पोखरा, १५ वैशाख/रासस
भारतीय खेलाडी मणिचन्द्र सिंह र समीरा मारिहाम अब्राहमले छैटौं दक्षिण एसियाली ट्राइयथलन च्याम्पियनशिपमा प्रथम स्थान हात पार्दै स्वर्ण पदक जित्न सफल भएका छन्।
ट्राइयथलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साइक्लिङ १० किमी र दौड पाँच किलोमिटरको दूरी मणिचन्द्रले ५८ मिनेट दुई सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेका हुन्।
भारतकै विश्वरजित साइखाम ५९ मिटर ५७ सेकेन्डका साथ रजत र नेपालका बसन्त चौधरीले एक घण्टा एक मिनेट दुई सेकेन्डका साथ कास्य पदक हात पारे।
महिलातर्पm उक्त दूरी समीराले एक घण्टा चार मिनेट ५० सेकेन्डमा पूरा गरिन्। दोस्रो भएकी भारतकै प्रग्न्या मोहनले एक घण्टा आठ मिनेट र ४२ सेकेन्ड र तेस्रो भएकी नेपाली खेलाडी सोनी गुरुङले एक घण्टा १३ मिनेट आठ सेकेन्डमा पूरा गरिन्।
प्रतियोगिताको खुला पुरुषतर्पm पनि तीनैजना खेलाडी मणिचन्द्रले स्वर्ण, विश्वरजितले रजत र बसन्त चौधरीले कास्य पाए। महिलातर्पm स्पेनकी ईश्वराले स्वर्ण हात पारिन्। उनले उक्त दूरी एक घण्टा तीन मिनेट ३४ सेकेन्डमा पूरा गरेकी हुन्। दोस्रो स्थानमा भारतकी समीरा र तेस्रो स्थानमा प्रग्न्या रहेका थिए।
नेपाल पर्वतीय खेलकुद अन्तर्गत भएको प्रतियोगिताको आठौं राष्ट्रिय ट्राइयथलन प्रतियोगितातर्पm पुरुषमा नेपाली सेनाले वर्चस्व जमाएको छ।
सेनाका बसन्त चौधरीले एक घण्टा एक मिनेट दुई सेकेन्डमा स्वर्ण हात पार्दा दिपेश चौधरीले एक घण्टा एक मिनेट १८ सेकेन्डमा रजत र रुद्र कटुवालले एक घण्टा चार मिनेट ४३ सेकेन्डका साथ कास्य पदक प्राप्त गरेका थिए।
त्यस्तै, महिलातर्पm एपिएफकी सोनी गुरुङले एक घण्टा १३ मिनेट आठ सेकेन्डका साथ स्वर्ण, गोहाटीमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा व्यक्तिगततर्पm कास्य र टिम स्पर्धामा रजत पदक प्राप्त काठमाडौंकी रोजा केसीले एक घण्टा १७ मिनेट ३३ सेकेन्डका साथ रजत र सेनाकी यामकुमारी भुजेलले एक घण्टा २४ मिनट एक सेकेन्डमा लक्ष्य पूरा गरी कास्य पदक प्राप्त गरेका थिए।
पोखराको रमणीयस्थल लेक साइडमा भएको प्रतियोगिताको पाँच किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड सेनाका मानबहादुर थापाले जिते। उनले उक्त दूरी ५४ मिनेट १७ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पार्न सफल भए।
एपिएफका किरण मल्लले ५५ मिनट ३९ सेकेन्ड र लक्ष्मण मल्लले ५५ मिनेट ५३ सेकेन्डमा पूरा गर्दै रजत र कास्य पदक प्राप्त गरेका थिए।
महिलातर्पm दुई खेलाडीको मात्र प्रतिस्पर्धा भएकामा एपिएफकी हुमा बुढामगरले आप्mनै क्लबकी प्रतिमा चौधरीलाई पछि पार्दै स्वर्ण हात पारिन् । हुमाले एक घण्टा १० मिनेट नौ सेकेन्ड र प्रतिमाले एक घण्टा १५ मिनेट २३ सेकेन्डमा दूरी पूरा गरेका थिए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले विजयी खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्दै पोखरामा २५ हजार दर्शक क्षमताको रङ्गशाला छ महिनाभित्र तयार गरी सञ्चालनमा आउने बताए।
कार्यक्रममा प्रदेश नं ४ का सांसद कृष्ण थापा, सांसद दीपक कोइराला, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराललगायतले मुलुक सङ्घीयतामा गएसँगै खेलकुदको महŒव बढेको उल्लेख गरे।
माइभ्याली गोल्डकप ः थ्रीस्टार र मनाङ फाइनलमा
मङ्गलवारे, इलाम, १५ वैशाख/रासस
इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब पुगेका छन्।
शनिवार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टारले सशस्त्रको एपिएफ क्लबलाई २–० गोलअन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो। यसअघि नै त्रिभुवन आर्मीलाई हराउँदै मनाङ फाइनलमा प्रवेश गरेको छ।
पहिलो मध्याह्नको अतिरिक्त समयमा (४६औं मिनेटमा) थ्रीस्टारको तर्पmबाट विमल घर्तीमगरले गोल गरेका थिए। त्यस्तै, खेलको ९०औं मिनेटमा थ्रीस्टारका मार्टिन्सले अर्को गोल गर्दै फाइनलको यात्रा पक्का गरेको हो। माइभ्याली गोल्डकपको फाइनल खेल सोमवार दिउँसो ३ बजे हुनेछ।
उपाधि विजेताले र छ लाख ६६ हजार ६६६ र उपविजेताले रु चार लाख पाउनेछन्।