$type=ticker$count=12$cols=4$cate=0

वैष्णव अन्तर्गतका निम्बार्क र विष्णुस्वामी सम्प्रदायहरू

SHARE:

डा. बासुदेवलाल दास, पीएच.डी.
सहप्राध्यापक, इतिहास विभाग
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज
निम्बार्क सम्प्रदायः—
    हिन्दू धर्मका सगुणोपासक वैष्णव सम्प्रदायमा एकजना प्रवत्र्तकको रूपमा निम्बार्कलाई लिइन्छ। यिनी तैलंग ब्राह्मण थिए तथा निम्ब नामक गाउँमा निवास गर्दथे। यिनको जन्मस्थान भारतको कर्णाटक राज्यको बेल्लारी जिल्लाको निम्बापुरलाई पनि मानिएको पाइन्छ। यिनको जन्म वैशाख महिनाको शुक्लपक्षमा तृतीया तिथिका दिन भएको भनिन्छ, यद्यपि यिनको जन्मको संवत् भने थाहा पाइएको छैन। विद्वान्हरूको विचारमा यिनको उदय रामानुजभन्दा पछिल्लो समयमा भएको थियो। यिनका पिताको नाम जगन्नाथ र माताको नाम सरस्वती थियो। यिनका शिष्यहरूले यिनलाई भगवान् विष्णुका सुदर्शन–चक्रको अवतार मान्ने गरेका छन्। यसरी नै एउटा अर्को स्रोतमा यिनको नाम निम्बादित्य रहेको तथा यिनीद्वारा प्रवर्तित वैष्णव सम्प्रदायको नाम निम्बार्क भएको भनिन्छ। यिनी यस सम्प्रदायका आदि आचार्य थिए एवं यिनलाई श्रीराधाको कङ्गनको अवतारको रूपमा समेत मानिएको देखिन्छ।
    निम्बार्कद्वारा वेदान्तपारिजातसौरभ ग्रन्थ रचित भएको थियो, जुन ब्रह्मसूत्र विषयक सङ्क्षिप्त टीकाग्रन्थ हो। यस्तै यिनका सिद्धान्तरत्न नामक रचनामा दशवटा श्लोकहरू रहेकाले यसलाई दशश्लोकी पनि भनिन्छ। निम्बार्कको प्रथम कृति वेदान्तपारिजातसौरभमाथि यिनका शिष्य श्रीनिवासले भाष्य लेखेका थिए भने दशश्लोकीमाथि यिनका ३२सौं पीढीका शिष्य हरिव्यासदेवले टीका लेखेका थिए। यसरी नै १३हौं पीढीका देवाचार्यद्वारा सिद्धान्तजाह्नवी ग्रन्थको रचना भएको तथा यसमाथि यिनका शिष्य सुन्दरभट्टद्वारा सेतु नामक टीका लेखिएको पाइन्छ। यस्तै निम्बार्कका ३०सौं पीढीका शिष्य केशवकश्मीरीद्वारा ब्रह्मसूत्रमाथि भाष्य लेखिएको थियो। 
    निम्बार्कको वेदान्त सिद्धान्त भेदाभेद अथवा द्वैताद्वैतवादी हो। जड–जगत्, जीवात्मा एवं परमात्मा एक–अर्कासित भिन्न तथा अभिन्न, दुवै रहेका छन्। अभिन्न भनेको यो अर्थमा छन् कि जड–जगत् र जीवात्माको आप्mनो स्वतन्त्र सत्ता छैन, अपितु यिनीहरू आप्mनो सत्ता र क्रियाका लागि ईश्वरमाथि नै आश्रित रहेका हुन्छन्। निम्बार्कको सम्प्रदायमा राधाकृष्णको भक्तिलाई प्रधानता दिइने गरिन्छ। यसमा जीवलाई अवस्था भेदका कारण ब्रह्मका साथ भिन्न तथा अभिन्न–दुवै मानिने गरिन्छ। भेदाभेद भनेर यस सिद्धान्तलाई केही विद्वान्हरूले शड्ढराचार्यभन्दा पनि प्राचीन भन्दछन्। परन्तु जुन रूपमा यसलाई निम्बार्कद्वारा प्रस्तुत गरिएको छ, त्यो शड्ढराचार्यको अद्वैतवादको पश्चात्कालीन रहेको भनेर नै मानिएको छ। यिनको विचारमा ब्रह्मको कल्पना सगुणरूपमा गरिएको छ। त्यो समस्त दोषहरूबाट रहित, समस्त शक्तिहरूका साथ उदित कल्याण गुणहरूको विधान हो। जीव ब्रह्मको ‘अंश’ हो तथा ब्रह्म ‘अंशी’ हो। जीव भनेको अणु हो, विभु होइन। जीव अल्पज्ञ हो, मुक्तावस्थामा पनि त्यो जीव नै रहन्छ। जीवको नित्यत्व चिरस्थायी हुन्छ। भक्ति नै मुक्तिको साधन हो। यिनको दशश्लोकी ग्रन्थमा भगवत्स्वरूप तथा भक्तिको विषयमा दार्शनिक विचार प्रस्तुत गरिएका छन्। हरिव्यासदेवले भक्तिको क्षेत्रमा शान्त, दास्य, वात्सल्य, सख्य तथा माधुर्य–यी पाँच भावहरूको वर्णन गरेका छन्। यस सम्प्रदायमा राधाकृष्णको भक्ति अन्तर्गत श्रीराधालाई स्पष्टतः स्वकीयाको रूपमा स्वीकार गरिएको छ। यस प्रकारको चर्चा ब्रह्मवैवत्र्त एवं गर्गसंहिताजस्ता ग्रन्थहरूमा पाइने गर्दछ। निम्बार्क सम्प्रदायमा युगलभावबाट राधाकृष्णका किशोर रूपको उपासना गरिन्छ।    
    निम्बार्कको सम्प्रदायलाई सनक–सम्प्रदाय पनि भनिन्छ। यिनी दक्षिण भारतीय क्षेत्रका थिए, परन्तु मथुरा निकट वृन्दावनमा निवास गर्दथे। भनिन्छ कि यसै कारण यिनले वैष्णव धर्ममा राधाकृष्णलाई प्राथमिकता दिएका  थिए । यिनका अनुयायीहरू निधारमा गोपी चन्दनका दुई लामा धर्काको मध्यमा कालो (कृष्ण) बिन्दु बनाउने गर्दछन्। वर्तमान समयमा यस सम्प्रदायका संन्यासी र गृहस्थ गरी दुई भागमा विभाजित भक्तहरू रहेका पाइन्छन्। यसरी नै निम्बार्काचार्यको सम्प्रदायको एउटा शाखा–सम्प्रदायको रूपमा ठानिएको राधावल्लभ सम्प्रदाय रहेको छ, जसको प्रवत्र्तन गोस्वामी हितहरिवंशद्वारा भएको थियो। यस्तै, यसको एउटा उप–सम्प्रदायको रूपमा रहेको सखी–भावले उपासना गर्ने सम्प्रदाय पनि रहेको पाइन्छ ।
विष्णुस्वामी सम्प्रदायः—
    हिन्दू धर्ममा सगुणोपासना अन्तर्गत वैष्णव सम्प्रदायहरूमा रहेका विभिन्न सम्प्रदायहरूमध्ये विष्णुस्वामी सम्प्रदाय पनि एउटा हो। यो कृष्णभक्तिसित सम्बन्धित सम्प्रदाय हो। विष्णुस्वामीका पिताको नाम देवस्वामी तथा माताको नाम यशोमती थियो। यिनको उद्भवकालबारे अहिलेसम्म निश्चितरूपमा केही पनि भन्न सकिने अवस्था छैन। इतिहासमा तीनजना विष्णुस्वामीसम्बन्धी चर्चा पाइएको छ, जसमा पहिलो देवस्वामीका पुत्र, दोस्रो रामगोपाल विष्णुस्वामी र तेस्रो वल्लभाचार्यका गुरु। यीमध्ये कुन चाहिंले सम्प्रदायको प्रवत्र्तन गरेका थिए, यो निर्णय गर्न कठिन रहेको भनी विद्वानहरू भन्ने गर्दछन्। अहिलेको समयमा विष्णुस्वामी सम्प्रदायका अनुयायीहरूको सङ्ख्या अति न्यून रहेको देखिन्छ। यसका साथै साम्प्रदायिक दृष्टिकोणबाट साहित्यिक सामग्रीको पनि अभाव नै रहेको  पाइन्छ । अर्कोतिर यस विषयमा जे जति ग्रन्थ उपलब्ध हुन्छन्, ती असन्दिग्धरूपले विष्णुस्वामी रचित प्रतीत हुँदैनन्।
    प्रसिद्ध विद्वान् विजयेन्द्र स्नातकले आप्mनो शोधपरक ग्रन्थ ‘राधावल्लभ सम्प्रदाय ः सिद्धान्त और साहित्य’मा उल्लेख गरेका छन् कि विष्णुस्वामी आचार्यको सम्प्रदाय रुद्र सम्प्रदाय अन्तर्गत रहेको छ। यिनीद्वारा रचित ग्रन्थहरूमा सर्वज्ञसूक्त नामक कृतिमा यस सम्प्रदाय विषयक सूचना पाइएको छ। विष्णुस्वामीका ईश्वर सच्चिदानन्द–स्वरूपमा आप्mनी ह्लादिनी–संवित शक्तिद्वारा आश्लिष्ट रहेका छन्। माया भनेको उनको अधीन रहने हो। यस सम्प्रदायमा ईश्वरको प्रधान अवतारलाई नृसिंह रूपमा मानिएको भनिन्छ।
    विष्णुस्वामी सम्प्रदायको परम्परामा वल्लभाचार्य भएका थिए, जसले ईसाको १६औं शताब्दीमा माधुर्य भक्तिको प्रचार गरेका थिए। पश्चिमी भारतीय महाराष्ट्र क्षेत्रमा प्रचारित भागवत धर्म, जुन पश्चात्कालमा बारकरी सम्प्रदायको नामबाट प्रख्यात भएको थियो, त्यो विष्णुस्वामी सम्प्रदायको रूपान्तर रहेको भनिन्छ। यस बारकरी सम्प्रदायसित सम्बद्ध सन्तहरूमा ज्ञानदेव, नामदेव, केशव, त्रिलोचन, एकनाथ आदि भएका थिए। यस्तै सूरदास, परमानन्ददास, नन्ददास, नागरीदास आदि परमभक्त सन्तहरू विष्णुस्वामी सम्प्रदायको वल्लभ–शाखासित सम्बन्धित रहेका
थिए ।
    विष्णुस्वामीका वेदान्त सिद्धान्त अनुसार भनिन्छ कि ब्रह्मलाई एक्लो रहिरहन राम्रो लागेको थिएन। यस आशयको भाव बृहदारण्यक उपनिषद्
१।४।३ मा पनि अभिव्यक्त भएको पाइन्छ । अतः एकदेखि अनेक हुने कामना गर्दै ब्रह्म स्वयम् जड–जगत्, जीवात्मा र अन्तर्यामी आत्मा बनिहालेका थिए। यी तीनवटै ब्रह्मबाट त्यसरी नै निस्केका थिए, जसरी अग्निबाट झिल्का (स्फुलिङ्ग) निस्किन्छ । यसरी यी उनकै अंश हुन्। यस प्रकारको विचार मुण्डक उपनिषद् २।१ मा पनि पाइन्छ। ब्रह्म यसरी अनेकरूपमा प्रकट भएपछि, आप्mनो अगाध शक्तिद्वारा जड–जगत्मा चित्तको तथा जीवात्मामा आनन्दको तिरोधान गरिदिएका एवं आपूm
अन्तर्यामी आत्मामा भने समस्त गुणका साथ व्यक्त रहने भएका थिए।
ब्रह्म आनन्दले सर्वथा परिपूर्ण हुने
गर्दछ। विष्णुस्वामी सम्प्रदायका अनुयायीले निधारमा गोपीचन्दन धारण गर्दछन्।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वैष्णव अन्तर्गतका निम्बार्क र विष्णुस्वामी सम्प्रदायहरू
वैष्णव अन्तर्गतका निम्बार्क र विष्णुस्वामी सम्प्रदायहरू
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQEX_ejxTs2HhGskJmcs_NNjoLjy4nVkZH9sUFaQIQ7kgx3t7zF6NWlNaMHqJ-Sr9P6adtPdZmYOHiS2Yuv9s3OPHXekA-rqHaHbc_3XQODgUBEvhkwdi0He7ReFS1gPb6TCOlMHmKgJkk/s1600/basudev.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQEX_ejxTs2HhGskJmcs_NNjoLjy4nVkZH9sUFaQIQ7kgx3t7zF6NWlNaMHqJ-Sr9P6adtPdZmYOHiS2Yuv9s3OPHXekA-rqHaHbc_3XQODgUBEvhkwdi0He7ReFS1gPb6TCOlMHmKgJkk/s72-c/basudev.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/04/blog-post_380.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/04/blog-post_380.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy