गतांकको बाँकी...
केटाकेटीमा बनारसका ठगबारे कैयौं किंवदन्ती सुनेको थिएँ। हुनत यस पहिले पनि म बनारस नपुगेको होइन, तर त्यो युवाकाल थियो। कसैको शर्तभन्दा आप्mनै राजीमा हिंड्ने उमेर। खास बाधा बेहोरेको थिइनँ । अहिले त ठ्याम्मै हिंड्न नसक्ने सम्धिनी र जेनतेन आँट गरेर हिंड्ने धर्मपत्नी थिए। अरू त छँदै थिए, यात्रामा। हामी उत्रेको स्टेशन थियो, मुगलसराय। भारतमा मुगल बादशाहहरूको शासन भएको बेला बनारससम्म पुग्न बाटोमा पर्ने यो ठाउँमा कुनै धर्मशाला बनाइएकोले यस ठाउँको नाउँ मुगलसराय रहेको हुनुपर्छ। किनभने सराय भनेको फारसी भाषामा धर्मशालालाई भनिन्छ। र भनिरहनुपर्दैन, मुगलकालमा हिन्दुस्तानमा फारसी भाषाको चकचकी थियो। बनारस पुग्न अन्य साधनको बन्दोबस्त गर्नुपर्ने भयो। त्यहाँबाट जीप, कार वा टेम्पो लिएर बनारस पुग्नुपर्ने । बनारससम्म पु¥याउने सवारी साधनबीच ठूलो दलाली हुँदो रहेछ । रेलमैं आइपुग्दा रहेछन्, टेम्पो, कार, रिक्शा आदिका चालकहरू। यति पैसा दिनुस्, बनारस पु¥याइदिन्छौं भनेर । नानाभाँति प्रलोभन र आकाश–पातालको दामसहित ।
यस कार्यको अभिभारा सम्धी शीतलजीले लिनुभयो। ककससँग के के कुरा गर्नुभयो थाहा भएन। कतै कुरै नमिल्ने। एउटाले दाम उचित बताउने भने भनेको ठाउँमा नपु¥याउने। ठाउँमा पु¥याइदिनेले आनका तान पैसा माग्ने। जेहोस्, तीनवटा टेम्पोमा १४ जना जाने र प्रतिटेम्पो रु २५० तिर्ने कुरा तय भयो र गन्तव्य बिन्दु राखियो, गदौलिया चोक । यस यात्रामा मुख्य नाइके माधव रिजाल एउटा टेम्पोमा र बाँकी दुई टेम्पोको नेतृत्व गर्दै– एउटामा म र अर्कोमा शीतलजी बस्यौं। सोही क्रममा महिला–पुरुषको विभाजन भयो। जोडाजोडी नै बस्नुपर्ने भन्ने थिएन। पहिले गदौलिया चोक हामी पुग्यौं। टेम्पोवालाले पैसा माग्न थाल्यो। हामीले अन्य दुई पनि आउन देऊ कति भाडा तय भएको, छुट्टाछुट्टै दिने हो कि एकमुस्ट हामीलाई थाहा छैन भनेर बस्यौं। तबसम्म शीतलजी चढेको टेम्पो पनि आइपुग्यो। कुरा फेरि भाडामैं अड्कियो। कुरा के थियो भने जुन चालकसँग भाडा तय भएको थियो, ऊ आइपुगेको थिएन। छुट्टाछुट्टै भाडा दिउँ भने उसले सबैको भाडा एकमुस्ट उठाएर बेवकुफ बनाउने हो कि १ अगाडि हिंडेको त्यो टेम्पो मरे देखिंदैन। झन्डै आधा घण्टा भयो। टेम्पो चालकहरू भाडाका लागि मर्न मार्न तम्सिसकेका थिए । यसै बेला दुर्गा अवतारमा बिन्दुजी देखा परिन् । बिन्दु भनेपछि बिन्दु रिजाल । अनि त हामी त्यस ठाउँका बटुवा, पसले सबैको आकर्षणको केन्द्र भयौं। अनि एकजना पसले अघि सरे र भने तपाईंहरू यिनीहरूलाई पैसा दिनुस्, यिनको टेम्पो नम्बर नोट गर्नुस्, अर्कोले तीनै टेम्पोको भाडा लिएको छ भने म साक्षी बसेर तपाईंहरूले छुट्टाछुट्टै पैसा तिरेको बताउनेछु । हामीले पैसा ति¥यौं र विश्वनाथ मन्दिरको छेडो हुँदै धर्मशालातिर लम्क्यौं ।
बनारसमा दुईवटा नेपाली धर्मशाला रहेछ। एउटा जगदम्बा धर्मशाला र अर्को ललिताघाटको काँधमा बसेको यो
(पशुपतिनाथ) नेपाली धर्मशाला । यस धर्मशालामा बस्न भनेपछि पहिले आइसकेकाहरूले आँखीभौं खुम्च्याए । विशेषगरी दुई सम्धिनी सीता र बिन्दु शर्मा। कारण साँघुरो गल्ली, यातायातको कुनै साधन नछिर्ने र मूल सडकभन्दा झन्डै आधा किलोमिटर टाढा । हिंड्न लाचार यी महिलाहरूको चित्तशान्तिको विकल्प देखिएन। अरू कसैले खासै आपत्ति दर्शाएनन्, बिन्दुले त मैले कसम खाइसकेकी छु, अब यस धर्मशालामा बस्दिनँ भनेर घुर्की लगाइन् । म चुप लागें, यति टाढा आएपछि आप्mनो देशको इतिहास र नाम बोकेको ठाउँमा नगएर अन्त कता जाने १ अर्को कुरा पनि थियो, धर्मशाला भनेपछि कि निश्शुल्क हुने वा न्यून शुल्कमा काम चल्ने । हाम्रा महिलाहरू जतिसुकै धाकधम्की दिऊन्, पैसाको मामिलामा चाहिं आपूmलाई सर्वथा निर्बल देखाउँछन् । सक्नुजति तह बनाएर पट्याएको नोटको भान पर्न दिंदैनन्।
त्यसैले सबै महिलाहरूको आपसी गफको आकर्षक केन्द्रबिन्दु बनेको थियो, पटनाको होटल। रक्सौलमा त पाउनु सास्ती पाएकै थियौं, के महिला, के पुरुष सबैले। गया पनि ठीकठीकै थियो। पटनाको होटल भने यिनको तुलनामा लाजवाब। न लामखुट्टे, न गर्मी। लिप्mटसहित सुविधासम्पन्न। हो, छुट्टाछुट्टै कोठा नलिएर पाँचवटा कोठाको डबल बेडमा १४ जना समावेश भएका थियौं। नेपालमा गणतन्त्र आएपछि ‘समावेशिता’ शब्द निकै प्रचलनमा आएको छ, त्यसको अधिकतम लाभ यसै यात्रामा यस होटलमा पाइएको थियो।
बनारस आएर नेपाली धर्मशालामा बसिसक्दासम्म सबै लखतरान भइसकेका थिए । ऊर्जावानहरू नुहाइधुवाइ बनारस घुम्ने, खाना खाने यावत् कार्यक्रम भ्याउनतिर लागे। धर्मपत्नी र सम्धिनी सीतालाई भने रातिको खाना हामीले ल्याइदिनुपर्ने भयो। को को कता गए थाहा भएन, म र सम्धी चाहिं ललिताघाट हुँदै, हरिश्चन्द्रघाट र राजेन्द्रघाटमा गङ्गा आरति हेर्दै होटलतिर लाग्यौं। बाटोमा सोध्दै जाँदा विश्वनाथ मन्दिरको गेटको सामुन्ने सडकपारि कुनामा एकजना नेपाली युवकले खोलेको होटलमा छि¥यौं । खाना राम्रो लाग्यो, अपेक्षाकृत सस्तो पनि। हाम्रा वाचाल सम्धीजीले कुरैकुरामा उनीसित नाता पनि जोडिसकेका थिए। युवक निकै दङ्ग देखिन्थे। उनले भोलि पनि हामी सबै यात्रीलाई आपूmकहाँ आएर खाना खाने निमन्त्रण दिए।
बेलुका मद्रासी र भारतीय खाना बोकेर हामी धर्मशाला फक्र्यौं। त्यहाँ धर्मशालाको रेखदेख गर्ने रोहित ढकालजीसँग कुराकानी भयो। ३० वर्षीय यी युवक नेपाली भएपनि भारतीय नागरिक थिए । आसाममा जन्मेका। नेपाल ते¥हथुम जन्मथलो भएका पूर्खाहरूका सन्तान। शुरुमा यिनीसँग वार्तालाप गर्न अलि कठिन भयो। म यसै अन्तर्मुखी मानिस, उनी पनि हत्तपत्त अपरिचितसँग खुलि नहाल्ने । तर सम्धीजीको कुराको घोटाइमा प¥यो भने कस्तै पनि मानिसलाई नबोली, लामो कुरा नगरी धर हुँदैन। मेरी पत्नी, सम्धी–सम्धिनी, माधव–बिन्दु दम्पती पहिले पनि यस धर्मशालामा आइसकेका हुनाले सम्धीजीसँग ढकालजीको राम्रो घनिष्ठता भइसकेको हुनाले मलाई धर्मशालाबारे जान्ने अवसर प्राप्त भयो।
झन्डै २०० वर्ष पहिले नेपाली शासक रणबहादुर शाहकी धर्मपत्नी ललिताको नाममा यो धर्मशाला बनेको रहेछ। नेपाली छात्रहरूलाई पढ्न–बस्न, नेपाली तीर्थयात्रुहरूलाई बस्न–खान सजिलो होस् भनेर रानी ललिताको नाममा यो धर्मशाला बनेको रहेछ । धर्मशालाको प्रवेशस्थलमैं नेपाली पगोडा शैलीमा बनेको पशुपतिनाथको मन्दिर र त्यसको पाश्र्वमा पाठशाला रहेछ। धर्मशालाको रेखदेख गर्ने व्यक्ति त्यसै बेला नियुक्त गरिएका रहेछन्। रेखदेखकर्ताको विरासतमा एकपटक एकजना भारतीय व्यक्ति धर्मशालाको हर्ताकर्ता बनेपछि भने धर्मशालालाई कब्जाएर लामो समयसम्म नेपालीहरूको आवागमनमा नै रोक लागेको रहेछ।क्रमशः