$type=ticker$count=12$cols=4$cate=0

एक मात्र हो सत्य

SHARE:

    सत्य एक हुन्छ, अनेक हुँदैन । सत्य अनेक हुन सक्दैन । अनेकमा एक नै सत्यको अभिव्यक्ति हुन्छ । जसरी चन्द्रमा एक हुन्छ, तर नदीको हरेक जलकणमा त्यो अलगअलग देखिने प्रतीत हुन्छ । यदि यस प्रतीतिलाई कसैले सत्य मान्यो भने उसको अज्ञानता नै हो । सत्य त एक हो, तर त्यससम्म पुग्ने ढोका अनेक अवश्य हुन सक्छन् । अलगअलग ढोकाबाट त्यहाँसम्म पुग्न सकिन्छ । जुन द्वारको आकर्षणमा अल्झिएर जो त्यसको मोहमा पर्छ, त्यो द्वारमैं अडिन्छ । यस्तोमा सत्यको समीपता उसको लागि कहिल्यै सुलभ हुन सक्दैन, वरन् दुर्लभ नै बनिरहन्छ ।
    जुन आँखाबाट देखिन्छ, त्यो इन्द्रियजन्य सत्य हो । आँखाबाट जे देखिन्छ, हामीलाई त्यत्तिकै सत्य लाग्छ, तर जुन देखिंदैन, त्यो छैन, यस्तो हुँदैन । सत्य त यसभन्दा टाढा छ । जसरी–जसरी इन्द्रियको सीमालाई हामी नाघ्दै जान्छौं, त्यसरी–त्यसरी सत्य प्रकट हुन थाल्छ । मनको धरातलमा यो स्पष्ट देखिन्छ र मनको सीमालाई पार ग¥यौं भने सत्य झनै स्पष्ट देखिन थाल्छ । यो त यस्तो हो, जसरी दर्पणको माथि जमेको धूलो सफा गर्दै जाँदा प्रतिविम्ब पनि त्यत्तिकै सफा देखिन्छ । अतः हामीलाई जुन सत्य देखिन्छ, त्यो सापेक्ष रूप हो।
    संसारमा जुन सत्यको हामी अनुभव गर्छौं, त्यो सापेक्ष सत्य हो । सत्य त छस किनभने त्यो हाम्रो सामुन्ने छ, तर त्यसको तुलनामा कुनै दोस्रो आयो भने पहिलो सत्य कमजोर पर्छ । यस प्रकार एक सत्यको सामुन्ने अर्को सत्य आइपुग्छ र यो संसार चलिरहन्छ । सापेक्ष सत्य, दिक्कालको अन्तर्गत हुन्छ, तर निरपेक्ष सत्य देशगत वा कालगत सत्ता होइन । न त यो कुनै स्थानविशेषमा भएपछि त्यस स्थानबाट प्रभावित हुन्छ र न त त्यसमाथि समयको कुनै प्रभाव पर्छ । निरपेक्ष सत्य, स्थान र समय (टाइम र स्पेस)भन्दा टाढा र पारि हुन्छ । यसलाई कुनै वस्तुले प्रभावित गर्न सक्दैन र न यो कसैबाट प्रभावित हुन्छ । त्यो जस्तो छ, त्यस्तै हुन्छ । यसमा कतै कुनै परिवर्तन हुँदैन । निरपेक्ष्F सत्य केवल परमात्मा नै हुन सक्छ । वेद, उपनिषद्मा यस परमात्मालाई नै निरपेक्ष सत्य मानेर यसलाई अपरिवर्तनीय, अखण्ड, अविभाजित, अमत्र्य आदि अनेक विशेषणबाट युक्त मानिएको छ ।
    निरपेक्ष सत्य कुनै पनि कालबन्धनबाट सर्वथा मुक्त छ । यसमाथि त्रिकालको पनि कुनै प्रभाव पर्दैन । सत्य कालातीत हो । काललाई सम्झिनको लागि तीन खण्डमा बाँडिएको छ । भूत अर्थात् त्यो समय, जुन बितिसक्यो, आउँदैन, वर्तमान जुन अहिले छ, बनेको छ तथा भविष्य जुन आउनेवाला छ । त्यसो त काल, खण्डित हुँदैन, यो एक सतत प्रवाह हो, तर यसलाई मानवीय बोधको लागि तीन भागमा बाँडिएको छ । स्मृति–भूत हो, चित्तमा अतीतको घटना सञ्चित हुन्छ र त्यसलाई स्मृति भनिन्छ, तर यो स्मृति वर्तमानमा आएर जीवन्त हुन्छ । हाम्रो सम्पूर्ण स्मृति, ज्ञानविज्ञान र विवेकको सत्ता भूतकालको अनुभूति हो । तर यो भूतकालको घटना हो । तर सबै कालमा यसको उपादेयता एवं उपयोगिता  बनिरहन्छ । यसै कारण यसलाई कालातीत भनिन्छ, तर जब हामी ती अनुभूतिलाई अनुभव गर्छौं, तब त्यो वर्तमानको समझ बन्दछ । हाम्रो समस्त समझको विकास भूतकालमा भएको हो ।
    वर्तमानको प्रत्येक गतिविधिमा अतीतको सक्रियता नजर आउँछ । वर्तमानको प्रत्येक क्षण, अतीतको अनुभवबाट आएको हो । अतीत त्यो सुदृढ आधार हो, जहाँ वर्तमान टिक्छ, उभिन्छ । हामी जे पनि छौं, आप्mनो अतीतको परिणाम हौं र वर्तमानमा जे गरिरहेका छौं, यसमा भविष्यको निहितार्थ लुकेको छ । यो पनि एक विचारणीय विषय हो कि जबदेखि सृष्टिको निर्माण भयो, तबदेखि आजसम्म सबै भूतको गर्भमैं समाहित छ ।
    वर्तमानको क्षण पनि निकै महŒवपूर्ण हुन्छ । अतीतको महŒव निस्सन्देह छ, तर त्यो त गइसकेको छ, हामीकहाँ छैन र हामी कति नै अनुनय–विनय गरे पनि त्यो फर्किएर आउँदैन । हो १ यसको अनुभवबाट सिकेर वर्तमानलाई श्रेष्ठतम् ढङ्गबाट सदुपयोग गर्न सकिन्छ । वर्तमान नै भविष्यको आधार हो । वर्तमानमा गरिएका प्रत्येक कर्म, भविष्यको गर्भमा परिपाक हुनेछ । यो सत्य त हो, तर निरपेक्ष सत्य होइन । हामी जुन पनि कर्म गर्छौं, कालखण्डमा त्यसबाट हाम्रो आत्मा अप्रभावित रहन्छस किनभने आत्मा कालातीत हो ।
    सत्यको चाह कसरी पैदा हुन्छ, सत्य कसरी जीवनमा उतार्ने र कसरी यसलाई पाउने– यस सन्दर्भमा उपनिषद्कार भन्छन्– यदि सत्यको चाह छ भने चित्तलाई कुनै पनि आग्रहले बाँध्नुहुँदैन । जहाँ आग्रह छ, त्यहाँ सीमा छ र जहाँ सीमा छ, त्यहाँ सत्य समाउन सक्दैनस किनकि सत्य त स्थानभन्दा पनि पर छ र समयभन्दा पनि पर छ । जहाँ आग्रह छ, त्यहाँ सत्य आउन सक्दैन । आग्रह र सत्यमा गहिरो विरोध छ । मुक्त जिज्ञासा सत्यको खोजको लागि पहिलो सिंढी हो । यस सिंढीबाट नै सत्यको खोजमा पहिलो कदम राख्न सकिन्छ । जुन व्यक्ति सत्यको अनुभूतिभन्दा पहिले नै आप्mनो चित्तलाई कुनै सिद्धान्त, मतवाद एवं आग्रहबाट बोझिल गर्छ, उसको जिज्ञासा कुण्ठित एवं अवरुद्ध हुन पुग्छ ।
    जिज्ञासा–खोजको गति र प्राण हो । यसैको माध्यमबाट विवेक जागृत हुन्छ । यसैको माध्यमबाट उचित र अनुचितबीच भेद गर्न सकिन्छ । उचित र अनुचित भेदबिना, सही–गलतको निर्णयबिना विवेक जागृत हुन सक्दैन । जिज्ञासा आस्थाबाट होइन, आश्चर्यबाट पैदा हुन्छ । जब कहीं सामान्यभन्दा पर कुनै यस्तो घटना देखिन्छ, जसबाट हामी आश्चर्यचकित नभईकन बस्न सक्दैनौं, तब जिज्ञासा प्रकट हुन्छ । आश्चर्य–स्वच्छ चित्तको लक्षण हो । उसको सम्यक अनुगमनबाट सत्यको माथि परेको पर्दा क्रमशः झर्दै जान्छ र एक क्षण सत्य झल्किन्छ, त्यसको दर्शन हुन्छ ।
    यहाँ यो बताउन आवश्यक छ कि आस्तिक र नास्तिक, दुवै आस्थावान् हुन्छन् । आस्तिकको आस्था त बुभ्mन सकिन्छ, तर नास्तिक कसरी आस्थावान् कहलाउँछ ? यथार्थमा आस्तिकको आस्था विधेयात्मक हुन्छ र नास्तिकको आस्था निषेधात्मक वा नकारात्मक हुन्छ । नास्तिकले पनि आस्था गर्छ, जुन केही निषेध छन्, त्यसमा उसको गहिरो आस्था हुन्छस जबकि सत्यको खोजी यी दुवैबाट मुक्त खोजको लागि स्वतन्त्र छ । यहाँ कुनै पनि आग्रहको लागि कुनै स्थान छैन र जहाँ यस्तो हुनेछ, त्यहाँ सत्यानुसन्धान प्रारम्भ हुन्छ ।
    सत्यको खोजको लागि पूर्वाग्रह, मत, सिद्धान्त आदिबाट मुक्त हुनुपर्छ । जो पहिलेदेखि नै कुनै मतबाट बाँधिएको छ, सिद्धान्तबाट बाँधिएको छ, पूर्वाग्रहबाट ग्रसित छ– त्यसले कसरी सत्यको खोज गर्न सक्छ ? सत्यलाई बाँध्न सकिंदैन र न त बाँधिएको कुनै मार्गबाट प्राप्त गर्न सकिन्छ । जुन असीम छ, सीमित छैन, त्यसलाई कसरी कुन सीमाको माध्यमबाट पाउन सकिन्छ, उपलब्ध गराउन सकिन्छ । मत अथवा आग्रहको खुँटोले विश्वास वा अविश्वासको साङ्लो जसले खोलिदिन्छ, त्यसको डुङ्गा, सत्यको महासागरको यात्रा गर्नमा समर्थ हुन पुग्छ ।
    सत्यलाई पाउनको लागि जेसुकै पनि छ र जसबाट हामी बाँधिएका छौं, त्यसलाई खोल्नुपर्छ । सत्य अनन्तको विस्तार हो, अनन्त अन्तरिक्षमा व्याप्त छ । जसले स्वयम्लाई खोलेर मुक्त–उन्मुक्त भएर यस अनन्त अन्तरिक्षमा उडान भर्ने साहस गर्छ, त्यसैले सत्यको अनुभव गर्न सक्छ । जसले यो बुभ्mछ कि आप्mनो सार रूपमा हर कहीं एक नै सत्य विद्यमान छ, जसले यस सत्यतालाई बुझेको छ– उसले बाटोको अवरोधलाई पनि सिंढी बनाउँछ र जसले जानेको छैन, उसको लागि सिंढी पनि अवरोध बन्न पुग्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : एक मात्र हो सत्य
एक मात्र हो सत्य
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/03/blog-post_206.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/03/blog-post_206.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy