प्रस, पथलैया, १४ चैत
सिमरामा जारी औद्योगिक मेला तथा खेलकुद महोत्सवमा बिहीवारदेखि भेट्रान पूmटबल शुरु भएको छ ।
सिमरा रङ्गशालामा भएको पहिलो दिनको खेलमा हाम्रो पूmटबल क्लब वीरगंज, सनसाइन एकेडेमी कैलाली, अभिषेक चर्च नवलपरासी र हेटौंडा भेट्रान क्लब विजयी भएका छन् ।
वीरगंजले बकुलिया भेट्रान क्लबलाई २–१ ले पराजित गरेको हो । यसैगरी कैलालीले भेट्रान सिटी अफ वीरगंजलाई ३–० ले पराजित गरेको खेलकुद व्यवस्थापक समिर आलेले जानकारी दिए । यसैगरी नवलपरासीले सिमरा भेट्रान बीलाई ३–० ले पराजित गरेको छ भने सिलगुडी भेट्रान क्लब अनुपस्थित भएपछि हेटौडा क्लब सीधै अघिल्लो चरणमा पुगेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रवार सिमरा भेट्रान एविरुद्ध चपुर भेट्रान, चितवन भेट्रानविरुद्ध जावलाखेल, सनसाइन एकेडेमीविरुद्ध हेटौंडा र अभिषेक चर्चविरुद्ध हाम्रो पूmटबल क्लबबीच खेल हुनेछ । १२ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।
यस अघि प्रतियोगिताको उद्घाटन सिमराका युवा नेता श्यामबाबू गुप्ताले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै नेता गुप्ताले खेलकुदले सबै समुदायको पहिचान स्थापित गराउने भन्दै पूmटबललाई अघि बढाउन सबैले सहयोगी भूमिका खेल्नुपर्ने बताए । सिमरा पछिल्लो समय पूmटबल हबको रूपमा अघि बढिरहेको भन्दै गुप्ताले नयाँ खेलाडी उत्पादनतर्फ ध्यान दिनुपर्ने बताए ।
मूल आयोजक समारोह समितिका संयोजक हरि चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सल्लाहकार समितिका सदस्य डम्मरमणि थेबे लिम्बू, औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतलगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण रमेश श्रेष्ठले गरेका थिए ।