$type=ticker$count=12$cols=4$cate=0

गरीबीको कारण ज्ञानको अभाव

SHARE:

विश्वराज अधिकारी
    अनेक साधन र स्रोत भए तापनि दक्षिण एसियाका मुलुकहरू गरिब र साधन–स्रोतको पर्याप्तता नभए तापनि पश्चिमका राष्ट्रहरू धनी हुने कारण धेरै छ । ती धरै कारणहरूमध्ये एउटा महŒवपूर्ण कारण हो, दक्षिण एसियामा ज्ञानको अभाव हुनु । दक्षिण एसियामा ज्ञानको प्रचुर अभाव छ । हामीले जतिसुकै गर्व गरे तापनि, आपूmले आफैलाई हामी महान् छौ भने तापनि, दक्षिण एसिया मात्र होइन, सम्पूर्ण एसिया  नै ज्ञानको क्षेत्रमा पश्चिमभन्दा सयौं वर्ष पछाडि छ । ज्ञानको अभावले गर्दा नै एसियाका मुलुकहरू गरिब भएका हुन्, साधन र स्रोत नभएर होइन । दक्षिण एसियाको आर्थिक जीवन कष्टकर ज्ञानको अभावले गर्दा भएको हो । दक्षिण एसियाका नागरिकहरू पश्चिमी राष्ट्रहरूमा पुग्न हरदम लालायित हुने प्रमुख कारण पनि यस क्षेत्रमा ज्ञान र धनको अभाव हुनु हो । ज्ञानको अभावमा धनको सृजना हुन सक्तैन भन्ने यथार्थमा हामीले अविश्वास गर्न मिल्दैन ।
    सियोदेखि हवाईजहाजसम्म, साबुनदेखि सलाईसम्म, अनि चीनीदेखि चियासम्म, सम्पूर्ण वस्तुको आविष्कार पश्चिमका राष्ट्रहरूमा भएको हो । संसारभरिमा नै, विभिन्न वस्तुहरूको आविष्कार गर्नमा ब्रिटेन, अमेरिका र जर्मनीको स्थान वर्षौंसम्म अग्रणी रह्यो । अहिलेको यो वर्तमान पूँजीवादी युगमा त विभिन्न वस्तु एवं सेवाहरूको अविष्कार गर्नमा केवल अमेरिकाको मात्र वर्चस्व कायम हुन गएको छ ।
    पछिल्लो समयमा युट्युब, फेसबूक, गुगल, ट्युटर, उबरजस्ता उत्कृष्ट प्रविधि युक्त सेवाहरू उत्पादन गरेर अमेरिकाले विश्वलाई एउटा गाउँ वा सानो क्षेत्रमा परिणत गरिदिएको छ । कुनै समयमा एसियाको एउटा मुलुकबाट युरोपको अर्को मुलुकमा (पत्रद्वारा) खबर पुग्न हप्तौ लाग्नेमा अहिले संसारकै एक भागबाट अर्को भागमा (इमलेद्वारा) खबर पुग्न एक मिनेट पनि लाग्दैन । सूचना र प्रविधिको क्षेत्रमा महान् आविष्कारहरू भएका छन् । तर ती अविष्कारमध्ये एउटा पनि दक्षिण एसियामा भएन । सूचना प्रवधिको क्षेत्रमा एकमुस्ट विकास केवल अमेरिकामा भएको हो । यो कारणले पनि अमेरिकालाई अहिलेको यो युगमा ज्ञानको भण्डार मान्ने गरिन्छ । र अमेरिका धनी भएको पनि ज्ञानले हो, स्रोत र साधनहरूको पर्याप्तताले गर्दा भएको होइन ।
    एसियाभरिमा रेलमार्गबाट सर्वाधिक फाइदा उठाउने देश भारत हो । नेटवर्कको आधारमा (६५ हजार किलोमिटरमा फैलिएको) भारतको रेलसेवालाई संसारको नै चौथो ठूलो रेलसेवा मान्ने गरिन्छ । भारतको रेलसेवाले वर्षभरिमा लगभग ८०० करोड यात्रु ओसार्छ । यात्रीहरूलाई गन्तव्यमा पु¥याउने सङ्ख्याको आधारमा भारत संसारकै सर्वाधिक ठूलो रेलसेवा हो । तर यो रेलसेवाको (रेल इन्जनको) विकास ब्रिटेनमा भएको हो, भारतमा होइन । भारतमा उहिले पनि बैलगाडी चल्थ्यो, अहिले पनि त्यहाँको सुदूर ग्रामीण क्षेत्रमा बैलगाडी चल्ने गर्छ । खेतमा हलो चल्छ ।
    भारतको आर्थिक विकासमा अङ्ग्रेजहरूको योगदान ज्यादै ठूलो रह्यो । अङ्ग्रेजहरू भारत नआएको भए भारतको आर्थिक अवस्था अहिलेको अफगानिस्तान जस्तो हुन्थ्यो होला । तर पनि भारतीयहरू अङ्ग्रेजलाई निकै गाली गर्छन् । भारतलाई अहिलेको स्वरूप
(बृहत् आकार वा एकीकृत रूप) दिन र आर्थिक रूपमा आत्मनिर्भर तुल्याउन अङ्ग्रेजहरूको योगदान ठूलो छ । यसैगरी नेपालको राष्ट्रियताको रक्षा गर्न नेपालको शाहवंश (पञ्चायती व्यवस्था) को योगदान पनि ठूलो छ । त्रिभुवन र पछिका राजाहरूले चीनसँग राम्रो सम्बन्ध नगाँसेको भए नेपालको स्थिति सिक्किम झैं हुने थियोभन्दा अतिशयोक्ति हुँदैन । तिब्बतलाई त चीनले खायो भनी कसैले प्रश्न गर्न सक्छ । यो प्रश्नका लागि यस्तो प्रतिप्रश्न आउन सक्छ–तत्कालीन तिब्बत सरकारले, नेपाल सरकारले जस्तै  आप्mनो अस्तित्व जोगाउन कूटनैतिक प्रयास किन गरेन ?
    स्मरण रहोस, संयुक्त राष्ट्रसङ्घको स्थापनाका लागि राजा महेन्द्रले खास किसिमको भूमिका निर्वाह गरेका थिए । राजा महेन्द्र निरङ्कुश थिए, उनको त्यो स्वभावले थप बहस माग गर्दछ । तर उनको निरङ्कुशताको चर्चा गर्दा हालमा राष्ट्रियताको रक्षा गर्न रूसमा पुटिन, इजिप्टमा अल फतह सिसी, टर्कीमा एर्डोगानले खेलेको भूमिका मनन गर्नुपर्छ । के तीनैजना तानाशाह होइनन् ? सोभियत युनियनलाई टुक्राटुक्रा पार्ने युरोप अहिले पनि रूसलाई टुक्रा बनाउने दाउमा लागेको देखिन्छ । युक्रेनलाई बेलाबेलामा रूसविरुद्ध उचाल्ने काम युरोपले गर्दै आएको छ । यी विवरणहरूको प्रस्तुति पुटिन वा अलफतह सिसी असल हुन् भन्नका लागि होइन, वरन् रूसी राजनीतिले पुटिनको र इजिप्टले अलफतह सिसीको माग गर्दछ भन्न मात्र खोजेको हो । यस्तै स्थिति तत्कालीन नेपाली राजनीतिमा राजा महेन्द्रको थियो । राजा महेन्द्रको निरङ्कुशताको चर्चा भने चलि नै रहनेछ । र भारतको नेपालप्रतिको दृष्टिकोणको चर्चा पनि चलि नै रहनेछ ।
    दक्षिण एसिया र खासगरी नेपाल र भारतमा एउटा अचम्मको चलन वा जनविश्वास छ–ज्ञान बाँड्नुहुँदैन । ज्ञान बाँडेमा त्यसको असर समाप्त हुन्छ वा पाप लाग्छ । यो कारणले गर्दा कतिपय गुरुहरू आपूmले जानेका मन्त्र अरू (चेलाहरू) लाई सुनाएनन् । यहाँ मन्त्रलाई प्रतीकात्मक रूपमा, ज्ञानको रूपमा लिने हो, मन्त्रलाई अन्धविश्वासको कुनै सूत्रको रूपमा नमान्ने हो भने एउटा प्रश्न तेर्सिन आउँछ । त्यो के हो भने के कारणले ज्ञान (मन्त्र सुनाउने कार्य) बाँडिएन ? ज्ञानको विस्तारमा किन रोक लगाइयो ? हुन पनि हाम्रो ज्ञान बाँड्ने चलन छैन । ज्ञान बाँडेमा आप्mनो गुरुत्व वा शक्ति घट्छ भन्ने कुरामा हामी अहिले पनि बलियो गरी विश्वास गर्छौ । यही कारणले गर्दा महाभारत, गीता, वेद, उपनिषद् महिला र शुद्रहरूले पढ्न हुँदैन भनेर प्रचार गरियो । यस्ता ज्ञानका स्रोतबाट ती वर्गलाई वञ्चित गरियो । ज्ञानमाथि यसरी सीमा लगाउने हो भने कसरी ज्ञानको विकास हुन्छ ?
    पश्चिमी राष्ट्रहरूमा एउटा आँधी आउँदा पनि त्यसको नाम राख्ने गरिन्छ । त्यसले के के क्षति पु¥यायो भन्ने कुराको अभिलेख राखिन्छ । र त्यो अभिलेख आउने पुस्ताले पढून् भनेर त्यसलाई सुरक्षित साथ राखिन्छ । अर्थात् यसरी ज्ञान बाँड्ने कार्य गरिन्छ । तर हामी कहाँ ज्ञान बाँडिदैन ।
    अङ्ग्रेजहरूले (आएर) सर्भे गरेर, नापी गरेर घोषणा गरेपछि मात्र हामीलाई थाहा भयो, नेपालको सर्वाधिक अग्लो शिखर, सगरमाथा संसारभरिमा अग्लो छ । सगरमाथालाई पहिले पिक ‘बी’ भन्ने गरिन्थ्यो । तर पछि बेलायती नागरिक एन्ड्रयु स्कट ब्यागले नाप गरेपछि (गणना गर्नमा उनलाई राधानाथ सिकदरले सघाएका थिए) मात्र थाहा भयो पिक बी संसारमा नै सर्वाधिक अग्लो शिखर रहेछ । त्यो शिखरको नाम पनि बेलायतीहरूले नै ‘एभरेस्ट’ भनेर राखे । बेलायती नागरिक जर्ज एभरेस्ट (तत्कालीन सर्भेएर जनरल अफ इन्डिया) को सम्मानमा पिक ‘बी’ को नाम माउन्ट एभरेस्ट बेलायती सरकारद्वारा सन् १८५६ तिर राखिएको हो । एभरेस्टलाई नेपालीमा पछि सगरमाथा नाममा रूपान्तरण गरियो ।
    भनिन्छ भारतीयहरूलाई ‘कौटिल्य’, ँ‘चाणक्य’ वा ‘विष्णुगुप्त’ को थिए थाहा नै थिएन । धेरै पछिसम्म पनि थाहा थिएन । चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो । विष्णुगुप्त कुटिल वा विद्वान् भएको हुनाले उनलाई कौटिल्य भनिएको हो । र यसैगरी चणकको छोरा भएकाले उनलाई चाणक्य भनिएको हो ।
    भारतमा अङ्ग्रेजहरूको आगमन भएपछि, अङ्ग्रेजहरूले चाणक्यबारे अध्ययन र अनुसन्धान गरेर तथ्य पत्ता लगाएर सो तथ्य सार्वजनिक गरेपछि मात्र आम भारतीयले चाणक्य को थिए भन्ने कुरा थाहा पाए । हुनत यस कुराको पुष्टि आधिकारिकरूपमा भएको छैन, तर धरैजनाको विश्वास छ, चाणक्यबारे खोजतलाश अङ्ग्रेजहरूले नै गरेका हुन्, भारतीयहरूले होइन ।
    हामी ज्ञानको क्षेत्रमा पछाडि मात्र छैनौं, ज्ञान बाँड्ने मनोविज्ञान पनि राख्दैनौं । ज्ञान बाँड्न झन् पछाडि छौ । सामाजिक र आर्थिक विकासको लागि ज्ञानको व्यवस्थापन र सञ्चार उत्तिकै आवश्यक छ । हामी गरीब भएको ज्ञानको अभावले हो । र ज्ञानको अभाव ज्ञानको उचित व्यवस्थापन नभएर भएको हो ।
    हामी ज्ञानको क्षेत्रमा निकै पछाडि रहेकोले नै कुनै वस्तुको उत्पादन लागत (विकसित देशमा) रु १०० सय पर्छ भने त्यही वस्तु नेपालमा उत्पादन गर्दा उत्पादन लागत रु १००० तिरिरहेका हुन्छौ । हामीले उत्पादनमा उन्नत प्रविधि प्रयोग गर्न नसकेकोले उत्पादन लागत बढी बेहोर्नुपरेको हो । यसरी अधिकतम ज्ञान र प्रविधिको प्रयोग हामीले उत्पादन र वितरण व्यवस्थापन गर्न नसकेकोले वस्तु र सेवाहरूको उत्पादन महँगो भएको हो । हाम्रो जीवन पद्धति (ीष्खष्लन  अयकत) नै महँगो हुन पुगेको हो ।
    ज्ञानको क्षेत्रमा हामी कति पछाडि छौ भन्ने कुरा हालै भएको एउटा घटनाले पनि पुष्टि गर्दछ । कैलाली जिल्लाको घोडाघोडी नपा– ५ बस्ने राधा चौधरीलाई बोक्सीको आरोपमा ज्यानै जानेगरी कुट्दा मानिस रमिते बनेर हेरि मात्र रहे । कुट्ने व्यक्ति त बुद्धिहीन भयो नै, दर्शकहरू पनि के सबै बुद्धिहीन थिए त ? थिए होलान् । त्यसैले राधा चौधरीले ज्यानै जाने किसिमको कुटाइ खाँदा पनि हेरेर बसे । के यो घटनाबाट हाम्रो ज्ञान र चेतनाको स्तर कति छ भन्ने थाहा हुँदैन ? राधा चौधरीको एकल घटनाको कुरा उठाएर सम्पूर्ण जनताको ज्ञानको स्तर नाप्नु उचित नहोला भन्ने तर्क उठ्न सक्छ । तर के हामी कहाँ वा भारतमा बोक्सीको आरोमा सयौं मारिएका छैनन् ? के अन्तर्जातीय विवाह गरेकै कारण सयौको ज्यान गएको छैन ? के दाइजो नल्याएको रिसमा सयौं छोरी वा बुहारीको ज्यान गएको छैन ? तल्लो जातको व्यक्ति मन्दिरभित्र पस्यो भन्दै हजारौंले कुटाइ खाएका छैनन् ? हो, यिनै कुरा हुन हाम्रो ज्ञान र चेतना नाप्ने मापदण्ड ।
          बपयगतष्थिब२नmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : गरीबीको कारण ज्ञानको अभाव
गरीबीको कारण ज्ञानको अभाव
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiZ8OXXFe12vfd6M1ZCW8QvjiYqLI7xB4rKTy6AjiHXmekctRcHCo5epyCtdS_1mnMRQG2k-iHzYUQ-QVkNpwiAxsvjKiX082JhbUtu-p6q-pwN5JmqaOTRRDdXTZVaZt1d1thhqzYoRd1d/s200/bishwaraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiZ8OXXFe12vfd6M1ZCW8QvjiYqLI7xB4rKTy6AjiHXmekctRcHCo5epyCtdS_1mnMRQG2k-iHzYUQ-QVkNpwiAxsvjKiX082JhbUtu-p6q-pwN5JmqaOTRRDdXTZVaZt1d1thhqzYoRd1d/s72-c/bishwaraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/03/blog-post_656.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/03/blog-post_656.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy