प्रस, परवानीपुर, १६ फागुन/
प्रदेश नं. २ को मन्त्रिपरिषद् विस्तार भएको छ । दोस्रोपटक विस्तार भएको मन्त्रिपरिषद्मा फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री एवं राजपाबाट दुई मन्त्री गरी पहिलेको तीन सदस्यीय मन्त्रिमण्डलमा सातजना थपेर १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।
फोरमबाट ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानून (गृह), शैलेन्द्रप्रसाद साह भूमिसुधार, कृषि तथा सहकारी, राजपाबाट नवलकिशोर साह सामाजिक विकास र रामनरेश रायले उद्योग, वन तथा पर्यटनमन्त्रीको शपथ लिएका छन् ।
त्यसैगरी राज्यमन्त्रीहरूमा सरोज सिंह गृहराज्य, उषाकुमारी यादव अर्थ, योगेन्द्र राय यादवले भूमिसुधार, कृषि तथा सहकारी राज्यमन्त्रीको शपथ लिए ।
राजपाबाट राज्यमन्त्रीमा नाम पठाइएको छैन । मुख्यमन्त्री लालबाबू राउत गद्दीको उपस्थितिमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले एक समारोहबीच जनकपुरमा नवआगन्तुक मन्त्री तथा राज्यमन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । सो अवसरमा अर्थमन्त्री विजय यादव र भौतिक विकास तथा योजनामन्त्री जीतेन्द्र सोनललगायतको उपस्थिति थियो ।
मन्त्री सोनलले बिरामीलाई फलपूmल बाँडे
प्रदेश नं. २ का भौतिक विकास तथा योजनामन्त्री जीतेन्द्र सोनलले जनकपुर अञ्चल अस्पतालका बिरामीहरूलाई फलपूmल वितरण गरेका छन् । छैठौं विश्व स्वास्थ्य दिवसको अवसर पारी अस्पतालका बिरामीहरूलाई फलपूmल वितरण गरी सहयोग गरेको जानकारी गराए ।
सोही अवसरमा जनकपुर उपमनपामा प्रभातफेरस् गरी नगरवासीलाई स्वस्थ रहन जनचेतना जगाइएको थियो ।