मुकुन्द आचार्य
मर्निङ वाक (प्रातःभ्रमण)को फाइदाहरूबारे बयान गर्दै जाँदा ‘स्वस्थानी’को भाषामा भन्ने हो भने हजार जिब्रा भएका शेषनागले र आजको भाषामा भन्ने हो भने सामाजिक सञ्जालको कुनै पनि जालले फाइदाहरूको नालीबेली लाउन सक्दैनस भन्दा अतिशयोक्ति नहोला।
मर्निङ वाककै क्रममा यौटा रोचक दृश्य देखा प¥यो। त्यो रोचक दृश्य पाठकका लागि पनि घोचक होला भनेर बताउँदैछु।
यौटा राम्रो खाले पच्छिमा जातिको कुकुरले आप्mना मालिकलाई बलजप्mती वाकिङ गराउँदै थियो। त्यस कुकुर जातिमा यौटा झकास गुण थियो। एकाबिहानै ऊ आप्mनो मालिक वा माल्किनीलाई रोई कराई गरेर भएपनि घुमाउन लैजान्थ्यो।
हो... त्यसैले हाम्रा नेपालीले उहिले नै भनेका रै‘छन्– ‘कुकुरजस्तो गुनी र ज्वाइँ जस्तो बैगुनी कोही हुन्न‘रे १
यो गुनी कुकुर आपूm सिक्रीमा बाँधिएर भएपनि मालिकलाई भने मर्निङ वाकमा लगेरै छोड्थ्यो।
त्यसैले होला अचेल पच्छिमा देशहरूमा यौटा नयाँ उखानको उत्पत्ति भएको छ भन्ने सुनिन्छ। नयाँ खाले उखान यस्तो छ– ‘ओह माई गाड १ गिभ मी द हर्ट अफ अ डग १’
कुरोको चुरो के भने कुकुर मापाको गुनी हुन्छ। आपूmलाई जसले माया गर्छ, कुकुरले त्यसको कैयौं गुना बढी माया उसलाई गर्छ। त्यसैले त हामी नेपाली पनि भाइतिहार मात्र हैन, कुकुर तिहार पनि मनाउने गर्छौं। कोभन्दा को कम १
तर यौटा कुराको हेक्का रहोस्। हामी नेपालीहरू बैगुनी हुँदैहुँदैनौं भन्ने भ्रम चैं नपरोस् नि १ सबै कृतज्ञ र गुन मान्ने भइदिएको भए देश बेचेर खाने नेताहरूको सूची दिनदिनै किन तन्किंंदै जान्थ्यो। अख्तियारको अफिस किन चाहिन्थ्यो।
अब फेरि हामी लागौं कुरोको चुरोतिर। सुन्दर विदेशी कुकुरको सिक्री समाएर कुकुरको पछिपछि जगिङ गरिरहेका सज्जनलाई सोधें– तपाईं सधैं कुकुरलाई यसैगरी मर्निङ वाक गराउनुहुन्छ ? झर्को फर्को लाग्दैन ? हामीलाई त झ्याउ लाग्छ १
कुकुरधनीले गम्भीर स्वरमा भने– तपैंले कुरोको चुरो ठम्याउन सक्नुुभएन छ। मलाई त यो ‘जनी’ (कुकुरको शुभनाम)ले पो वाकमा ल्याउँछ। हेर्नुहुन्न ऊ सधैं अघि–अघि उफ्रन्छ र म पछि–पछि उसको गलाको माला (फलामे सिक्री) समाएर जगिङ गर्ने गर्छु। मान्छेहरू भन्ठान्छन्, मैले जनीलाई घुमाउन ल्याएको छु। कति मूर्ख हुन्छन्, यी मान्छे भनाउँदा जन्तु पनि।
ती कुकुरप्रेमीले मैलाई मूर्ख भने जस्तो लाग्यो। तर यसो यताउति हेरें। आक्सिजन चोरहरू प्रशस्तै थिए। अरू नै कसैलाई भनेका होलान् भन्ठानेर आपूmले आपैंmलाई सम्झाएँ।
आ...१ यस्ताको मुख किन लाग्नु भन्ठानेर प्रातःभ्रमणमा भौंतारिन भनी अघि लागें।