वैद्यनाथ ठाकुर
सुन्दर भविष्यको परिकल्पना मानिसले गर्नु स्वाभाविक हो । वर्तमानको समस्यामूलक कटु यथार्थलाई बदल्न मानिसहरू विभिन्न योजनाहरू बनाउने गर्छन् । ती योजना मनोगत भएपनि, वस्तुगत भएपनि पूरा गर्न भएभरको साम, दाम, दण्ड, भेदको नीति मानिसले प्रयोग गर्छन् । वास्तवमा विकास प्रकृतिको चरित्र हो । विकासको अभावमा प्रकृतिको कल्पना पनि गर्न सकिंदैन । यो अलग कुरा हो कि मानिसहरू एक्काइसौं शताब्दीसम्म आइपुग्दा उनीहरूभित्रको भाइचारा, बन्धुत्व, शान्ति, सेवा, सहयोग जस्ता उच्च नैतिकता र मानवीयताका कुराहरू केवल किताबको पाना वा नेताहरूको भाषणभित्र मात्र समेटिंदै गएका छन् । मानिसहरू भन्नलाई अभैm पनि समाजशास्त्रीहरूको विश्लेषणमा सामाजिक प्राणी नै हुन् तर वास्तवमा यिनीहरूबाट सामाजिकताको पतन भइसकेको छ । यतिबेला मानिसहरू व्यावहारिक कम तथा व्यावसायिक बढी भइसकेका छन् । प्रत्येक कुरामा आप्mनो नाफा वा नोक्सान हेरेर मात्र पाइला चालिरहेका छन् । छोराछोरी जन्माउँदासमेत भ्रुणको परीक्षण गरी पत्ता लगाउँछन्, छोरा हो कि छोरी । छोरी रहेछ भने उसको हत्या गर्छन् र छोरा भए खुशीसाथ बच्चा पाल्छन्, पेटभित्र आमाले । मानिसहरू यतिधेरै मतलबी र व्यावसायिक होलान्
भनी सुन्दा हेर्दा मानिसको यो व्यावसायिक प्रवृत्ति अघिल्लो एक/दुई सय वर्षमा कहाँ पुग्ने हो भन्न निकै कठिन छ ।
एउटा बच्चा जन्मिसकेपछि उसको पढाइलेखाइको लागि समेत महँगो र संस्थागत अङ्ग्रेजी माध्यमको विद्यालय प्रायः अभिभावकहरूको रोजाइमा पर्ने गर्छ । सस्तो सामुदायिक विद्यालयको शिक्षा यतिबेला अभिभावकहरूको लागि बाध्यताको विषय मात्र भएको छ । कुनै उपाय र सीप नलागेपछि मात्रै सामुदायिक विद्यालयमा छोराछोरी पढाउन अभिभावक बाध्य हुन्छन् । महँगो विद्यालय रोज्नुको पछाडि पनि छोराछोरी भोलि धेरै पैसा कमाउन सक्ने चिकित्सक, इन्जिनियरलगायतका योग्यता प्राप्त गर्न सजिलो होस् भन्ने मनसाय नै रहेको देखिन्छ । पढाइलेखाइ सकिएपछि बिहेवारीको समयमा पनि बढी दाइजो दिन सक्ने वा बढी धनसम्पत्ति भएको घरमात्र छोरीज्वाइँको रोजाइको प्राथमिकतामा पर्ने गरेको देखिन्छ । पढाइलेखाइ सिद्धिएपछि जागीरको लागि पनि बढी उपरी कमाइ हुने विभाग वा मन्त्रालय, कार्यालयमैं प्रतिस्पर्धीहरूको दृष्टि परेको देखिन्छ । नियुक्ति पाइसकेपछि पनि बढी कमाइ हुने जिल्ला वा शहरबजार नै रोजाइको प्राथमिकतामा पर्ने गर्छ । तीसदेखि चालीस वर्षको आप्mनो सम्पूर्ण जागीर अवधिमा बढीभन्दा बढी उपरी कमाइ गर्ने प्रतिस्पर्धामैं समय बित्ने गर्दछ । आपूmले पाएको जिम्मेवारी दोस्रो, तेस्रो नम्बरमा राखिन्छ भने पहिलो प्राथमिकतामा उपरी कमाइ गर्ने तरिका, उपाय र अवस्था सिर्जना गर्ने कार्यलाई नै प्राथमिकता दिएर समय बिताउने गरिन्छ ।
यस प्रकार उनान्सय प्रतिशत पेशा/व्यवसायमा लागेका व्यक्तिहरूको दिनचर्या बित्ने गर्दछ । अनि फुर्सतको बेलामा निकै रोचक र भावुक भएर कहिले आक्रोशितसमेत भएर देशले विकास नगरेको मनसाय पनि राख्ने गरिन्छ । मानौं विकास नहुनुमा उसको कुनै जिम्मेवारी र जवाफदेहिता नै छैन ।
हाम्रो समाजमा जोगीदेखि भोगीसम्ममा सबैको अर्जुनदृष्टि कमाइ गर्नमैं देखिन्छ । मन्दिरभित्र दिनभरिमा कति भेटी चढ्यो, साँझ त्यसको हिसाब गरिन्छ र आम्दानीको हिसाबले दिन तथा भक्तजनलाई शुभ वा अशुभ, पापी वा धर्मात्माको छापसमेत लगाउने गरिन्छ । यता छोराछोरी भ्रष्ट छन् र निकै पैसा कमाइरहेका छन् । प्रत्येक वर्ष जग्गा र अरू सम्पत्ति जोडिरहेको छ भने फलानोको छोरा कति राम्रो भनेर समाजमा चर्चा, परिचर्चासमेत चल्ने गर्दछ । कतैबाट पनि समाजमा भ्रष्टाचार गरेर धन कमाउनु नराम्रो हो, यस्तो गर्नुहुँदैन, बरु गरिबी रहोस्, रुखोसुखो खाउँ तर इमानदार बनौं भन्ने अभिभावकहरूले घरमा केटाकेटीहरूलाई प्रशिक्षण दिनै छाडेका छन् । समाजमा जो धेरै भ्रष्ट छ, त्योसँग त्यति नै धेरै सम्पत्ति छ र समाजले त्यसलाई त्यति नै धेरै मानसम्मान पनि गर्ने गरेकोले जसरी पनि धनसम्पत्ति कमाउने कार्यमा सबै पेशा, समुदाय, वर्ग, लिङ्ग, क्षेत्र लागिपरेका छन् ।
भ्रष्टाचार गरी धन कमाउने कार्यमा क्रमशः राजनीतिकर्मी, सरकारी कर्मचारी, व्यापारी, पत्रकार, बुद्धिजीवी, चिकित्सक, इन्जिनियर, वकिल लगायतका सबैले आआप्mनो बुद्धिको प्रयोग गरेका छन् । प्रधानाध्यापक, क्याम्पस प्रमुखलगायतका शिक्षा सेवामा लागेकाहरूसमेत भ्रष्टीकरणमा तीव्रगतिका साथ समाहित भएर एकजुट भई अगाडि बढेका छन् ।
देशको वास्तविक अवस्था यही हो र यिनै व्यक्तिहरूले एकअर्कामाथि भ्रष्टाचार गरेको, विकास ठप्प गरेको, धोका दिएको, भूmट बोलेको, विश्वास गुमाएको जस्ता आरोप–प्रत्यारोप लगाउँदै आएका छन् । हालसम्म कुनै पनि दलले विकास निर्माणलाई विषयवस्तु बनाएर राजनीतिक आन्दोलन गरी सडक तताएको देखिंदैन । भ्रष्टाचारविरुद्ध पौने तीन करोड नेपाली जनतामा एकमात्र डा. गोविन्द केसी पटकपटक आमरण अनशन बसेको देखिन्छ । तर निजलाई पनि बदनाम गराउने र धोका दिने काम मात्र हालसम्म सरोकारवालाहरूले गर्दै आएका छन् । अप्ठेरोमा परेको वा जनदबाब सृजना भएपछि सम्झौता गर्ने तर ती सम्झौता अवस्था साम्य भएपछि कहिले लागू नगर्ने प्रवृत्ति सत्ताको पुरानो चरित्र नै हो । यसले गर्दा समस्या झन्झन् बल्भिंmदै जान्छ ।
शासकहरू अदूरदर्शी भएकाले तत्कालीन नाफा मात्र हेर्छन्, दीर्घकालीन नोक्सान हेर्दैनन् । यही नै सबै शासनको पतनको मूल कारक तŒव हो ।
हिजोसम्म नेपालको विकास राजतन्त्रले रोकेको भन्नेहरू आज राजतन्त्र समाप्त भएको एक दशकभन्दा बढी भइसक्दा पनि विकास निर्माण कछुवाको गतिभन्दा माथि जान सकेको छैन ।
किन ? अब कसले रोकेको छ ? हो, यतिबेला सबैलाई राष्ट्रविकासको आवरणमा आप्mनो समृद्धि चाहिएको छ । फलस्वरूप दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार गर्ने तेस्रो नम्बरको देशको रूपमा नेपाल स्थापित भएको छ । यसर्थ हाम्रा नैतिकवान् नेता, बुद्धिजीवी, कर्मचारी र सरकारलाई मुरीमुरी बधाई छ ।