जगदीशप्रसाद शर्मा
गताङ्कको बाँकी
पुनपुनको काम सिद्धिएपछि हामी रेल चढेर गया लाग्यौं । झन्डै १ बजेतिर नेपाली धर्मशालामा झिटिगुन्टा राखेर मध्याह्नको भोकको वास्ता नगरी श्राद्ध गर्न तम्सियौं । ‘भीमकाय’ पण्डाले पुनपुनबाट हामी १४ जनाको टोली, अर्को एउटा टोली र एउटा दम्पतीलाई माझीले जालोमा माछा समेटेजस्तै गया पु¥याएको रहेछ । श्राद्ध स्थानसम्म ऊ सहानुभूतिशील देखियो, जब कर्मकाण्ड शुरु भयो, उसको भीमकाय शरीरले भयावह भावना देखाउन थाल्यो ।
पण्डा– तपाईंहरू मलाई आप्mनो पण्डित नियुक्त गर्नका लागि आमन्त्रित गर्नुस् ।
म– पण्डितजी, तपाईं त आपैंm पुनपुन आएर, हामीलाई निम्ता गरिसक्नुभएको छ, हामीले किन तपाईंलाई आमन्त्रण दिनुप¥यो ?
पण्डा– तिमीलाई व्यवहार थाहा छैन ? तिमीले विधिपूर्वक मलाई निमन्त्रण गरेनौं भने म किन तिम्रो श्राद्ध गर्ने?
म– तपाईंको कुरा सही हो– तर तपाईं त पुनपुनदेखि नै हाम्रो पुरेत नियुक्त भइसकेको होइन र ?
पण्डा– देखिए १ आप हमें टीका लगाकर अपना पुरोहित होने के लिए निमन्त्रित किजिए, अन्यथा हम श्राद्धकर्म नहीं कराएगें ।
टोलीका धर्मभीरूहरू डराए । “निमन्त्रित गरौं न त” भने ।
पण्डालाई टीका लगाएपछि उनले भने– अब मैं आपलोगों का पुरोहित हुँ । निमन्त्रण देने के बाद दक्षिणा देना पडता है । मैं हात मुँह धोके आउँगा मुँह पोछने के लिए गम्छा देना पडता हैं । मुझे मालुम है आपलोग गम्छा नहीं लाए होंगे तो गम्छा खरिदने के लिए पैसा दिजिए ।
म– जबर्जस्ती निम्ता लियौं, दक्षिणा माग्दैछौं, र मुख धुनको लागि गम्छा माग्दैछौं, अब भोजनको लागि पैसा माग्लाऊ, अरू केके माग्छौं ?
पण्डा– दिनुपर्दैन त १ तिमीहरू यति हैसियतदार देखिंदै छौं । पैसा देऊ १
म– हामी श्राद्ध गराउन आएको । तिमी नेपाली लाल मोहरिया पण्डा भनेर तिमीलाई विश्वास गरेको, तिमी त लोभी पो देखियौं ।
पण्डा– मैले आप्mनो लागि मागेको हो र ? मैले यी वस्तु पाएँ र प्रसन्न भएँ भने तिम्रा पितृहरू तर्छन् ।
म– मेरा पितृहरू तिमीले तारेन तर्ने होइनन् । उनका प्रशस्त कृति छन्, उनीहरू आप्mनै कर्मले तरिसकेका छन् । हामी त लोकोपचार निर्वाह गर्न र राणा शासकहरूले तिमी नेपालीहरूलाई यहाँ बसाएकोले तिम्रो तारणका लागि पो यहाँ आएको त १
त्यसैबेला एकजना टोली सदस्यले प्रसङ्ग भङ्ग गर्न प्रश्न गरे । यो सामुन्नेको फल्गु नदी सीताजीको श्रापले सुकेको हो रे १ हो ?
पण्डा– अँ, श्रीरामचन्द्र आप्mनो बुबाको श्राद्ध गर्न गया आएका थिए । उनी कुनै सामान लिन बाहिर गएको बेला दशरथलगायत पितृहरूको हात फल्नु नदीको पानीमाथि आएर पिण्ड माग गरे । अनि सीताजीले रिसाएर नदीलाई सुकिजाऊ भनी श्राप दिइन् ।
म– पण्डितजी, यस प्रसङ्गमा न फल्गु नदीको केही दोष देखिन्छ, किन वृथा शापित हुनुप¥यो ?
पण्डा– तपाईं चुप लाग्नोस्, कथा यस्तै हो ।
केही बेरपछि श्राद्ध कर्म चालू भयो । त्यसैबेला उनले भने– ऊ हेर्नुस् पण्डाको मेठ आइपुगे । तपाईंहरू उनलाई दान–दक्षिणा दिनुस् ।
म– ठीक छ, तपाईंले ४–५ सय दिन भन्नुभएको छ, हामी तिर्छौ ।
पण्डा– मलाई होइन, उनलाई दिनुस् ।
(मेठलाई बोलाउँछन्)
हामीले रु ५००/– उनलाई दिने कुरा ग¥यौं । उनी जङ्गिए । हमको तुम सात जजमान ५/५ हजार रुपया दो ।
म– किन ? तिमीले के ग¥या छौं र ५ हजार दिने ? रु ५००/ पनि बढी छ । लिन्छौं भने लेऊ नभए यो पनि पाउन्नौं ।
मेठ पण्डा– तुम लोग होटल में एसी रूम बूक करते हो । ज्यादा पैसा देते हो, हमको क्यों नही दोगे ।
म– ठीक है, परन्तु आप क्रियाकर्म कराते नही है, न हमें कोई सहयोग आपने किया, किस एवज में आपको पैसा दें ।
्मेठ पण्डा– ऐसा नियम है देना पडेगा ।
म– नहीं देंगे तो क्या होगा ?
मेठ पण्डा– आपका पितर नही तरेगा ।
म– ठीक है, जाइए, हम नही देंगे ।
दुर्वासा बनेका मेठ केके हो गाली गर्दै त्यहाँबाट निस्किए । हामीले उनको भाग रु ५००/– भीमकाय पण्डालाई दियौं ।
येनकेन श्राद्ध सिद्धियो । भीमकाय पण्डाले न तर्पण गराए, न विधिसम्मत श्राद्ध कर्म नै सम्पन्न गराए ।
श्राद्ध सिद्धिएपछि उनले दक्षिणा माग गरे । हामीले जनही १०० भारु हातमा दिएर उनलाई टीका गयौं । उनी रूखमा बाँदर उफ्रेभैंm उफ्रे । ‘हमारा मजाक उडाते हो । कमसेकम रु ५००/ प्रत्येक दम्पती दो ।
म– पण्डितजी, आपने एकमुस्ट श्राद्ध करवाया । एक घण्टा भी नही लगा । श्राद्ध विधिसम्मत नहीं हुआ । आप सात आदमीका अलग–अलग करवाते तो दिनभर लगजाता । एक घण्टाका आपको ७ सौ मिल गया । कम है क्या ?
उनी झन् जङ्गिए । “आपलोग श्राद्ध करने आए है कि बिजनेश करने ?”
म– देखिए बिजनेश में लाभ–हानि देखा जाता है । हम तो कम से कम दे तो रहे हैं । बिजनेश त आप कर रहे है । जितना बन पडे ऐंठना चाहते हैं ।
त्यसैबीच हाम्रा टोलीका एकजना सदस्यले प्याच्च भने– पण्डितजी, आप जिस आदमी से बात कर रहे है, वो पत्रकार है, आपके खिलाफ लिख देंगें ।
पण्डा केही बेर गम्भीर भए र भने– हमको कोई मतलब नहीं है ।
श्राद्ध कर्म सिद्धिसकेको थियो । हामी पिण्ड ख्वाउन गाई खोज्दै नदीतिर लाग्यौं । फर्केर आउँदा भीमकाय पण्डित अर्को नेपाली टोलीको झाक्लो झार्दै थिए । मलाई बोलाएर भने– देखिए आपके लेख मे मेरा नाम मत लिख दिजिएगा ।
मैले भने– आप नेपाल के लाल मोहरिया पण्डा है । आपको नेपालियों के साथ सद्भावपूर्ण व्यवहार करना चाहिए । आपका शुल्क क्या होना चाहिए उसका निर्धारण किजिए । किसी से कम वा किसी से ज्यादा मत मागिए । यहाँ तो भाँडपन्थी दिखाइ दे रहा है । रही बात आपका नाम उल्लेख करनेका मुझे आपसे कोई शिकायत नहींं है । शिकायत है उस सिस्टम से जिसके आप एक मोहरे हैं । जो श्राद्ध करने आता है, उसके श्रद्धा के साथ खिलवाड मत किजिए, बहुत लोग आएगें और थोडा–थोडा पैसा भी देंगे तो आपको बहुत होगा । आप लुटखसोट करेंगे तो थोडे व्यक्ति से थोडा ही कमाइ कर पाएंगे ।
जब आप पुनपुन में मिले थे, आप बहुत मृदु स्वर में बोल रहे थे । आपका शरीर देखकर आप भीम जैसे सद्भावपूर्ण होंगे और गया के बकासुररूपी पण्डों से हामलोगों को त्राण दिलाएंगे ऐसा लगा था, पर आप तो खुद बकासुर निकले ।
तिनलाई वचन दिएको हुनाले मैले तिनको नाम यहाँ उल्लेख गर्नु वचनभङ्गता हुने भयले दिइनँ ।
गयाको श्राद्ध त गरियो तर श्रद्धालाई तिलाञ्जली दिंदै भोकले खरिएर भोजनालयको खोजीमा हामी लम्क्यौं ।
स्वाभाविक छ, जहाँ नेपाली हुन्छन्, तामसी भोजन अनिवार्य नभए पनि ग्राह्य मानिन्छ । तर भोकले खरिएको, गया श्राद्ध स्थलदेखि ४/५ किलोमिटरको परिधिमा सामिष भोजन नपाउने एउटा बाध्यता र पछि थाहा पाए अनुसार यो टोली बनारस पनि पुगेर तेस्रो श्राद्ध गर्ने मनसुबा राख्दछ, आमिष भोजन नै ग्रहण गर्ने निधो भयो । झन्डै ३ः३० बजिसकेको थियो । नेपाली र भारतीयले खाना खाने समय भिडकिसकेको अवस्था थियो । एकजना होटलेले आधा घण्टाभित्र जे खाने हो (शाकाहारी) ख्वाउने जिम्मा लिए । भारतमा यसरी वाचा गरी खाना कसरी ख्वाउँछन्, मैले धेरैपटक भोगिसकेको थिएँ । तर बाध्यताले, उनले सबै वाचा पूरा गर्न सक्दैनन् भन्ने थाहा पाएर पनि, केही बोलिनँ । होटलेले हाम्रै सामुन्ने भात बसाले । रोटी पकाउन पीठो मुछ्न लगाए । यति हुन्जेल उनले भात, दाल, तरकारी पनि पस्के । भर्खर भात बसाल्दै छौं, यो बासी भात दिएको... ? कतैबाट शङ्कास्पद स्वर उर्लियो । होइन भर्खर पकाएको रे । हामीभन्दा पहिलेको समूहलाई ख्वाएर उब्रेको । ताजा नै हो । कतिले सुने, कतिले गुने तर धेरैले क्षुधा तृप्त गर्नुलाई धर्मोपरि ठाने । त्यतिन्जेल भात पनि पाकिसकेको थियो । रोटी खानेहरू धमाधम आँखा अगाडि सेकिरहेको रोटी खाइरहेका थिए कि एकजनाले कराए– रोटी बासी छ ।
अनाहक गलफत्ती किन गर्नु १ रोटी त ताजै छ । तर होइन रहेछ । सबै खाने धुनमा रहेको बेला ताजा रोटी झिक्दै बटुकोमा राख्ने बेला पहिलेदेखि नै बासी रोटी बटुकोको पिंधमा राखेर ल्याएको रहेछ । होटलेले हामीलाई बाठो ठानेर ताजा रोटी र लाटा ठानेर जसलाई बासी रोटी दिइरहेको थियो, ती त निकै बाठा परेका रहेछन् । केरकार गर्दा होटलेले – सर, देखिए आजका बना है, खानेवालों का भीड देख रहे हैं । बासी कैसे हो सकता है ? बस दो घण्टे पहलेका बना हैं । दूर देश, भोकले पेट मडारिइरहेको बेला, खाद्य आचारसंहिता सबैले बिर्सिदिए ।
अरूलाई खाँदै गर्न र त्यही कुर्न निर्देशन दिंदै म र सम्धीजी गयाबाट बनारस र बनारसबाट फिर्ता रक्सौल जान रेल्वे टिकटको बन्दोबस्तका लागि रेलवे टिकट एजेन्टको खोजीमा हिंड्यौं । एजेन्टको नाम थाहा थियो, गल्ली थाहा थियो । न उसको एजेन्सीको साइनबोर्ड– न खास चिह्न । बल्लबल्ल एउटा अपरिचित ढोका ढक्ढकाएपछि मानिस बाहिर आयो । गयाबाट बनारस र बनारसबाट रक्सौल पुग्ने रेल्वे रूट खोजेर टिकट दिलाइदेऊ भन्यौं । ऊ आप्mनो काममा लाग्यो ।
रेल्वे रूटको खोजी र टिकट फेला पार्ने कोशिशमा दुई घण्टा बित्यो । म बहुमूत्र रोगीलाई अप्ठ्यारो परिसकेको थियो । मैले लघुशङ्काको आवश्यकता भएको ती एजेन्टलाई बताएँ । तीनतल्ले पक्की भवनका ती ती एजेन्टले रूखो जवाफ दिए– बाहर चले जाइए, हमारे यहाँ पैखाने नहीं है । क्रमशः