$type=ticker$count=12$cols=4$cate=0

अल्पविराम

SHARE:

– समीर पाख्रिन
गताङ्कको बाँकी...
    दृश्य – अन्तरीले चाल मारेर झ्यालबाट कोठाभित्र चियाउँदा कोठामा रने, जुठे मगर र भुँडे सार्र्की रक्सी पिउँदै गफिन्दै गरेको देख्छे ।
    जुठे मगर – हेर रने तँ आपूmलाई एक्लो नठान् ।
    भुँडे सार्की – हामी तेरो साथमा छौं । त....त.....तर अन्तरी घर फर्केर आ...आएमा के गर्छेस् ?
    रने – ला......लात्तै लातले हानेर घरबाहिर निकाल्छुु ।
    जुठे मगर – स्यावास् १  ब...बल्ल मर्दले जस्तो कुरा गरिस् ।
    रने – म...लाई थ...थाहा छ । त...तैंले सिकाउनुपर्दैन । पोइल गएकी आइमाईलाई के गर्नुपर्छ ? मलाई थाहा छ । एउटा अन्डा फुट्यो फुट्यो । ए हे १ रक्सी पनि सकिएछ ।
    जुठे मगर – मसँग अर्काे बोतल छ । (सुरुवालको खल्तीबाट बोतल झिक्दै)
    भुँडे सार्की – ल ल हाल् । भोलि म...मेरो पालो ।
    जुठे मगर – यति स्वाट्टै पारेर घरतिर लाग्नुपर्छ है ।
    रने – यतै सुते भैहाल्छ नि ।
    भँुडे सार्की – घर गएर भात पनि त खान प¥यो नि रने । तेरो पो स्वास्नी हिंडिहाली, हाम्रो त कुरेर बसेकी हुन्छे ।
    जुठे मगर – ऐ भुँडे उठ् उठ् । हिंड् । अलिकता बढी खायो भने जे पनि बोल्छ । अँ, रने हामी गयौं है । (गीत गाउँदै रनेको घरबाट प्रस्थान गर्छन्)
    दृश्य – अन्तरी माइली दिदीको घरको आँगनमा पुगेकी छन् । अन्तरीले आँगनमा पुगेर दीपकलाई बोलाउँछे ।)
    अन्तरी – नीरज, नीरजबाबू १
    माइली दिदी – को हँ ? ए अन्तरी बहिनी तिमी ? नीरजको बुबा १ नीरजको बुबा १
    श्याम – किन कराउँछे यो ? के भयो ?   
    माइली दिदी – मैले भनेको होइन ? अन्तरी घर फर्केर आउँछे भनेर ।
    श्याम – ए अन्तरी आएकी हो ? घर फर्केर आएछौ राम्र्रै ग¥यौ ? आऊ भित्र ।
    अन्तरी – (एकाएक माइलीलाई अङ्कमाल गर्दै) दिदी मैले बिराएँ । मबाट ठूलो गल्ती भयो ।
    माइली दिदी – बिहान हिंडेकी मान्छे बेलुकी घर फर्केकी छौ । खोई के बिग्रियो र । डराउनुपर्दैन ।    
    अन्तरी – रनेले के भन्ने होला । मलाई कहाँबाट यस्तो कुबुद्घि आयो दिदी...।
    माइली दिदी – आऊ बस् । भोक लाग्यो होला अलिकति तातो खाऊ ।                अन्तरी – नाइँ, मलाई भोक छैन, दिदी ।
    माइली दिदी – अप्पुई १ त्यसो भनेर कहाँ पाइन्छ ? अलिकति तातो खाऊ ।
(खाना पस्केर दिंदै ) अनि कुरा गरौंला ।
    श्याम – तिमीहरू भान्सा गर्दै गर । म त्यो रने के गर्दैछ हेरेर आउँछु ।
    अन्तरी – भिनाजु पर्दैन । मैले हेरिसकें । माथि मन्दिर गाउँको जुठे मगर, रने र भुँडे सार्की कोठामा रक्सी खाएर चाहिंदो नचाहिंदो कुरा काटेर बसिरहेका छन् ।   
    श्याम – भनेपछि तिमी घर पुगेर आएकी ?
    अन्तरी – हो दाइ । झ्याल खुल्लै थियो । झ्यालबाट चियाएँ । 
    माइली दिदी – त्यसो हो भने अन्तरीलाई अहिले घर पठाउन ठीक होला त नीरजको बुबा ?   
    श्याम – त्यसरी रक्सी खाएर बसेको ठाउँमा कसरी पठाउने ?
    माइली दिदी – त्यही त । अन्तरी आज यतै बस्छिन् । बरु भोलि बिहान सबेरै उठेर गए हुन्छ ।
    श्याम – त्यसो भए तिमीहरू दिदीबहिनी माथि चोटामा सुत । म बाबुसँग सुतें ।
    दृश्य – बिहानी पख । अन्तरीले हातमुख धोई चिया बनाएर श्याम र गङ्गालाई टक्राउँछे र आपूm पनि पिउँछे र एउटा गिलासमा चिया लिएर ऊ घरतिर प्रस्थान गर्छे । घर पुग्दा रने झोक्राएर बसेको र कोठामा यत्रतत्र रक्सीको रित्तो सिसीहरू लडेको, गिलासहरू छरपस्ट देख्छे । उसले रनेलाई चियाको गिलास के टक्राएकी मात्र हुन्छे, रनेले चियासहितको गिलास मिल्काइदिंदै अन्तरीमाथि अचानक जाइलाग्छ । रनेले अन्तरीलाई चुल्ठोमा समातेर घोक्राउँदै घरबाहिर आँगनमा निकाल्छ ।
    रने – तँ यहाँबाट तुरुन्त गइहाल् । मेरोलागि तँ मरिसकिस् । तँ यहाँबाट गइहाल् ।
    अन्तरी – (रनेको गोडा समातेर रुँदै) गल्ती भयो । एकचोटि माफ गरिदिनोस् । अबदेखि म घर छाडेर कतै जाँदिनँ ।
    रने – चुप । तँ पोइल गएकी आइमाईलाई म किन माफ गर्ने ?
    अन्तरी – म कहाँ जाऊ ? मेरो हजुरबाहेक अरू को छ र यो संसारमा ? म हजुरको जीवनभर सेवा गरेर बस्नेछु । एकचोटि माफ गरिदिनोस् ।
    रने – मलाई कसैले सेवा गर्न पर्दैन । तेरोलागि यो घरमा ठाउँ छैन । जतासुकै जतासुकै मर जा । (हुत्याइदिएर आपूm कोठा थुनेर बस्छ । टाढा उभिएर हेरिरहेकी माइली दिदी अन्तरीनजिक आउँछे र अन्तरीलाई आपूmसित लिएर जान्छे ।)
    माइली दिदी – अन्तरी उठ । हिंड मसित । अहिले रने तातो रिसमा छ ।
    अन्तरी – दिदी, रनेले मलाई पहिलो गल्तीमा पनि माफ गरेन । मैले रनेका त्रुटि, गल्तीहरू देखें पनि नदेखेंभैंm गर्थें । आनीबानी यस्तै हो भनेर चुप लागेर, सहेर बस्दथे । तर आज रनेले मलाई मेरो पहिलो गल्तीमा पनि माफ गरेन । कति निष्ठुरी रहेछ रने है दिदी ?
(बलिन्द्र आँसु चुहाउँदै) दुवै घरको आँगनमा पुगिसकेका छन् । श्यामलाई अन्तरीको दुर्दशा देखेर रनेप्रति विघ्नै रिस उठेको छ ।)
    श्याम – म अन्तरीको उद्वारको लागि सचिवज्यूसित भेटेर सरसल्लाह गरेर आउँछु ।
    माइली दिदी – अँ अँ यो रनेले त अन्तरीलाई घरै पस्न नदेला जस्तो छ । केही उपाय त गर्नैपर्छ ।
    श्याम – (हिंड्ने सुरसार गर्दै) ढिलो भएँ भने पल्लो घरे थेबालाई बोलाएर भैंसी दुहन लगा है । म गएँ । (प्रस्थान)
    दृश्य – ताराको घर । ताराकी सानिमा तारालाई नानाथरीका गाली गर्दैछे । ताराको बुबा गोठमा भैंसीलाई कँुडो पकाउँदैछ । तारा रातिको जूठो भाँडा मस्काउँदैछे ।)
    सानिमा – लाज पचेकी । कतातिर रात बिताएर आएकी कुन्नि ? गाउँघर, छरछिमेकले के भन्ला भन्ने अलिकता डर नभएकी नकचरी ।
    ताराको बुबा – भो, भो नकरा । जे हुनु भैहाल्यो । हल्ला गरेर छिमेकी हसाउने काम नगर् ।
    सानिमा – ए, छोरीको कर्तुत सबैले थाहा पाउँछ भन्ने त्यत्रो डर तिमीलाई ?
    ताराको बुबा – भनौं भने तेरै दिनरातको किच्किच्ले पनि यो हिंडेकी हो । नत्र मेरी छोरी घर छाडेर हिंडी हाल्ने केटी होइन ।
    सानिमा – ए मैले गर्दा ? लाज लाग्दैन छोरीको कमजोरी ढाकछोप गर्न ?
    ताराको बुबा – मैले निकै दिनदेखि विचार मात्र गर्दैछु । तैले यसलाई सौताकी छोरी भनेर कति छिः छिः दूरदूर गर्छेस् भनेर । यसको पनि बुबाको सम्पत्तिमाथि पूरा हक छ बुझिस् एई डङ्किनी ?
    तारा – बुबा भो, तपाईंको ब्लडप्रेसर बढ्छ । चुप लाग्नोस् । अब म सानिमा र बुबाको आदेशबिना घर छाडेर कतै जाँदिनँ । मलाई माफ गरिदिनोस् ।
    सानिमा – हेर्न नकचरीको नाटक ।
    ताराको बुबा – जा तारा भात पस्की, मलाई भात खाएर पल्लो गाउँ भैंसी हेर्न जानुछ । (तारा भान्साकोठामा प्रवेश गरे लगत्तै)
    सानिमा – अब मेरो जरुरी छैन होइन त यो घरमा ? त्यसो भए म पनि माइत जान्छु आजै ।
    ताराको बुबा – गए भैहाल्यो नि त, तँलाई कसले रोकेको छ ? तर फर्केर आइस् भने चाहिं खुट्टासुट्टा भाँचिदिन्छु नि याद गर् । (भात खान भान्सामा प्रवेश गर्छ । सानिमा पनि रिसले भुनभुनिंदै आप्mनो कोठातिर जान्छिन्)
    दृश्य – ताराको बुबा भात खान बसेको छ । ताराले बुबाचाहिंलाई भात पस्किने नपस्किने दोधारमा छे । ताराको बुबाले तारातिर हेर्दै भात पस्की भनेपछि भात पस्कन्छे ।)
    तारा – बुबा सानिमालाई पनि सँगै पस्कौं कि ?
    ताराको बुबा – खोई मलाई थाहा छैन । मलाईचाहिं पस्की हाल् । मलाई हतार छ । (ताराले बुबाचाहिंलाई खाना पस्केर दिएपछि सानिमालाई बोलाउन अर्काे कोठातिर जान्छे ।) 
    दृश्य – ताराकी सानिमा झोक्राएर बसेकी छन् । ताराले सानिमाको गोडा समातेर माफी माग्दै खाना खान आग्रह गर्छे ।
    तारा – सानिमा, मलाई माफ गरिदिनोस् । मेरै कारणले हिजोआज हजुरको बुबासित मनमुटाव भैरहन्छ । मैले पनि हजुरसित कहिल्यै छोरीको व्यवहार गरिनँ । मैले हजुरलाई आप्mनी आमा ठानेकी भएँ यो घरमा अशान्ति हुने थिएन । सबै गल्ती मेरै छ । मलाई एकचोटि छोरी ठानेर माफ गरिदिनोस् । क्रमशः
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अल्पविराम
अल्पविराम
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMqdU_IFuCD5mWKQvGV_aZFGiYQgZRFI4i6XPjrcUsyXWZtvzl7mjwiuUbSsulskdI8ZmV9KISPFqe8LdOXWPCr45LAtbtFQgVw1i3n9S_VqA-PNVBJbwaQxOXMAyq8oynMMuneCQE-YIb/s200/samir+pakhrin.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMqdU_IFuCD5mWKQvGV_aZFGiYQgZRFI4i6XPjrcUsyXWZtvzl7mjwiuUbSsulskdI8ZmV9KISPFqe8LdOXWPCr45LAtbtFQgVw1i3n9S_VqA-PNVBJbwaQxOXMAyq8oynMMuneCQE-YIb/s72-c/samir+pakhrin.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/03/blog-post_133.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/03/blog-post_133.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy