प्रस, रौतहट, १६ चैत/
रौतहट जिल्लाको मध्यभागमा आज शुक्रवार वर्षासँगै परेको असिनाले करोडौं मूल्यका बालीनाली नष्ट गरेको जिल्ला कृषि विकास कार्यालय रौतहटले जनाएको छ ।
दुर्गा भगवती गाउँपालिकाको पचरूखी, मत्सरी, भलोहिया, गङ्गापिपरा, बडहर्वा, राजदेवी नगरपालिकाको पथरा, चण्डिया, बसतपुर, यमुनामाई गाउँपालिकाको सरुअठा, झुनखुन्वा, राजपुर तुलसी, भेडरहियालगायतका ठाउँमा आज बिहान पानीसँगै परेको असिनाले गहुँ, आँप, लिच्ची, कटहर, तरकारीखेती, दलहनबाली असिनाले नष्ट गरेको जिल्ला कृषि विकास कार्यालय रौतहटका सूचना अधिकारी मोहन महतोले बताए । लगभग २५ ग्रामदेखि ५ सय ग्रामसम्मको असिना एक्कासि पर्न थालेपछि जनजीवन प्रभावित भएको थियो ।
आज बिहान करिब ८ः३० बजेदेखि परेको असिनाले करोडौं मूल्यका बालीनाली क्षति गरेपछि किसानहरू मारमा पारेका छन् । यथार्थ क्षतिको विवरण आउन बाँकी रहेको जिकृविका रौतहटले जनाएको छ । असिनाले खपडा घरको छानोसमेत फुटाएको छ भने फुस घरको छानोमा प्वालै प्वाल बनाइदिएको पीडितहरूले बताए ।
साउन २९ गते आएको विनाशकारी बाढीले धानखेतीलगायत घरमा रहेको खाद्य सामग्रीसमेत नष्ट गरेको सर्वविदितै छ ।