$type=ticker$count=12$cols=4$cate=0

कसरी हुन्छ चित्तलाई वस्तुको ज्ञान ?

SHARE:

    अन्तर्यात्रा विज्ञानको प्रयोगले चित्तलाई राग–द्वेषबाट मुक्त गर्छ। यस्तो भएपछि न कसैसँग प्रीति हुन्छ र न बैर । सबैप्रति समान भाव हुन्छ। अन्तश्चेतनाले सहजै सबैसँग आप्mनोपनको आनन्द अनुभव गर्छ। निन्दा र स्तुति, बच्चाको तोतेबोली बन्न पुग्छ। यसबाट केही बेरको लागि मनोरञ्जन त हुन्छ, तर यसमा कुनै अर्थगाम्भीर्यको अनुभूति हुँदैन। निन्दा सुनेर न मन खिन्न हुन्छ र स्तुति सुनेर न कुनै प्रसन्नताको अनुभूति हुन्छ।
    यस्तो अवस्थामा इन्द्रियहरूले वस्तु, दृश्य अथवा घटनाक्रमसँग परिचय त अवश्य गराउँछ, तर यस परिचयबाट भावनात्मक विक्ष्Fोभ अथवा वैचारिक द्वन्द्वको स्थिति बन्दैन। अन्तश्चेतनामा सतत् यो अनुभूति बनिरहन्छ कि आसक्तिको साथ पाइने ज्ञानले सधैं नै अन्तश्चेतनामा मलको परत जमाउँदै जान्छस जबकि राग–द्वेषविहीन अवस्थामा पाइने ज्ञानले प्रत्येक अवस्थामा योगसाधकको अन्तश्चेतनालाई निर्मल गर्छ ।
    यो सर्वविदित छ, चित्त एवं वस्तुको सम्बन्धले नै चित्तलाई वस्तुको ज्ञान दिन्छ ।  यसको बिना दृश्य वस्तु कुनै एक चित्तको आधीन हुँदैन, किनभने जब त्यो चित्तको विषय बन्दैन, तब त्यस समय त्यस वस्तुको के हुनेछ ? अर्थात् त्यो वस्तु त त्यस समय पनि उपस्थित रहन्छ। यहाँ यो सत्य स्वयम् प्रकट हुन्छ कि चित्त एवं वस्तुको सम्बन्ध भएपछि चित्तलाई वस्तुको ज्ञान हुन्छ, तर यसैको साथ यो पनि स्पष्ट हुन्छ कि चित्तको सत्ता पृथक छ र वस्तुको पृथक। जब चित्त कुनै वस्तुसँग सम्बन्धित हुँदैन, त्यस समय पनि त्यसको अस्तित्व बनिरहन्छ। वस्तुको सत्य र त्यसको सत्तास चित्तको अभावमा बनिरहन्छ।
    चित्त एवं वस्तुको सम्बन्धको सूत्रकार महर्षि आप्mनो अघिल्लो सूत्रमा बढी स्पष्टता प्रदान गर्छन्–
तदुपरागापेक्षित्वाच्चित्तस्य वस्तु ज्ञाताज्ञातम्।।४/१७।।
    शब्दार्थ– चित्तस्य– चित्तस तदुपरागापेक्षित्वात्– वस्तुको उपराग
(आपूmमा त्यसको प्रतिविम्ब पर्नु)को अपेक्ष्Fा गर्नु हो, यस कारण (उसको द्वारा)स वस्तु– वस्तुस ज्ञाताज्ञातम्– कहिले ज्ञात र कहिले अज्ञात हुन्छ, यो सर्वथा उचित हो।
    भावार्थ– चित्तमाथि वस्तुको प्रतिविम्ब पर्दा वस्तुको ज्ञान हुन्छ। यसै कारण वस्तु कहिले ज्ञात हुन्छ र कहिले अज्ञात हुन्छ।
    इन्द्रियहरूको सम्पर्कमा जुन वस्तु आउँछ, त्यसको छाया चित्तमा पर्छ। यसैबाट चित्तलाई त्यस वस्तुको ज्ञान हुन्छ । जुन वस्तु इन्द्रियहरूको सम्पर्कमा आउँदैन र जसको छाया चित्तमा पर्दैन, त्यस वस्तुको ज्ञान चित्तलाई हुँदैन। चित्तलाई वस्तुको ज्ञान हुनको लागि त्यसको उपराग (छाया)को अपेक्षा हुन्छ । यसै कारण जब त्यस वस्तुको चित्तमा प्रतिविम्ब पर्छ, अर्थात् इन्द्रियहरूद्वारा चित्तको जब त्यस वस्तुसँग सम्बन्ध बन्दछ, त्यस समय नै त्यो वस्तु उसलाई ज्ञात हुन पुग्छ। यसको विपरीत जुन समय वस्तु चित्तको वृत्तिको विषय बन्दैन अर्थात् त्यो चित्तमा उपरञ्जित हुँदैन, त्यस समय त्यो वस्तु उसको लागि अज्ञात हुन्छ।
    यस सूत्रमा साररूपमा मानसिक प्रक्रियाहरूको सार ज्ञान छ। यसलाई सम्पूर्ण मनोविज्ञानको आधारशीलाको रूपमा अनुभव गरिएको छ। आधुनिक मनोविज्ञानको अल्पज्ञान राख्ने पनि परसेप्शन (इन्द्रियबोध), काग्निशन
(मानसिक संज्ञान), इमोशन (भाव प्रक्रिया), थट प्रोसेस (विचार प्रक्रिया) एवं बिहैभियर (व्यवहार)बाट सहजताले परिचित हुन्छ। यी सबलाई यस सूत्रमा प्रसङ्ग वा सन्दर्भमा बुभ्mदा सूत्रको अर्थ अरू प्रकट हुन्छ र सरलताले हामीलाई हाम्रो जीवन प्रक्रियाबारे पनि स्पष्ट हुन्छ ।
    अब यसमा सबैभन्दा पहिले परसेप्शन (इन्द्रियबोध)माथि विचार गरौं। बाल्यकालदेखि हामी सबैलाई संसार एवं संसारका सबै वस्तु र दृश्यको परिचय इन्द्रियबाट हुन्छ। जुन हामी देख्छौं, सुन्छौं, छुन्छौं, सुँघ्छौं अथवा चाख्छौं, त्यसैबाट त्यसको अनुभूति पाउँछौं। यस अनुभूतिको आधारमा हामीलाई त्यसमा सुखद् अथवा दुःखद अनुभूति हुन्छ। यसैको आधारमा हामी निर्णय गर्छौं कि हामीले त्यस वस्तुको पुनः अनुभूति पाउनु छ अथवा छैन।
    इन्द्रियहरूको बोध अर्थात् परसेप्शनपछि सबै प्रक्रिया काग्निशन
(मानसिक संज्ञान)बाट सम्पन्न हुन्छ। इन्द्रियहरूबाट हामी जुन परिचय पाउँछौं, इन्द्रियहरूद्वारा र आँखीभ्mयालबाट अनुभव हुने वस्तु वा दृश्यको विम्ब हाम्रो मन अथवा चित्तमा बन्दछ। यस विम्बको साथ हाम्रFे पूर्वस्मृति र संस्कारको अनुरूप भाव जोडिन्छ तथा विचारको प्रक्रिया शुरु हुन्छ। चिन्तन, मनन, विश्लेषण, तर्क, अभिरुचि, सुखप्रद अथवा दुःखप्रद अनुभूति सबै यहाँ जोडिन्छन् र तब हामीले त्यस वस्तुको एक ज्ञानात्मक निष्कर्ष पाउँछौं। यस निष्कर्षलाई हामी ज्ञान भन्छौं। यो हाम्रो आप्mनो अनुभव हुन्छ, जसको आधारमा हामी त्यस वस्तुमाथि आप्mनो मत वा विमत प्रकट गर्छौं।
    हाम्रो आफन्तद्वारा यस अनुभूत ज्ञानको आधारमा हाम्रो अघिल्लो इमोशन (भाव) एवं थट (विचार) प्रभावित र पोषित हुन्छ। यसैको आधारमा हाम्रो अघिल्लो रुचि विनिर्मित हुन्छ। हाम्रो राग र द्वेष, प्रीति वा बैर, प्रसन्नता अथवा खिन्नता विकसित र विनिर्मित हुन्छ। यस सम्पूर्ण प्रक्रियाको आधारमा हाम्रो बिहैभियर (व्यवहार) विकसित हुन्छ । यस सम्पूर्ण प्रक्रियाको मूलतः दुई मात्र आधार हुन्छन् – (१) परसेप्शन
(इन्द्रियबोध) एवं (२) काग्निशन
(मानसिक संज्ञान अथवा चित्तको ज्ञान) । यिनै दुईका फलश्रुतिहरू हाम्रFे व्यवहारमा प्रकट हुन्छन्।
    हाम्रो यो व्यवहार कस्तो छ, हाम्रो चित्तमा जीवन र जगतको समझ र ज्ञान कति विकसित हुन सक्यो र कुन रूपमा विकसित भयो– यसले नै हाम्रो भविष्यको कर्मजाल निर्मित गर्छ र हाम्रFे नयाँ जन्म र जीवनलाई तय गर्छ। यी सबैका पछाडि हुन्छ– हाम्रFे आप्mनो चित्तको अवस्था। के यो परिष्कृत हो अथवा यो अपरिष्कृत हो ? परिष्कृत अवस्थामा हामी राग–द्वेषबाट जोगिन्छौं, जीवन र जगतबाट अनासक्त रहेर कर्म गर्छौं। यस्तो अवस्थामा चित्तमा वस्तुको, दृश्यको अथवा घटनाक्रमको विम्ब त पर्छ, त्यसको स्वरूप र प्रकृतिको ज्ञान पनि हुन्छ, तर त्यसको संस्कार बन्दैन। त्यसको स्मृति गहिरो हुँदैन। त्यसको प्रभाव तत्काल हुन्छ तर दीर्घ स्थायी हुँदैन। यस्तो स्थितिमा हामी कर्मपाश अथवा कर्मबन्धनबाट जोगिरहन्छौं।
    यसको विपरीत स्थितिमा अर्थात् चित्तको अपरिष्कृत स्थितिमा चित्त र वस्तुको सम्पर्क– सम्बन्ध, चित्तमा वस्तु ज्ञानको साथ मलिनता र संस्कारहरूलाई पनि जन्म दिन्छ। यसबाट नयाँ कर्म पनि विनिर्मित हुन्छ, जुन नयाँ जन्म या नयाँ जन्महरूको शृङ्खलालाई पनि उत्पन्न गर्छ । त्यसपछि स्थितिको पनि निरन्तरता बनिरहन्छ। यो कहिल्यै थामिंदैन। यस्तो स्थितिमा एकमात्र उपाय हुन्छ, चित्तको परिष्कृति अनवरत बनिरहोस्। चित्त राग–द्वेषबाट मुक्त रहोस्। यस्तो भएमा जुन ज्ञान हुन्छ, त्यो बन्धनको कारणले बन्दैन।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कसरी हुन्छ चित्तलाई वस्तुको ज्ञान ?
कसरी हुन्छ चित्तलाई वस्तुको ज्ञान ?
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/04/blog-post_521.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/04/blog-post_521.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy