$type=ticker$count=12$cols=4$cate=0

कृषिमा लगानी बढाऊ

SHARE:

शीतल महतो
    नेपालीमा एउटा उखान छ – न हाँस को चाल, न कुखुराको चाल । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अनुरूप मुलुकमा स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचन सम्पन्न भएर तीनवटै तहको सरकारसमेत गठन भइसकेको छ । तीनै तहको सरकार गठन भएपछि मुलुक अब आर्थिक समृद्धि र आत्मनिर्भरताको बाटोमा लम्किने विश्वास सबैतिर देखिएको छ । तर दलहरूले आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमतिको बाटो अवलम्बन गर्न नसक्दा मुलुक अहिले पनि आर्थिक रूपान्तरणको बाटोमा हिंड्न सक्दैन भन्ने प्रश्न सबैतिर उब्जिएको छ । मौसम र परिस्थिति बदलिंदा सोच बदल्ने नेपाली प्रवृत्ति आत्मनिर्भरताको गफ गरेर आत्मरतिमा रमाउनेभन्दा माथि उठ्न सकेको छैन् । नेपालमा आर्थिक विकासको उच्च सम्भावना रहेको कृषि क्षेत्र परनिर्भरताको पराकाष्ठाको एउटा ज्वलन्त उदाहरण बन्न पुगेको छ ।
    मुलुकको अर्थतन्त्रको प्रमुख आधार क्षेत्रका रूपमा रहेको कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ । छैटौं योजना अवधि (०३६/०३७ —०४१/४२) मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ५९ प्रतिशत थियो । आठौं योजनापछि यस क्षेत्रको योगदान क्रमशः घट्दै गई नवौं योजनाको अन्त्यसम्ममा करिब ४० प्रतिशतको हाराहारीमा आइपुगेकोमा अहिले अझ घटेको छ । आर्थिक वर्ष २०७२/०७३ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३२ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशतको हाराहारीमा खुम्चेको छ । मुलुकको निर्यात व्यापारको करिब आधा हिस्सा कृषिमा आधारित वस्तुले ओगटेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व क्रमिक रूपमा घट्दो क्रममा छ भने यस क्षेत्रमा सहभागी जनसङ्ख्याको अनुपात पनि क्रमिकरूपमा ओरालोलाग्दो गतिमा छ । अर्थतन्त्रको मुख्य क्षेत्र नै कमजोर हुँदा यसले समग्र आर्थिक वृद्धिदरमा प्रभाव पारेको छ ।
    नेपालको कृषि क्षेत्र पूर्णतः मौसममा निर्भर छ, मौसमले साथ दिएको वर्ष नेपालको आर्थिक वृद्धिदर साढे ५ देखि ७ प्रतिशतसम्म पुगेको देखिन्छ भने मौसम प्रतिकूल हुँदा समग्र आर्थिक वृद्धिदर ३ देखि ४ प्रतिशतमा खुम्चिएको देखिन्छ । विश्व बैंकको एक अध्ययनले नेपालमा भूउपलब्धताका अनुसार उत्पादन र उत्पादकत्व सार्क क्षेत्रमैं कमजोर अवस्थामा रहेको देखाउँछ । नेपालको अन्न उत्पादन अन्य छिमेकी मुलुकहरूको तुलनामा निकै कम रहेको पनि विभिन्न अध्ययनले देखाएको छ । उत्पादन घट्दै गइरहेको अन्नबाट बढी उत्पादकत्व भएका अन्य कृषिजन्य उत्पादनतर्फको बाली विविधीकरणलाई समेत प्राथमिकता दिन नसक्दा यसले समग्र कृषि उत्पादन प्रणालीमैं असर गरिरहेको छ । विगत दश वर्षमा कृषिको वार्षिक उत्पादन तीन प्रतिशतभन्दा नबढेको तथ्याङ्क छ ।
    कृषि क्षेत्रलाई कमजोर बनाउने कारकहरू खोज्ने हो भने एक वा दुई होइन, दर्जनौं समस्या अगाडि तेर्सिन्छ । नेपालको कृषि क्षेत्र कमजोर हुनुमा यो क्षेत्र प्राथमिकताविहीन बन्नु र विभिन्न दातृ संस्थाको दबाबमा कृषिमा दिइँदै आएको अनुदान हटाइनु नै मुख्य हो । हुनत कृषिको महŒवलाई दृष्टिगत गरी सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर यसलाई औद्योगिक एंव व्यावसायिक रूपमा अगाडि बढाउने योजना त अघि सा¥यो तर त्यसका लागि आवश्यक लगानी र भौतिक पूर्वाधार निर्माण गर्न सकेन । त्यस्तै कृषि क्षेत्रको एकीकृत विकासका लागि कृषि उत्पादन, भण्डारणमा हुने क्षति न्यूनीकरण, किसानलाई कर्जा र सहयोग तथा खाद्य प्रशोधनजस्ता महŒवपूर्ण रणनीतिलाई राज्यले पूर्ण प्रतिबद्धता र इमानदारीका साथ लागू गर्न सकेन । फलस्वरूप दिगो खाद्य सुरक्षा, ग्रामीण क्षेत्रमा आम्दानी बढाउन र समावेशी आर्थिक विकासको अवधारणालाई मूर्त रूप दिन कृषि क्षेत्रले अहम् भूमिका निर्वाह गर्न सकेन । द्रुत गतिमा जल, जङ्गल र जमिन तथा जैविक स्रोतहरू घट्दै जानुले पनि कृषि क्षेत्र थप समस्याग्रस्त बन्दै गएको छ । आकाशिंदो मूल्य, आर्थिक मन्दी, अस्थिर बजार मूल्य तथा जलवायु परिवर्तनको असरले खाद्य असुरक्षाको समस्या बढाउँदै लगेको छ । छिमेकी मित्र राष्ट्र भारतमा कृषिलाई उच्च प्राथमिकता दिंदै कृषिमा अनुदान, कृषि कर्जामा सहुलियत, सरकारद्वारा उत्पादन खरिदको प्रत्याभूतिजस्ता व्यवस्थाका कारण त्यहाँको कृषि क्षेत्रले लामो फडको मारेको छ तर नेपालमा प्राथमिकताविहीन बनेको कृषि क्षेत्र प्रतिस्पर्धी बन्न नसकी कमजोर भएको हो । विशेषगरी खुला सिमानाका कारण सस्तो मूल्यका अनुदानित भारतीय कृषि उपज नेपालमा अत्यधिक आयात हुँदा यहाँका कृषि र कृषकहरू निरुत्साहित हुन पुगेका छन् । यदि कृषिलाई अर्थतन्त्रको मेरुदण्ड मान्ने हो भने यस क्षेत्रलाई पर्याप्त प्राथमिकताका साथ संरक्षण र प्रवद्र्धन गर्नैपर्ने हुन्छ ।
    कम्तिमा दुईतिहाई जनता कृषिमा आधारित भएर जम्मा एकतिहाई मात्र कुल गार्हस्थ्य उत्पादन गर्ने नेपालको कृषि उत्पादन र उत्पादकत्व बढाउने दीर्घकालीन कृषि योजना आयो र गयो पनि, तर उपलब्धि जस्ताको त्यस्तै रह्यो । हाम्रा दुवै छिमेकी मुलुक चीन र भारत अहिले विश्वकै आर्थिक वृद्धिको सबल आधार भएका देश हुन् । आर्थिक वृद्धिदर बढाउने अभियानमा दुवै देश लागिपरेका छन् । ठूला र शक्तिशाली दुई राष्ट्रबीच रहेको नेपालले त्यसको सिको वा सक्दो सहयोग लिएर सबल र समृद्ध राष्ट्र बन्ने रणनीति लिनुपर्ने हो । तर त्यस्तो भएन । राजनीतिक नेतृत्व तहमा देखिएको अदूरदर्शिता र सत्ता स्वार्थका कारण आम नागरिकको सामाजिक न्याय र समतामूलक समाज सहितको समृद्धिको चाहनालाई सुनिश्चित गर्न सशक्त प्रणालीको विकास गर्न सकिएन ।
    गरीब तथा निमुखा जनताको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएकोले हाम्रोजस्तो विकासोन्मुख मुलुकका लागि कृषि सधैं महŒवपूर्ण विषय हुन्छ । तर अहिले कृषि सबैका लागि उपेक्षित पेशाको रूपमा विकास हुन थालेको छ । युवाहरू कृषिमा संलग्न हुन रुचाउँदैनन् । जस्तोसुकै अप्ठ्यारो र दुःख–पीडा सहेर भए पनि आफ्नो र परिवारको जीविकोपार्जनका लागि विदेशिने नेपाली युवाहरू बढ्दै गएका छन् तर आफ्नैं देशको जग्गामा कडा मेहनत गरेर खेती गर्न सकियो भने यसमा सुन फलाउन सकिनेमा उनीहरूले विश्वास गर्न सकेका छैनन् । यस्तो अवस्थामा प्रत्येक नेपालीको खाद्यमा पहुँच बढाउनुपर्ने तथा भोकमरी र कुपोषणबाट सबैलाई मुक्त गर्नुपर्ने चुनौती राज्य समक्ष आउन थालेको छ । त्यसैले दिगो खाद्य सुरक्षा र कृषि प्रणालीको विकास गर्न राज्यले युवाहरूलाई कृषिमा आकर्षित गर्ने रणनीति लिनुपर्दछ । यसका लागि कृषिमा लाग्ने युवाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउँदै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनेतर्फ राज्यको कृषिनीति उन्मुख हुनुपर्दछ । कृषिलाई विकासको मूल उत्प्रेरक र निर्यात व्यापारको सम्भावना दुवै भएको क्षेत्र मानिन्छ । तर कृषिप्रधान मुलुक नेपालमा आय आर्जनका लागि अन्य भरपर्दो स्रोतसाधन नभएको अवस्थामा कृषि उत्पादन वृद्धि तथा लगाइएको बालीलाई जोगाएर बढीभन्दा बढी परिमाणमा बाली भिœयाउनु सबैभन्दा महŒवपूर्ण पक्ष देखिएको छ ।
    मुलुकको करिब दुईतिहाई जनसङ्ख्या संलग्न रहेको कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान करिब एकतिहाई हुनु भनेको कृषि क्षेत्रमा लगानी भएको श्रम र अन्य स्रोतको तुलनामा प्रतिफल
(उत्पादकत्व) कम हुनु हो । यसरी लगानी र प्रतिफलको असन्तुलनले यस क्षेत्रको प्रभावकारिता सन्तोषजनक हुन सकेको छैन । नेपालको कृषि मनसुनमा आधारित र निर्वाहमुखी छ । यसरी मनसुनमा आधारित हुनु तथा कृषि प्राविधिक दक्षताको अभावजस्ता कारणले नै यस क्षेत्रको जोखिम बढाएको छ । सोही जोखिम तथा अनिश्चित प्रतिफलकै कारण यो पेशाप्रति आम मानिसको आकर्षण निरन्तर घट्दो छ । यदि कृषिलाई अर्थतन्त्रको मेरुदण्ड मान्ने हो भने यस क्षेत्रलाई पर्याप्त प्राथमिकताका साथ संरक्षण र प्रवद्र्धन गर्नैपर्छ । विश्वव्यापी आर्थिक मन्दी र जलवायु परिवर्तनजस्ता कारणले विश्वभरि नै अहिले कृषिमा लगानी बढिरहेको अवस्था छ । यस्तो परिस्थितिमा नेपालले पनि जलवायु अनुकूलता अनुसारको कृषि कार्यक्रम ल्याउन आवश्यक छ । मुलुकमा कृषि क्रान्ति गर्ने हो भन्ने अब कृषिमा आधारित साना तथा मझौला उद्योगको विकास गरी गरिबी न्युनीकरण गर्ने खालको आर्थिक क्रान्ति र आन्दोलन गर्न जरुरी छ ।
    यसका लागि विद्यमान निर्वाहमुखी कृषि क्षेत्रमा आमूल संरचनात्मक परिवर्तनका साथै त्यसको व्यवसायीकरण र आधुनिकीकरण गर्न सक्नु पहिलो शर्त हुनेछ । अनि मात्र नेपालमा तीव्र आर्थिक वृद्धि र सामाजिक न्यायको लक्ष्य हासिल गर्न सकिन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कृषिमा लगानी बढाऊ
कृषिमा लगानी बढाऊ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1FZGV73sQwEEFGBN3SYx6fVhIcdoE4Xfpi5eUq_d8xa6V-sbvn-mnBVAD4IyJk4sCY6BXtBuDblyZty8TiUSEMAIByAjGQ1Bz37NGHVMdOHslj83tssYEJwdDIWG_IvFwHlMAPkibFcwd/s200/shital+mahto.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1FZGV73sQwEEFGBN3SYx6fVhIcdoE4Xfpi5eUq_d8xa6V-sbvn-mnBVAD4IyJk4sCY6BXtBuDblyZty8TiUSEMAIByAjGQ1Bz37NGHVMdOHslj83tssYEJwdDIWG_IvFwHlMAPkibFcwd/s72-c/shital+mahto.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/03/blog-post_538.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/03/blog-post_538.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy