प्रस, पथलैया, १६ चैत/
सिमरा महोत्सवमा जारी भेट्रान पूmटबल प्रतियोगितामा शुक्रवार चार खेल भएका छन् ।
सिमरा रङ्गशालामा भएका खेलमा चन्द्रपुर भेट्रान, चितवन भेट्रान, हेटौंडा भेट्रान र अभिषेक चर्च नवलपरासी विजयी भएका छन् । चन्द्रपुरले सिमरा भेट्रान क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो भने चितवनले टाइब्रेकरमा जावलाखेललाई पराजित गरेको छ ।
निर्धारित समयमा दुवै टिमले बराबरी गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा चितवन २–० गोलअन्तरले विजयी भएको हो ।
यसैगरी, हाम्रो क्लब वीरगंजलाई हराउँदै अभिषेक चर्च नवलपरासी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नवलपरासीले वीरगंजमाथि ४–१ गोलअन्तरको जीत हात पारेको हो । प्रतियोगितामा हेटौंडा सीधैं सेमिफाइलनमा प्रवेश गरेको छ । ४० वर्ष उमेर पुगेका खेलाडी मात्रै खेल्न पाइने यस खेलमा कम उमेरका खेलाडी देखिएपछि आयोजकले नवलपरासीलाई खेलबाट वञ्चित गर्दै हेटौंडालाई विजयी घोषणा गरेको हो ।
यससँगै प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ । प्रतियोगिता अन्तर्गत शनिवार हुने सेमिफाइनल खेलमा हेटौंडाले चपुरसँग खेल्नेछ भने नवलपरासीले चितवनसँग प्रतिस्पर्धा गर्ने खेलकुद व्यवस्थापक समीर आलेले जानकारी दिए ।