वैद्यनाथ ठाकुर
कुनै पनि देशको विकासको पूर्वाधारको रूपमा पहिलो नम्बरमा शिक्ष्Fालाई लिने गरिन्छ। मानव समाजको विकास पनि सभ्य मानव र आधुनिक मानव बन्ने दिशातिर नै अभिलक्षित रहेको छ। मानिसमा शिक्ष्Fाको अभाव जति धेरै हुन्छ, त्यति धेरै उसको बोलीचाली, व्यवहार तथा एकार्कालाई हेर्ने दृष्टिकोणसमेत घटिया अर्थात् नितान्त व्यक्तिगत स्वार्थले भरिएको मात्र हुन्छ। यस्तोमा समाजमा अन्धविश्वास, आग्रह–पूर्वाग्रहले राज गरेको हुन्छ। जसलाई सभ्य भाषामा अविकसित वा पिछडिएको भन्ने गरिन्छ। यसर्थ शिक्ष्Fा समयानुकूल हुनु जति जरुरी छ, त्यति नै नैतिकवान् बनाउने, कर्तव्यको बोध गराउने तथा जिम्मेवारीलाई गम्भीरतापूर्वक ग्रहण गर्ने दिशातिर स्पष्टताको साथ अगाडि बढेको हुनुपर्छ। अनिमात्र हाम्रो समाजको निधारमा लागेको असभ्य र अविकसित नामक कलड्ढ पखाल्न सकिन्छ।
यतिबेला हाम्रा विद्यालयहरूमा शिक्षाको अवस्था अत्यन्तै दयनीय छ। खासगरी सामुदायिक विद्यालयहरूमा जहाँ प्रत्येक वर्ष अर्बौं रुपैयाँ खर्च गर्ने गरिन्छ तर ती सबै लगानी बालुवामा पानीसरह हुन गएको कुरा सर्वविदितै छ। आखिर यस्तो हुनुको कारण के हो ? यति बेला आठ कक्ष्Fामा पढ्ने नानीहरू नेपाली किताब पनि राम्ररी पढ्न सक्दैनन्। आठ कक्षाका विद्यार्थीसँग चार कक्ष्Fाको अङ्ग्रेजी, विज्ञान, गणित जस्ता महŒवपूर्ण विषयको सिकाइ उपलब्धि छैन। कसैलाई अनुत्तीर्ण गर्नुहुन्न भन्ने सरकारी नीतिको कारण सबैजना आठै विषयमा जीरो नम्बर ल्याए पनि प्रत्येक वर्ष कक्षा १ देखि ९ सम्म उचाल्ने गरिन्छ । हुनत शिक्ष्Fा नियमावलीमा कक्ष्Fा ८ का विद्यार्थीहरूले ‘डी’ वर्गभन्दा मुनिको श्रेणी ल्याएको छ भने तिनीहरूलाई कक्ष्Fा नउचाल्ने र आठमैं राख्ने प्रावधान छ। तर त्यसको व्यवहारमा कार्यान्वयन एक प्रतिशत पनि भइरहेको छैन। अर्थात् उत्तर पुस्तिकामा केही नलेखे पनि सम्पूर्ण विषयमा उत्तीर्ण गरेको लब्धाड्ढपत्र प्रदान गरिन्छ।
यति बेलासम्म हाम्रFे विद्यालय जुन शहरबजार जस्तो सुविधाजनक ठाउँमा छ, त्यहाँ पनि विद्यार्थीहरूले कक्ष्Fागत निश्शुल्क पाठ्यपुस्तक प्राप्त गरेका छैनन् । वैशाख दुई हप्ता बितिसक्दा पनि पुस्तक नपाउनु तथा शिक्ष्Fकहरू विद्यालयमा पुरानो पुस्तक सड्ढलन गरी विद्यार्थीहरूलाई पढाउनुभन्दा भर्ना अभियानको नाममा पठनपाठन रोकेर गाउँघर डुलिरहेका देखिन्छन्। यसले पनि पढाइमा नकारात्मक असर परिरहेको छ।
सामुदायिक विद्यालयमा नेपाली विषयवस्तु पनि बालबालिकालाई राम्ररी पढ्न आउँदैन, यो थाहा हुँदाहुँदै अब अङ्ग्रेजी माध्यममा पढाउने भन्दै केही विद्यालयहरू लागिपरेका छन्। अङ्ग्रेजी माध्यममा सामुदायिक विद्यालयकै कक्ष्Fा १ देखि १० वा १२ पढाए पनि ठीक भन्नुपथ्र्यो। तर त्यसो नगरी विद्यालयभित्रै छुट्टै अङ्ग्रेजी माध्यमको विद्यालय सञ्चालन भइरहेको छ। शिक्ष्Fा ऐनको कुन प्रावधान अनुसार सामुदायिक विद्यालयभित्र अर्को विद्यालय सञ्चालन गरिंदैछ, जसको आय–व्ययसमेत सुटुक्क प्रधानाध्यापकको गोजीमा मात्र राख्ने गरिन्छ। अङ्ग्रेजी माध्यममा सञ्चालित भनिएको विद्यालयमा विद्यालय सहयोगको नाममा भर्ना शुल्कबापत रु २५ सयदेखि ३५ सय तथा प्रतिमहिना १ हजारदेखि १५ सयसम्मको रकम विद्यालयको खातामा जम्मा गरिंदैन । यस्तोमा प्रश्न उठ्छ, आखिर सामुदायिक विद्यालयभित्र आधारभूत तह अनिवार्य र निश्शुल्क भइसकेपछि पनि विद्यालयहरूले भौतिक निर्माण तथा व्यवस्थापन सहयोगको नाममा गरीब अभिभावकको ढाड सेक्नु गैरकानूनी हो कि होइन ? यसले सामुदायिक विद्यालयतर्पm गरीब अभिभावकहरूको आकर्षण बढ्छ कि घट्छ ? यसतर्पm किन हालसम्म अभिभावक सङ्घ, विद्यार्थी सङ्गठन, जिल्ला शिक्ष्Fा कार्यालय, क्ष्Fेत्रीय शिक्ष्Fा निर्देशनालय तथा स्वयम् शिक्ष्Fा मन्त्रालय आँखा चिम्लेर बसेका छन् ? कतै आयको रकममा भागबन्डा सबैतिर गर्ने गरिन्छ कि भन्ने अभिभावकहरूमा शड्ढा उठ्नु स्वाभाविक नै हो।
यस्ता अङ्ग्रेजी माध्यमका विद्यालयहरूमा खासगरी निजी संस्थागत विद्यालयमा पढिरहेका तर परीक्ष्Fा मात्र दिन सामुदायिक विद्यालय प्रयोग गरेका विद्यार्थीहरू नै बढी देखिन्छन्। जबसम्म सरकारी विद्यालयहरूले अङ्ग्रेजी माध्यमको पढाइलाई कमाइखाने धन्दाको रूपमा प्रयोग गरिरहन्छन्, तबसम्म यसबाट आम जनसाधारणका छोराछोरी लाभान्वित हुन सक्दैनन्। वास्तवमा अङ्ग्रेजी माध्यममा सामुदायिक विद्यालयलाई लग्ने हो भने विद्यालयभित्र छुट्टै विद्यालय खडा गरेर लूटको बजार बनाउनुभन्दा सामुदायिक विद्यालयलाई नै कक्ष्Fा १ देखि १० अथवा १२ सम्म अङ्ग्रेजी माध्यम अनिवार्य तथा निश्शुल्क गर्न जरुरी छ। विद्यालयमा पारदर्शिता हुन जरुरी छ। दण्ड र पुरस्कारको अभावले गर्दा समेत विद्यालय प्रशासनमा छाडा प्रवृत्ति हावी छ। यस्तो कार्यले सिकाइ प्रक्रियामा नकारात्मकता नै उत्पन्न गर्छ। नानीबाबुको सिकाइ प्रक्रियामा नकारात्मक असर गर्छ। सामुदायिक विद्यालयलाई नै अङ्ग्रेजी माध्यमको बनाइ नियमितरूपमा अनुगमन गर्ने हो भने निजी संस्थागत विद्यालयहरूलाई टक्कर दिन सकिन्छ र त्यसो गर्न सकेमा सामुदायिक विद्यालयप्रतिको आकर्षणसमेत जनसाधारणमा बढ्न जानेछ। यति बेला सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुनु जति ठूलो समस्या छ, त्योभन्दा बढी चुनौती भएका विद्यार्थीहरूको सिकाइ उपलब्धि निरन्तर न्यून हुँदै जानु हो। वास्तवमा सामुदायिक विद्यालय आप्mनो छोराछोरी पढ्ने, उसको आप्mनै विद्यालय हो भन्ने भावना जनताभित्र उत्पन्न हुन सकेको छैन। उनीहरूले विद्यालय प्रशासनको हालसम्मको व्यवहार हेर्दा कस्तो मनस्थिति तयार पारेका छन् भने सामुदायिक विद्यालय प्रधानाध्यापकको हो, उसैले जानून् के गर्छ, के गर्दैन। हुन पनि हो, एउटा काठको बोक्रासमेत प्रअले आप्mनै घरमा लगेको सबैले देखेका छन्। त्यसैले विद्यालय प्रशासनले आप्mनो कार्यशैली तथा मानसिकता बदलिन जरुरी छ। अनिमात्रै सामुदायिक विद्यालय समुदायको हो भन्ने भावना समुदायमा जागृत हुन्छ।