वीरगंज महानगरपालिकाले फोहर व्यवस्थापनका लागि हालका दिनमा कडाइ शुरु गरेको भान हुन थालेको छ । नगर र वडा स्तरीय गरी दुई तहबाट फोहर व्यवस्थापनको काम गर्दै आएको वीरगंज महानगरपालिकाको फोहर व्यवस्थापन कार्य बेलाबेलामा आलोचनाको विषय बन्ने गरेको छ । हाल प्रदेश नं ३ का मुख्यसचिव रश्मीराज पाण्डे वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा वीरगंजको सफाइ कार्य चर्चा गर्ने लायक बनेको थियो । त्यस अघि र पछिका दिनमा त्यस्तो अवस्था आएन वीरगंज महानगरपालिकाको सफाइको सन्दर्भमा । तत्कालीन अवस्थामा प्रमुख प्रशासकीय अधिकृत पाण्डेले अख्तियार गरेको सफाइ नीतिलाई अहिलेका नगरप्रमुख विजयकुमार सरावगीले अनुसरण गरेको देखिन्छ । पाण्डेले बिहान, दिउँसो र साँझ गरी दैनिक तीन समय फोहर सङ्कलन गर्ने र त्यसपछिका समयमा घर, पसल, व्यापारिक प्रतिष्ठानलाई फोहोर तोकिएको स्थानभन्दा अन्यत्र फाल्न निषेध गरिएको थियो । त्यतिखेर पनि फोहोर सङ्कलनको कार्य साइरन बजाएर गरिन्थ्यो । अहिले पनि सोही कार्य दोहोरिएको अवस्था छ ।
राम्रा कामको सिको गर्नुपर्छ र यस मानेमा सफाइका लागि भएको सिकोको प्रशंसा गर्नुपर्छ । वीरगंज नगर, उपमहानगरबाट अहिले महानगरमा परिणत भएको अवस्थामा सफाइतर्पm विशेष सचेत हुन जरुरी छ । सफाइबाट शहरको पहिचान खुल्छ । फोहोर असभ्यताको परिचय हो भने सफाइ सभ्यताको परिचय हो । घरदेखि टोलसमाज, नगर र देश सफा भएको अवस्थामा त्यस्तो स्थानमा देवताको बास हुने पुरानो कथन छ । सफा भएको स्थानमा पर्यटकहरू पुग्छन् अनि मनग्य आम्दानी भएपछि भएन त देवताको बास । वीरगंज महानगरपालिकामा अहिले भर्खरै मात्र फोहोर व्यवस्थापनका लागि अति आवश्यक फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट)को निर्माण भइरहेको छ । लामो इतिहास बोकेको वीरगंज महानगरपालिकासँग फोहोर व्यवस्थापन केन्द्र नभएर अहिलेसम्म जथाभावी जहाँ पायो त्यहीं फोहोर फाल्ने कार्य हुँदै आएको छ । जथाभावी फोहोर फाल्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र ३ महिना कैद सजायको व्यवस्था छ । धन्य छन् हाम्रा महानगरवासी नत्र अहिलेसम्म महानगरपालिकाका कतिपय सफाइ कर्मचारीहरू यो ऐनबाट दण्डित भइसकेका हुन्थे । वीरगंज प्रवेशद्वार, भन्सारदेखि बाइपास सडक, श्रीसिया पुल, इनरबाइपास क्षेत्रका सार्वजनिक तथा नम्बरी जग्गाहरूमा जथाभावी फोहोर फाल्ने कार्य जारी छ । यसैले पनि गर्मीयाममा झाडापखालाका बिरामीहरू वीरगंजमा बढ्दो छन् ।
अहिले वीरगंजको मेनरोडमा सफाइ कार्यलाई कडाइका साथ अगाडि बढाइएको छ । वीमनपालाई यो कार्यमा ग्रीनसिटी सामुदायिक संस्थाले हातेमालो गरेको छ । वीरगंजमा रहेका सामाजिक संस्थाहरूले यसैगरी सहकार्य गरेर काम गर्ने हो भने फोहोर व्यवस्थापनमा समस्या हुँदैन । वीरगंजमा टोल सुधार समितिहरूले पनि सफाइलगायतका काममा सहयोग पु¥याउँदै आएका छन् । तर वडाको सीमित क्षेत्रमा नमूनाको काम गरेका टोलसुधार समितिको दायरा बढाएर अथवा अन्यसँग सहकार्य गरेर महानगरपालिका र वडा समितिले फोहोर व्यवस्थापनको क्षेत्रमा उदाहरणीय काम गर्न सक्छ ।