पनि नशा गर्न थाल्छन् । यसको निराकरण आवश्यक छ, यस कारण आज विश्वभरि नै लागू औषध र पदार्थ सेवनविरुद्ध चासो बढेको छ । पर्सा जिल्लाबाट गाँजा प्रायः उन्मूलन भइसकेको छ, तर पहाडका जिल्लाहरूमा प्राकृतिकरूपमैं उम्रने गाँजा र लुकीछिपी गाँजाखेती भइ नै रहेको छ । प्रायः सीमान्त क्षेत्र नशा व्यापारको ट्रान्जिट बन्दै गइरहेको छ । यसमा परिवारको तदारुकता र प्रहरीको सक्रियता आवश्यक छ । लागूू औषधबारे विद्यालयहरूमा नियमित सचेतना कार्यक्रम गरेर यसका बेफाइदाको जानकारी दिएर रोकथामको प्रयास गर्नुपर्छ, किनकि यो उमेर समूह विद्यालय र कलेजमा नै पाइन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बढ्दो दुव्र्यसन
बढ्दो दुव्र्यसन
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/04/blog-post_681.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/04/blog-post_681.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy