गम्भीरा सहनी, जीतपुर, १५ वैशाख/
बाराको ऐतिहासिक क्षेत्र सिम्रौनगढको मानव निर्मित ५२ बिघामा पैmलिएको झरोखर पोखरी पछिल्लो दिनमा खुम्ंिचदै आएको छ।
बढ्दो अतिक्रमण र मरम्मत सम्भारको अभावमा ५२ बिघाको पोखरी खुम्चिएर २२ बिघामा आएको छ।
नेपाल–भारत सिमानाको १० गजा सँगै जोडिएको यो पोखरी लगभग आठ सय वर्ष पुरानो मानिन्छ। पछिल्लो समय यस पोखरीलाई नेपाली तथा भारतीय पक्षले थिचोमिचो गर्दैै आएका छन्।
दुवै पक्षबाट पोखरीका छेउछाउमा गाईभैंसी बाँध्ने, ससाना घरटहरा बनाउने र पोखरीको माटो काट्ने जस्ता काम भइरहेको स्थानीयहरू बताउँछन्।
तत्कालीन अवस्थामा यो पोखरी कृत्रिम तरिकाले निर्माण गरेको पाइन्छ। केही वर्षअघिसम्म पोखरीका डिलमा विभिन्न जातका आँप, कटहर, लिच्ची जस्ता विभिन्न फलपूmलका रूखहरूको घना जङ्गलजस्तो देखिने बगैंचा पनि हालका दिनमा पातलिंदै गएको छ।
यो पोखरी गुठी संस्थान वीरगंजको मातहतमा रहे पनि २०३५ सालदेखि गाविस कचोर्वाले ठेक्का लगाइ आम्दानी लिने गरेको छ।
पोखरीवरिपरि अवस्थित बगैंचा र माछापोखरी ठेक्काबाट बर्सेनि केही रकम आय आर्जन हुने देखिए पनि पोखरीको संरक्षण र संवद्र्धनतर्पm कसैको ध्यान पुगेको छैन। ऐतिहासिक सिम्रौनगढ क्षेत्रमा अवस्थित यस पोखरीलाई वैज्ञानिक योजनाका साथ व्यवस्थापन गर्न सके पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको स्थानीय रामेश्वर मेहता बताउँछन्।
सिम्रौनगढ आपैंmमा ऐतिहासिक र धार्मिक स्थल भएकोले यस पोखरीको उचित संरक्षण, संवद्र्धन तथा प्रचारप्रसार गर्न सके ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू भिœयाइ आय आर्जनमा वृद्धि गर्न सकिने देखिन्छ।