रवीन्द्र साह, कलैया, १५ वैशाख/
जिल्ला प्रहरी कार्यालय बाराले दश दिने ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम अन्तर्गत शनिवार दुईवटा वडामा ज्येष्ठ नागरिकहरूसँग भेटघाट गरी उनीहरूको गुनासो सुनेको छ। कलैया उपमहानगर वडा नं ३ र ४ मा १० जना ज्येष्ठ नागरिकसँग प्रहरीले संयुक्तरूपमा भेटघाट गरी उनीहरूको गुनासो सुनेको जिप्रका बाराले जनाएको छ। सो अवसरमा प्रहरीले फलपूmल पनि वितरण गरेको थियो।
जिप्रका बाराले वैशाख ९ देखि १८ गतेसम्म यो अभियान कलैया उपमहानगरको सहयोगमा सञ्चालन गरिरहेको छ।
जिप्रका बाराले २ उपमहानगर, ५ नगरपालिका र ९ गापाका ८५० जना ज्येष्ठ नागरिकसँग भेटघाट गरी उनीहरूको गुनासो सुन्ने र जिल्लालाई ज्येष्ठ नागरिकमैत्री बनाउने अभियान सञ्चालन गरेको जिप्रका बाराका प्रवक्ता प्रनाउ भुवनेश्वर साहले बताए।
ज्येष्ठ नागरिकहरूको पीरमर्का, उनीहरूको पालनपोषण र औषधि उपचार आदिका बारेमा सोधखोज
गर्ने र समस्या देखिएकाहरूको हकमा घरपरिवारका सदस्यलाई सम्झाउने बुझाउने काम अभियानका क्रममा गर्ने प्रवक्ता साहले बताए।
बारा प्रहरीले ज्येष्ठ नागरिकहरूको सुरक्षाका लागि सञ्चालित अभियानमा सहयोग पु¥याउन सर्वसाधारणसँग अनुरोध पनि गरेको छ । प्रशिक्षार्थी