$type=ticker$count=12$cols=4$cate=0

पाँच वर्षभित्र पर्यटन र कृषि क्षेत्रमा क्रान्ति नै आउँछ

SHARE:

    प्रदेश–२ अन्तर्गत पर्सा जिल्लाको सुदूरपश्चिममा रहेको ठोरी गाउँपालिका पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिकरूपमा महŒवपूर्ण मानिन्छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेका यहFँका महŒवपूर्ण स्थलहरूको एकपटक भिजिट गरेपछि मन छुने खालका मनमोहक दृश्यहरू मानसपटलमा घुमिरहन्छ । वरपर पहाडले घेरिएको तराईको ‘मिनी उपत्यका’को रूपमा चिनिने ठोरी यसै गाउँपालिका अन्तर्गत पर्दछ । छिमेकी मुलुक भारतसँग सिमाना जोडिएका पर्वतशृङ्खला सFसारी डाँडा, चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जले घेरिएको कारण पनि यस क्षेत्रको बेग्लै महŒव छ । ऐतिहासिकरूपले पनि यो क्षेत्र महŒवपूर्ण छ । तानाशाही राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याउन सङ्घर्ष गर्ने योद्धाहरूले समेत यस क्षेत्रको प्रयोग गरेका थिए । देशको सबै क्षेत्रमा सडक तथा यातायात नपुगेको समयमा ठोरीबाटै नुन लगेर खाने गरेकाले पनि यो ठाउँ नुन थलोको रूपमा प्रख्यात छ । यस ठाउँको प्रचारप्रसार र सरकारले चासो देखाउने हो भने पर्यटन क्षेत्रको विकास तथा देशको अर्थतन्त्रलाई मजबुत पार्न यसको भूमिका अग्रणी रहने देखिन्छ । पर्यटकीय नगरीको रूपमा विकास गर्नका लागि स्थानीय सरकारले कस्तो पहल गरिरहेको छ भन्ने विषयमा केन्द्रित रहेर गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठसँग प्रतीकका लागि प्रेम लामाले गरेको कुराकानीः–


–    ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना तपाईंसँग के के छन् ?
+    अध्यक्ष–ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि स्थानीय स्तरदेखि केन्द्रसम्म पहल जारी छ । विज्ञ टोलीसँग पनि निरन्तर छलफल चलि नै रहेको छ । चितवनको सौराहादेखि कसरा आउने हजारौं विदेशी पर्यटकलाई ठोरी भिœयाउने लक्ष्यका साथ योजना तयार हुँदैछ । पर्साका साथै छिमेकी जिल्ला बारा, रौतहटबाट आन्तरिक पर्यटकलाई समेत कसरी ठोरी भिœयाउन सकिन्छ भन्ने प्रयास जारी छ । विशेषतः छिमेकी मुलुक भारतको विभिन्न शहरबाट आउने पर्यटकहरूलाई थप व्यवस्थित गरी कसरी अझ गाउँपालिकाको भित्री भागसम्म पु¥याउन सकिन्छ भन्नेबारे पनि अध्ययन भइइरहेको छ । यहाँको रमणीय स्थल घुम्ने र एक–दुई रात यतै बिताउने वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा गहन अध्ययन भइरहेको छ । यस क्षेत्रलाई भारतीय पर्यटकहरूले अति नै मन पराएको पाइन्छ । त्यसैले बिहार क्षेत्रका विधायकलगायत अन्य सम्बन्धित पक्षसँग छलफल प्रक्रिया अघि बढाउने योजना बनाइरहेका छौं ।
    पर्यटकीय क्ष्Fेत्रको रूपमा विकास गर्न यो वर्ष ठोरी गाउँपालिका–२ को इच्छानगरदेखि शिकारीवास, पानीटंकी हुँदै ठोरी गाउँपालिका–४ सम्म पुग्न जीप तथा हात्ती सफारीका लागि ट्र्याक खोल्ने काम गर्दैछौं । यसको लागि बजेटसमेत विनियोजन गरिएको छ । यसका लागि चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जका वार्डेनहरूसँग कुरा भइसकेको छ । मध्यवर्ती क्षेत्र हुँदै यो ट्र्याक खोलिने छ । यो ट्र्याक खोलिएपछि जीप तथा हात्ती सफारीबाट बाह्य एवं आन्तरिक पर्यटक बढ्ने विश्वास हामीले लिएका छौं ।
    ठोरी गाउँपालिका धार्मिकरूपले पनि निकै महŒवपूर्ण मानिन्छ । यस क्षेत्रमा बागमोर्चामाईको मन्दिर, वनशक्ति मन्दिर, सिद्धेश्वर मन्दिरलगायत थुप्रै मन्दिरहरू छन् । जहाँ भक्तजनले दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । तर प्रायः मठमन्दिर रूखका फेदमा जीर्ण अवस्थामा छन् । अहिलेको जमाना कस्मेटिक जमाना पनि हो । त्यसैले भक्तजन र पर्यटकहरूलाई थप आकर्षित गर्न मठमन्दिरहरूको पुनःनिर्माण जरुरी छ । त्यसैले मठमन्दिरहरूलाई पुनःनिर्माण गर्दै लगिने छ । जनजातिहरूको बाहुल्य रहेको क्षेत्र पनि हो । सबै जातजातिको धार्मिक आस्थाका मठमन्दिर निर्माण गर्दै लैजाने योजनामा छौं । यस क्षेत्रमा रहेका खोलाहरूमा झोलुङ्गे पुल थप निर्माण गर्ने योजना पनि छ ।
–    हजारौं पर्यटक भिœयाउने योजना बुन्दै हुनुहुन्छ । सुविधासम्पन्न होटलहरू खुल्न सकेका छैनन् । व्यवस्थित बजार पनि छैन । आउने पर्यटकलाई कसरी व्यवस्थित बनाउन सकिन्छ त ?
+    पर्यटकहरूलाई व्यवस्थित पार्नका लागि हामीले होमस्टे शैलीमा जोड दिएका छौं । ठोरी गाउँपालिकाको सुवर्णपुरमा सञ्चालनमा रहेको होमस्टे तराई–मधेसमैं पहिलो हो । त्यस्तै अन्य वडामा पनि होमस्टे सञ्चालनका लागि बजेट विनियोजन गरेका छौं । जसले गर्दा पर्यटकहरूलाई होमस्टेमार्फत् व्यवस्थित गर्ने योजनामा छौं । किनभने होमस्टे सञ्चालन गर्दा यहाँको धार्मिक, सांस्कृतिक क्षेत्रको पहिचान हुछ । स्थानीय स्तरमा उत्पादन भएका कृषिजन्य वस्तु खपत हुन्छ । घरघरमैं रोजगारको सिर्जना हुन्छ । जसबाट यहाँका मानिसको जीवनस्तर सुध्रिने विश्वास लिएका छौं ।
–    अङ्ग्रेजी नयाँ वर्षका दिन आउने हजारौं भारतीय पर्यटकहरूलाई कसरी व्यवस्थापन गर्ने योजना बनाउँदै हुनुहुन्छ ?
+    अङ्ग्रेजी नयाँ वर्षका दिन हजारौंको सङ्ख्यामा भारतीय पर्यटक ठोरी आउने गरेका छन् । उनीहरूबाट हामीले प्रत्यक्ष फाइदा लिन सकिरहेका छैनौं । उनीहरू बोर्डर नजिकका स्थानहरू घुम्ने र वनभोज खाएर फर्कने गरेका छन् । उनीहरूलाई ठोरी गाउँपालिका भरिको रमणीय स्थान घुम्ने वातावरण बनाउनु अहिलेको आवश्यकता हो । ठूलो सङ्ख्यामा घुम्न आउने बाह्य पर्यटकलाई एक–दुई रात बस्न सक्ने गरी व्यवस्थापन गर्न सके मात्र हामीले फाइदा लिन सक्छौं ।
–    पर्यटकीय विकास हुँदा होटल व्यवसाय गर्नेलाई मात्र फाइदा पुग्छ हैन र ? यस क्षेत्रका बासिन्दालाई कसरी फाइदा पुग्छ त ?
+    पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दा स्थानीय किसानहरूलाई नै प्रत्यक्ष फाइदा पुग्ने हो । यस क्षेत्रको कृषि उपज यही उपयोग हुन्छ । यस क्षेत्रका बासिन्दाको आयआर्जनमा समेत वृद्धि हुन्छ । स्थानीय स्तरमा उत्पादन भएका तरकारी, कुखुरा, खसीबाख्रा, माछा, अन्य कृषि उपजको सदुपयोग यहीं हुन्छ । अन्नबाली पनि यहीं खपत हुन्छ । कृषि उत्पादनमा जोड दिन स्थानीय सरकारले कृषिमा अनुदान उपलब्ध गराउने छ । जसले किसानलाई नै फाइदा पुग्ने हो । पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दा कृषि क्षेत्रको विकास गर्नु अनिवार्य हुन्छ । त्यसैले यी दुवै क्षेत्रको विकासले मात्रै यस क्षेत्रको विकास सम्भव छ । पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदा यहींका युवाले रोजगार प्राप्त गर्नेछन् ।
–    होटल व्यवसाय तथा बजारको विकासको लागि स्थानीय सरकारको कस्तो पहल रहने छ ?
+    होटल व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई उत्साहित गर्ने कार्यक्रम ल्याइने छ । सुविधा सम्पन्न होटल स्थापना गर्नका लागि बारिहबाट धेरैले इच्छा तथा चासो देखाएका छन् । होटल तथा बजारको विकासका लागि स्थानीय सरकारले कानुनीरूपमा गर्न मिल्ने सहयोगहरू गर्नेछ ।
–    यो गाउँपालिका प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । तर पनि पर्यटकीय क्षेत्र घोषणा हुन सकेको छैन ?
+    ठोरी गाउँपालिकाको विकासको आधार भनेकै पर्यटन र कृषि हो । स्थानीय सरकारको नीति तथा कार्यक्रममा पनि यिनै दुई कुरालाई प्राथमिकता दिइएको छ । आप्mनो पार्टीको घोषणापत्रमा पनि यिनै दुई कुरालाई जोड दिइएको छ । ठोरीको विकासको आधार भनेकै पर्यटन क्षेत्र र कृषि क्षेत्रको विकास हो । यी दुवै कुरालाई सँगसँगै अघि बढाउन सके मात्रै यस ठाउँको विकास सम्भव छ । यहाँको प्राकृतिक सौन्दर्य अवलोकन गराएर आय आर्जन बढाउन सकिन्छ । अर्को कुरा कृषिको विकास हो । पर्यटन विकासका लागि पनि यस क्षेत्रलाई कृषि पकेट क्षेत्रको रूपमा विकास गर्नु जरुरी छ । विश्वास गर्नुस्–पाँच वर्षभित्र पर्यटन र कृषि क्षेत्रमा देखिने गरी क्रान्ति नै आउँछ । जसले गर्दा यहाँको विकास द्रुतगतिमा हुनेछ । पर्यटकीय क्षेत्रको रूपमा पनि घोषणा हुनेछ ।
–    यहाँबाट स्थानन्तरण क्रम बढ्दो छ, कसरी रोक्न सकिन्छ ?
+    यहाँबाट मानिसहरू स्थानन्तरण भएकै हुन् । वर्षौंदेखि यहाँका बासिन्दाले एक दिन पनि सुखको साँस फेर्न पाएनन् । एक दिन पनि सुखी भयौं भन्ने महसुस गर्न पाएनन् । जङ्गली जनावरको आतङ्क, खोलानालाको आतङ्क त्यति नै । उब्जनीको हिसाबले जति मेहनत ग¥यो त्यति उत्पादन हुन सकेन । डाँका तथा चोरको बिगबिगी त्यतिकै छ । जिल्ला सदरमुकाम वीरगंज आवतजावतमा समस्या । समस्याको पहाड चुलिंदै गएपछि स्थानन्तरण क्रम बढेकै हो । सुविधा उपभोग गर्ने क्रममा यहाँका मानिसहरू पनि स्थानन्तरण हुँदै चितवन, हेटFैंडालगायत शहरमा पलायन भएका हुन् । तुरुन्तै जादूको छडी त हामीसँग छैन । तर पनि आशा जगाउने काम गर्छौं । पाँच वर्षमा केही न केही जनताको हितमा काम गर्नेछौं । फलस्वरूप स्थानन्तरण हुने क्रम रोकिने छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पाँच वर्षभित्र पर्यटन र कृषि क्षेत्रमा क्रान्ति नै आउँछ
पाँच वर्षभित्र पर्यटन र कृषि क्षेत्रमा क्रान्ति नै आउँछ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi5xTYhORIL9DHL4K9w7fRt7ONb75RkNMHA8lAglFh7J32LIOxa6mhwr80J4TQB478AocKtcathrLWwcKbjGJVHeDZK_fod9b1ixjPt23avr8ZhTXtW9hmHxYq7KzPIMkWvke3Y84NHFpG8/s320/pl.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi5xTYhORIL9DHL4K9w7fRt7ONb75RkNMHA8lAglFh7J32LIOxa6mhwr80J4TQB478AocKtcathrLWwcKbjGJVHeDZK_fod9b1ixjPt23avr8ZhTXtW9hmHxYq7KzPIMkWvke3Y84NHFpG8/s72-c/pl.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/04/blog-post_67.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/04/blog-post_67.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy