व्यापारिक मार्ग निर्माणमा बाराको जितपुरमा देखिएको मुआब्जाको विवाद तत्कालका लागि साम्य भएको छ । विवाद सुल्झिएलगत्तै पथलैयादेखि अलौमा रहेको आइसिपीसम्म ६ लेनको सडक निर्माणको कामले तीव्रता लिने भएको छ । सरकारले ०३४ सालभन्दा पहिले बनेका संरचना र खरिद गरिएको जग्गाको हकमा मात्र मुआब्जा दिन सक्ने बताएपछि सोही विषयमा सहमति बनेर अवरोध हटेर काम सुचारु भएको हो । सहमतिसँगै पथलैयादेखि अलौको आइसिपीसम्म सडकको दायाँबायाँ २५–२५ मिटर क्षेत्रफल खाली हुने भएको छ । जितपुरमा यस अघि सुख्खा बन्दरगाह निर्माणको क्रममा एडिबीले चार लेनको सडक निर्माण गर्दा मुआब्जा दिएको थियो । आयोजनाको काम भएकोले राजमार्गभित्र पर्ने जग्गाको पनि १० हजारदेखि बढीमा १३ लाखसम्म मुआब्जा दिने काम भएको थियो । चारलेन सडक निर्माणमा मुआब्जा दिने तर ६ लेनको सडक विस्तारमा मुआब्जा किन नदिने भन्ने विषयमा जितपुरका बासिन्दाले विवाद गर्दै आएका थिए । हिजोदेखि जितपुरमा ०३४ साल अघिको संरचनाको लगत तयार हुँदैछ ।
सरकारले राजमार्गका लागि शुरुदेखि ५० मिटर क्षेत्रफल तोकेको छ । ५० मिटर सडकको क्षेत्रफल तोके पनि राजमार्गमा दुई लेनको सडक बनेकोले अन्य जग्गा अतिक्रमणको शिकार हुँदै आएको थियो । अहिले सरकारले देशभरको प्रमुख शहरहरू ६ लेनको बनाउँदै गर्दा यो समस्या आएको हो । बुटवल, विराटनगर, धरान, नेपालगंज, पोखरामा कतै ६ लेन सडक निर्माण भइसकेका छन् भने कतै निर्माण अवधिमा छ । प्रमुख शहरहरूमा वीरगंज नै अहिले सडक विस्तारको क्रममा पछाडि परेको छ । वीरगंजको विकासमा सडक विस्तारले निक्कै महŒव राख्दछ । तर शुरुदेखिको प्रयास विफल भएको कारण पुरानो वीरगंजको अस्तित्व सङ्कटमा पर्न गइरहेको छ । सुख्खा बन्दरगाह र संयुक्त सुरक्षा जाँच चौकी ( आइसिपी ) अलौमा निर्माण भएपछि रेलमार्ग र स्थलमार्गको कारोबार पनि उतैतिर केन्द्रित हुनेछ । चितवनको पर्सावासीले सडक विस्तार हुने क्रममा यसैगरी किचलो गरेपछि सडक विभागले राजमार्ग परिवर्तन गरेको थियो । अहिले पुरानो पर्साको हविगत हेर्न लायक भएको छ । सबै बन्द–व्यापार राजमार्ग केन्द्रित भएपछि नयाँ पर्सा गुलजार भएको छ । वीरगंज र हेटौडा शहरको सडक विस्तार रोकिएको कारण यिनीहरूको हविगत पनि पर्साको जस्तो हुने कुरामा शङ्का गर्ने ठाउँ छैन । हेटौंडाले भोग्ने नियतिका लागि केही वर्ष पर्खिन परे पनि वीरगंज भने पुरानो पर्साको रूपमा पुरानो वीरगंजमा परिणत हुने चाँडै सङ्केत देखाएको छ ।
राजमार्गको सन्दर्भमा सरकारले अहिले ६ लेन सडक पथलैयादेखि परवानीपुर भएर आइसिपीसम्म पु¥याएको छ । भारतले बिहार राज्यमा राष्ट्रिय राजमार्ग निर्माण गर्दा अबको दिनमा आइसिपी रहेको क्षेत्रलाई नै प्राथमिकता दिनेछ । किनभने त्यहाँ उसको लगानी छ । परवानीपुरदेखि गण्डक क्षेत्रसम्म अहिले सडक विभागले चार लेनको मात्र सडक निर्माण शुरु गरेको छ । वीरगंजका मेयरले पनि चारलेनभन्दा बढी सडक विस्तारका लागि चासो दिएको देखिन्न । सडक विस्तारसँगै विकासको क्रम पनि अगाडि बढ्ने हो तर केही मानिसको स्वार्थका कारण सडक विस्तार रोकिएको छ अनि वीरगंजको विकास पनि रोकिन पुगेको छ ।