उमाशंकर द्विवेदी
दु्रपदका युवा पुत्र सत्यजित त आठ रथिको बराबर छन्। उसलाई धृष्टद्युम्नको समान एउटा महारथि मान्नुपर्दछ। राजा पाण्ड्य पनि पाण्डवसेनाका एक महान् रथि हुन्। यसबाहेक श्रोणिमान् र राजा वसुदानलाई पनि म अतिरथि मान्दछु। पाण्डवहरूतिर रोचमान पनि एउटा महारथि छ। पुरुजित् कुन्तिभोज बडो धनुर्धर र महाबली छ। ऊ भीमसेनको मामा हो। मेरो विचारमा ऊ अतिरथि हो। भीमसेनको पुत्र राक्षसराज घटोत्कच बडो मायावी छ। उसलाई म रथयुथपतिहरूको पनि अधिपति मान्दछु। मैले तिमीलाई यी पाण्डवसेनाका प्रधान प्रधान महान् रथि, अतिरथि र महारथिहरूको बारेमा वर्णन गरें। मैले श्रीकृष्ण, अर्जुन अथवा अन्य राजाहरूमध्ये जो कोही जहाँ फेला पर्नेछन्, उनलाई त्यही रोक्ने प्रयत्न गर्नेछु तर यदि शिखण्डी मेरोसामुन्ने आएर युद्ध गर्न थाल्यो भने म उसलाई मार्दिनँ, किनकि मैले समस्त राजाहरूको सामुन्ने आजन्म ब्रह्मचर्य पालना गर्ने प्रतिज्ञा गरेको छु। अतः मैले कुनै स्त्रीलाई अथवा पहिला स्त्री रहेको पुरुषलाई मार्न सक्दिनँ । तिमीले सुनेकै होलाउ, यो शिखण्डी पहिले स्त्री नै थियो। त्यसैले ऊसित म युद्ध गर्दिनँ। यसबाहेक रणभूमिमा अरू जुन जुन राजाहरू मेरोसामुन्ने आउनेछन्, म ती जम्मैलाई मार्नेछु तर कुन्तीपुत्रहरूको प्राण लिनेछैन।
त्यो रात्रिको समाप्ति पछि जब अर्को बिहान भयो, अनि दुर्योधनले पितामह भीष्मसित सोध्यो– पितामह, पाण्डुनन्दन युधिष्ठिरको यो जुन असङ्ख्य पैदल, हात्ती, घोडा र महारथिहरूले पूर्ण प्रबल वाहिनी हामीहरूसित युद्ध गर्न तयार हुँदैछन्, यसलाई कति दिनमा तपाईंले नष्ट पार्न सक्नुहुन्छ ? तथा आचार्य द्रोण, कृप, कर्ण र अश्वत्थामाहरूले कति दिनमा यिनीहरूको नाश गर्न सक्लान् ? मलाई धेरै दिनदेखि यो कुरा जान्न खुल्दुली लागिरहेको छ, कृपया बताउनुहोस्। भीष्मले भने– राजन्, तिमीले शत्रुसेनाको बलाबलको बारेमा सोधेको कुरा राम्रै हो। युद्धमा मेरो जुन बढीभन्दा बढी पराक्रम, शस्त्रबल र भुजाहरूको सामथ्र्य छ, त्यो सुन– धर्मयुद्धको लागि यस्तो निश्चय छ कि सरल योद्धाको साथमा सरलतासित तथा माया युद्ध गर्नेको साथमा माया युद्ध गर्नुपर्दछ। यस प्रकारले युद्ध गरेर मैले पाण्डवसेनाको प्रतिदिन दश हजार योद्धा र एक हजार रथिहरूलाई सोतर पारिदिन सक्दछु। अतः यदि मैले आप्mना महान् अस्त्रहरूको प्रयोग गरें भने एक महिनाभित्रमा सम्पूर्ण पाण्डवसेनाको संहार हुन सक्दछ। द्रोणाचार्यले भने–राजन्, म अब बूढो भइसकेको छु, तापनि भीष्मजीको समान म पनि एक महिनाभित्रैमा आप्mनो शस्त्राग्निले पाण्डवसेनालाई भष्म पार्न सक्दछु। कृपाचार्यजीले दुई महिनामा र अश्वत्थामाले दश दिनमा सम्पूर्ण पाण्डवसेनालाई संहार गर्न सक्ने आआप्mनो शक्ति बताए। तर कर्णले भने– म पाँच दिनमैं पाण्डवसेनालाई सोतर पारिदिनेछु । कर्णको यस्तो कुरा सुनेर भीष्मजी ठठाएर हाँस्दै भने– हरे राधापुत्र, जबसम्म रणभूमिमा तिम्रोसामुन्ने श्रीकृष्णसहित अर्जुन रथमा बसेर आउँदैनन्, तबसम्म मात्र तिमी अभिमानले भरिएका छौ, उसको सामना भएपछि पनि तिमी यस प्रकारले बकवाद गर्न सक्दछौ ?
कुन्तीनन्दन युधिष्ठिरले यो समाचार सुनेर आप्mना भाइहरूलाई भेला पारेर भने– भाइहरू हो, आज कौरवसभामा मेरा जुन गुप्तचरहरू छन्, उनीहरूले समाचार पठाएका छन्। दुर्योधनले पितामहसित सोधेको थियो कि तपाईंले पाण्डवसेनाको कति दिनमा संहार गर्न सक्नुहुनेछ ? भीष्मजीले जवाफमा एक महिनामा भनेका थिए। द्रोणाचार्यले पनि त्यतिकै समय बताएका थिए। कृपाचार्यले यसको दोब्बर समयमा, अश्वत्थामाले दश दिनमा तथा कर्णले पाँच दिनमैं सम्पूर्ण पाण्डवसेनाको संहार गर्न सक्ने आप्mनो शक्ति बताएका थिए। अतः अर्जुन, अब म पनि यस विषयमा तिम्रो धारणा जान्न चाहिरहेको छु। तिमीले कति दिनमा सम्पूर्ण कौरवसेनाको संहार गर्न सक्दछौ त ?
युधिष्ठिरले यस प्रकार सोधेपछि अर्जुनले श्रीकृष्णतिर हेर्दै भने– मेरो त यस्तो विचार छ कि श्रीकृष्णको सहायताले म एक्लैले केवल एउटा रथमाथि बसेर क्षणभरिमैं देउताहरूसहित तीनै लोक र भूत, भविष्य, वर्तमानका साथै जम्मै जीवहरूलाई प्रलय गर्न सक्दछु । पहिला किराँत भेषधारी भगवान् शड्ढरसित युद्ध भएको बेला उनले जुन अत्यन्त प्रचण्ड पाशुपतास्त्र दिएका थिए, त्यो मसितै रहेको छ। भगवान् शड्ढर प्रलयकालमा सम्पूर्ण जीवहरूको संहार गर्नको लागि यसै अस्त्रको प्रयोग गर्दछन् । यसलाई मबाहेक न त भीष्मजीले जान्दछन्, न द्रोण, कृप वा अश्वत्थामाले नै जान्दछन्, अनि कर्णको त के कुरा ? तथापि यी दिव्यास्त्रबाट संग्रामभूमिमा मानिसहरूलाई मार्न उचित हुनेछैन। हामीले त चलनमा रहेका अस्त्रशस्त्रहरूबाट नै शत्रुहरूमाथि विजय पाइहाल्नेछौं।
क्रमशः..