$type=ticker$count=12$cols=4$cate=0

भारतीय अपराधीको अखाडा बन्दै पटनी

SHARE:

प्रस, वीरगंज, १७ चैत/
    पर्सा प्रहरीमाथि शुक्रवार साँझ बहुदरमाई नगरपालिका–५ मा आक्रमण भएको छ ।
    अपराधी समातेका प्रहरीलाई स्थानीयले लाठी र ढुङ्गाले आक्रमण गरी अपराधी मात्रै छुटाएनन्, नियन्त्रणमा परिसकेका स्थानीय लम्बु यादवलाई भगाउन पनि सफल भएका थिए ।
    स्थानीयको आक्रमणमा परी पर्सा प्रहरीका सञ्जयकुमार जयसवाल, अनिल यादव, राकेशकुमार यादव, नवीन पौडेल र ऋतुराम सोनार घाइते भएका छन् । पर्सा प्रहरीले घटनामा स्थानीयद्वारा बन्दुक बोकेका प्रहरी घाइते भएको खबरको पुष्टि गरिसकेको छ ।
    घाइते सुरक्षाकर्मीको ठेगाना र दर्जा खुलाइएको छैन भने नाउक्षेमा उपचार गरी काममा फर्किसकेको प्रहरीद्वारा जानकारी गराइएको छ । पर्सा प्रहरीका प्रवक्ता राजन लिम्बुले लागूऔषधका अभियुक्तलाई समात्न जाँदा ठूलो सङ्ख्यामा महिला, पुरुषले आक्रमण गरी प्रहरीलाई घाइते बनाएको बताए । प्रहरीले कालिकामाई–१ का लागूऔषधका फरार अभियुक्तलाई समात्न पुगेको प्रहरीको दाबी छ । तर घटनाको चुरो कुरो भने बेग्लै छ ।
नवनागरिक लम्बुलाई समात्ने योजना थियो
    पटनी, भारतीय कुख्यात अपराधी बस्ने टोलमा अहिले चर्चा कमाउँदै छ । स्थानीय एकजनाले बताए अनुसार १२ वर्षअघि भारतमा हत्या, अपहरण मुद्दामा संलग्न लम्बु यादव भनिने व्यक्ति पहिलोचोटि पटनी आएका थिए । उनले २०६३ सालको नागरिकता टोलीबाट डोकैला बहुअरी गाविसबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको बुझिन आएको छ । नेपाली नागरिकता लिएपछि लम्बुले स्थानीय जगराउत अहिरको जग्गा खरिद गरी घर बनाएर बसोबास गर्न थाले । जगराउत अहिर र लम्बुबीच पारिवारिक सम्बन्ध भएको बताइन्छ । लम्बुले नागरिकता लिएर घरजम गरेपछि उनले भारतबाट आप्mना साथीहरू बैद्यनाथ यादव र हीरालाल यादवलाई पटनी बस्न बोलाए । यी दुवै भने भारतीय हुन् ।
    लम्बु, वैद्यनाथ, हीरालाल भारत, उत्तर प्रदेश, गोरखपुरनजिक पनिअहवा आसपासका बासिन्दा हुन् । वैद्यनाथले बसोवास गर्न थालेपछि उनले आप्mनो छोराको विवाह डोकैला बहुअरी एवं छोरीको विवाह पटनीकै भगवान यादवका छोरासँग गरेका थिए ।
    नेपाली बुहारी पाएपछि उनकै नागरिकताको आधारमा जमीन जोडेका पनि छन् । यस विषयमा बहुदरमाई नगरपालिका–५ का वडाध्यक्ष रामेश्वर साहले पटनीमा केही भारतीय अपराधी बस्न थालेको र तिनैलाई प्रहरीले समात्न जाँदा प्रहरी र स्थानीयबीच झडप भएको फोन सम्पर्कमा बताए । अरू बाँकी कुरा मलाई थाहा नभएको उनले जानकारी गराए ।
    पटनीमा २० दिनअघि एक भारतीय बालकलाई अपहरण गरी ल्याएको र १८ लाख फिरौती लिई छोडिएको समाचार स्रोतले बताएको छ । यो घटनामा नवनागरिक र उनका साथीहरूको संलग्नताको आशङ्का गरिएको छ ।
प्रहरी भैंसी व्यापारी बनेर पुग्यो पटनी
    हिजो साँझ पर्सा प्रहरीको अपराध नियन्त्रण शाखाका प्रहरीहरू सादा पोसाकमा भारतीय स्कार्पियोमा साढे ५ बजे पटनी पुगेका थिए । त्यतिबेला लम्बु भैंसी दुहिरहेका थिए ।
    चारजना सुरक्षाकर्मीको टोलीले भैंसी किन्न आएको बताए । त्यसपछि केहीबेरमैं लम्बुलाई समातेर गाडीमा बसालियो । गाडीमा अपरिचित व्यक्तिले बसाउन खोजेको देखेर उनको परिवार र छिमेकका बैद्यनाथ र हीरालालका महिला/पुरुष परिवारजनसमेतले ढुङ्गामुढा एवं लाठीचार्ज गरी गाडीबाट लम्बुलाई भगाउन सफल भए ।
    प्रहरीहरू गाडीमा लुकेर नबसेको भए प्रहरीमाथि ठूलो दुर्घटना हुने सम्भावना थियो । पेस्तोल साथ पुगेको प्रहरी टोलीले गोली नचलाइ जिल्ला र आसपासका महुवन चौकी र पोखरिया प्रहरीको मदत माग्यो । दुवै थानाको टोली गएर आक्रमणमा परेका प्रहरीलाई उद्धार गरी जिल्ला ल्याएको थियो ।
घुमुवाको कारण आक्रमणमा परियो ः प्रहरी
    प्रहरीले कुटाइ खाएको अर्को कारण कमजोर सूचना सञ्जाल र घुमुवाहरूको लापर्बाही रहेको देखिएको छ । घुमुवाहरूलाई पटनीको बारेमा अवगत थियो । उनीहरूले भारतीय अपराधीहरूको चलखेल पटनीमा रहेको थाहा पाउँदापाउँदै सुरक्षाको पोख्त बन्दोबस्ती नगरी पटनीमा प्रवेश गर्ने सुझाव कसरी दिए यसबारेमा पर्सा प्रहरीमा अहिले चर्चा भइरहेको छ र घुमुवाहरू कारबाईको दायरमा पर्ने सम्भावना देखिएको छ ।
    भारतमा अपराध गर्ने र पर्साको पटनीमा त्यसको छिनोफानो हुने गरेका घटना घुमुवाहरूबाट लुकेको छैन । उनीहरू केही पाच्य हुने घटनामा हिस्सेदार पनि बनेका छन् । प्रहरी संलग्नताबिना पटनीमा आपराधिक घटना फस्टाउन नसक्ने एकथरीको टिप्पणी पनि छ ।
    प्रहरीले घटनामा संलग्न दुर्योधन महतो, सीताराम कुशवाहा र मुन्नीलाल कुशवाहालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेपछि अहिले उनीहरू निर्दाेष भएका कुराहरू पनि आइरहेका छन् । पर्सा प्रहरीले घटनामा आप्mनो कमजोरी पाएपछि यसलाई उजागर गर्न सकेको छैन ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : भारतीय अपराधीको अखाडा बन्दै पटनी
भारतीय अपराधीको अखाडा बन्दै पटनी
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/03/blog-post_810.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/03/blog-post_810.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy