डा. बासुदेवलाल दास, पीएच.डी.
सहप्राध्यापक, इतिहास विभाग
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज
नेपालको जनकपुर अञ्चल, धनुषा जिल्लामा अवस्थित जनकपुरधाम विश्वकै हिन्दू धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्र रहेको छ । ऐतिहासिक र धार्मिक महŒव बोकेको यो धाम आन्तरिक र बाह्य पर्यटनका लागि पनि रमणीय गन्तव्यको रूपमा स्वीकार गरिएको छ ।
जनकपुर नगरको नामकरण मिथिलाका राजा जनकको नामबाट भएको मानिन्छ । जनकपुर नगर अहिले हिन्दू धर्मावलम्बीहरूका लागि एउटा पवित्र धामको रूपमा रहेको छ । जनकपुरधामको भौगोलिक अवस्थिति उत्तरी आक्षांश २६० ३५’ – २७० ५’ एवं पूर्वी देशान्तर ८५० ५२’ – ८६० २०’ को बीचमा वर्तमान नेपालको जनकपुर अञ्चलको धनुषा जिल्ला अन्तर्गत रहेको छ । राजा जनकको यस नगरी जनकपुरधामको नामबाट नै यस अञ्चलको नाम राखिएको हो । यो एउटा ऐतिहासिक तथा धार्मिक तीर्थस्थलको रूपमा विश्वमा प्रख्यात रहेको छ । जनकपुरधामको परिसीमाभित्र अनेक मठमन्दिर एवं ताल, सरोवर रहेका छन् । जनकपुरधामको श्रीजानकी मन्दिर, जसलाई नौलखा मन्दिर पनि भनिन्छ, आकर्षणको प्रमुख केन्द्रको रूपमा रहेको छ । यस मन्दिरको शिलान्यास विक्रम संवत् १९५२ माघ २८ गते सोमवार एवं प्रतिष्ठा विक्रम संवत् १९६७ माघ २८ गते शुक्रवार भएको थियो ।
ऐतिहासिक दृष्टिकोणबाट अध्ययन गर्दा थाहा पाइन्छ कि प्राचीनकालको मिथिलाको राजधानी जनकपुर नगरको विनाश महाभारत युद्धपश्चात् भएको थियो । त्यसपछिको समयमा जनकपुर नगर रहेको क्षेत्रमा वनजङ्गलले आच्छादित भएर त्यसको पहिचान अलभ्य हुन गएको थियो । वर्तमान युगको ईसाको सोह्रौं र सत्रहौं शताब्दीतिर गङ्गाको मैदानी भागमा भगवान् श्रीरामको भक्ति र उपासनाको प्रचार हुँदा, विशेषगरी वैष्णव रामानन्दीय सम्प्रदायका भक्त र सन्तहरूले आप्mना उपास्यदेव श्रीरामका चरण परेका स्थलहरूको खोजी कार्य गर्ने अभियान चलाएका थिए । यसै सन्दर्भमा विन्ध्य पर्वत क्षेत्रमा चित्रकूट जस्ता तीर्थस्थलको खोजी भएको थियो । यसरी नै भारतमा मुगल शासनकालको अन्त्यतिर अवधका नवाब सुजाउद्दौलाद्वारा सन् १७५४ ई.मा आप्mनो राजधानी अयोध्याबाट पैmजाबादमा सारिएपछि अयोध्या क्षेत्रमा वैष्णव धर्मावलम्बीहरूद्वारा अनेक मठहरूको निर्माण भएको थियो । अर्कोतिर, हिन्दू धर्मावलम्बीहरूका ध्यान र उपासनामा जनकपुर विषयक जानकारी रहेको भए तापनि ईसाको सत्रहौं शताब्दीसम्म जनकपुरधामको खोजी हुन सकेको थिएन, अर्थात् यो नगर अज्ञात नै रहेको थियो ।
वर्तमान जनकपुरधामको खोजी र पहिचानको सिलसिलामा थाहा पाइएको अनुश्रुति अनुसार ईसाको अठारहौं शताब्दीको आरम्भिक वर्षतिर यस स्थानमा चतुर्भुज गिरि नामक सन्तको आगमन भएको थियो । उनी बद्रीनाथधामका प्रसिद्ध ज्योतिर्मठका सन्त दुर्गानाथ गिरिद्वारा दशनामी सम्प्रदायमा दीक्षित भएका सन्त थिए । उनी शान्त तपस्यास्थलको खोजीमा भ्रमण गर्दै उत्तरी मिथिला क्षेत्रको यस स्थानमा एउटा वटवृक्षनिकट पुगेका थिए । यो वटवृक्ष अहिले श्रीराममन्दिर परिसरमा रहेको छ । उनलाई प्राचीन जनकपुर विषयक स्वप्नमा निर्देश भए अनुसार उत्खनन गराउँदा प्राप्त भएका मूर्तिहरू श्रीराममन्दिरमा राखिएका भनिन्छ । यसरी नै यस सिलसिलामा भारतको राजस्थानको जयपुरनिकट गलात मठका वैष्णव रामानन्दीय सम्प्रदायका सन्त खेमदासका शिष्य सूरकिशोर दासको नाम आउँछ । उनी दीक्षाग्रहणपश्चात् राजस्थानको सीकरको लोहरगढ (लोहागढ)स्थित रमानी मठमा बस्ने गर्दथे तथा श्रीजानकीको उपासना पुत्रीभावले गर्दथे । उनी आपूmलाई जानकीका पिता जनकको भाइको रूपमा ठान्ने गर्दथे । सूरकिशोर दासले यस क्षेत्रको जङ्गलको अवस्थामा रहेको भूभागमा भ्रमण गर्दा एउटा नीमको वृक्षनिकट श्रीजानकीको प्रतिमा फेला पारेका थिए । यसको आधारमा यस स्थानलाई प्राचीन जनकपुरको रूपमा पहिचान गरिएको थियो । त्यो प्रतिमा अहिले श्रीजानकी मन्दिरमा राखिएको छ । यसरी नै जनकपुरधामबाट करिब १२ किलोमिटर उत्तर–पूर्वमा अवस्थित धनुषाधामको पनि पहिचान गरिएको थियो । वर्तमान जनकपुरधामको भूमिमा चतुर्भुज गिरि र सूरकिशोर दास यी दुवैमध्ये पहिले आउने को थिए भन्ने विषय निश्चितरूपमा स्पष्ट भएको देखिंदैन ।
यस्तै, वर्तमान जनकपुरधामको पहिचानमा योगदान दिने अर्का सन्त प्रीतमदास थिए । उनी भारतको उत्तर प्रदेशको गोरखपुरनिकट मुरिया–रामपुर मठका वैष्णव रामानन्दीय सम्प्रदायका सन्त थिए । उनीद्वारा ल्याइएको श्रीहनुमानको प्रतिमा अहिले हनुमाननगरमा स्थापित छ । यसरी नै यस स्थानमा औलियाजीका शिष्य रघुनाथ दास बङ्गालको मकसूदाबादबाट आएका थिए । यी सन्तहरूले जनकपुरधाम क्षेत्रमा आप्mना स्थान (कुटी) बनाएर निवास गर्न थालेका थिए ।
जनकपुरधाम क्षेत्र तत्कालीन अवस्थामा मकवानपुर राज्यको अधीनस्थ भूभाग थियो । जनकपुरको खोजी तथा पहिचान विषयक सूचना मकवानपुरका राजासमक्ष पुगेपछि यस स्थानमा स्थापित मठहरूका लागि राजाद्वारा अनेक अधिकारपत्र प्रदान गरिएका थिए । पश्चात्कालमा यस क्षेत्रमा गोरखाली शक्तिको आधिपत्य स्थापित हुँदा पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीहरूद्वारा ती अधिकारपत्रहरूलाई विभिन्न लालमोहरहरूद्वारा थमौती गरिदिइएको देखिन्छ । यस सन्दर्भमा गिर्वाणयुद्ध विक्रम शाहको सन् १८०७ ई., सन् १८१० ई. एवं सन् १८११ ई.का लालमोहरहरूका साथै सुरेन्द्र विक्रम शाहको सन् १८७७ ई.को लालमोहरलाई उल्लेख गर्न सकिन्छ ।
जनकपुरधाममा वर्तमान समयमा हिन्दू धर्मावलम्बीका विभिन्न सम्प्रदायका आश्रम, कुटी, मठ, मन्दिर तथा स्थानहरू रहेका छन् । यसमा वैष्णव, शैव, शाक्त, इत्यादि सम्प्रदायका उपासकहरू रहने गर्दछन् । यस्तै, वैष्णव सम्प्रदाय अन्तर्गतका सगुणोपासकमध्ये रामानुजीय, रामानन्दीय, निम्बार्क र विष्णुस्वामी तथा निर्गुणोपासकमध्ये कबीरपन्थी जस्ता सम्प्रदायका अनुयायी भक्त, सन्त रहेका पाइन्छन् । यी विभिन्न सम्प्रदायहरूका आप्mनै विशेष प्रकारका स्वरूप, तिलक, उपासना पद्धति, साम्प्रदायिक मान्यता इत्यादि रहने गरेका देखिन्छन् । धार्मिक अनुष्ठान तथा साधनाको अन्तिम लक्ष्य एउटै भगवत्प्राप्ति अथवा परमात्मस्वरूपमा विलय अथवा मोक्षप्राप्ति रहेको भए तापनि साधना र उपासनाको मार्गमा विभिन्नता रहेको पाइन्छ । यसरी नै कर्मकाण्डीय प्रवृत्ति आदि एवं तिलक र मालाको स्वरूपमा पनि विविधता देखिन्छन् ।