याद राख– जो मनुष्य अरूको कुभलोमा आप्mनो भलो गर्न चाहन्छ, त्यो निकै ठूलो भूलमा छ । आप्mनो सच्चा भलाई, आप्mनो यथार्थ हित त्यसैमा छ, जसमा अरूको भलाइ–अरूको हित भरेको छ । यसै कारण प्रत्येक कर्म गर्नुभन्दा पहिले यो हेर कि यस कर्मको परिणाममा कसैको कुभलो हुँदैन–साथै यो पनि हेर, यस कर्मबाट अरूको भलाइ छ कि छैन । यदि भलाइ छैन भने यो बुझ कि यसमा मेरो पनि भलाइ छैन, त्यस कर्मबाट हात हटाऊ ।
याद राख– सारा चराचर जगत् भगवान्को नै स्वरूप हो अथवा त्यसमा एक मात्र भगवान् नै व्याप्त छ । र, यो सम्झ सदैव अरूको सेवा यथायोग्य आप्mनो शक्तिले गर । सेवा त्यही हो, जुन सेव्यको लागि सुखदायक र हितकर हुन्छ ।
विचार गर– जब सबै कुरा भगवान्को हो या सबैमा भगवान् छ, तब पराया को छ ? सबै आत्मा पनि प्रभुको स्वरूप हो–सबै त आप्mनै सेव्य हो, त्यसो भए किन वैर–विरोध, हिंसा–द्वेष या छलकपट गर्ने । कसैको कुनै अनिष्ट गर्ने कल्पना किन गर्ने ?
याद राख– सबैमा भगवान् हेर्ने पुरुषको हृदयमा रहने काम–क्रोध, लोभ–मोह, मद–मत्सर, वैर–हिंसा, अहङ्कार–अभिमान आदि शत्रु आपैंm मर्छ । त्यसको हृदय स्वयमेव नै सच्चा सुहृदको काम गर्ने पवित्र त्याग–क्षमा, सन्तोष–विवेक, विनय–मुदिता, प्रेम–क्षमा र विनम्रता–दीनता आदि विशुद्ध दैवी भावले भरिन्छ।
याद राख– दैवी भावले भरिएको हृदयमा नै भगवान् प्रकट हुन्छन्, त्यहीं उनको मधुर–मनोहर देवदुर्लभ झाँकी हुन्छ । जबसम्म हृदयमा दुर्गुण र दुर्विचार भरिएको छ, तबसम्म त्यहाँ भगवान् प्रकट हुनु सम्भव छैन ।
विचार गर– तिमी मानव–योनीमा आएका हौं, मायाको बन्धनबाट छुटेर भगवान्लाई प्राप्त गर्नको लागि, देवत्वमा ओतप्रोत भएर परमदेव पुरुषोत्तमको पावन प्रेम र नित्य अपरोक्ष सान्निध्य प्राप्त गर्नको लागि । यसको सट्टा यदि तिमी काम–क्रोधादि शत्रुको–लुटेराको वशमा भएर मानवजीवनको महान् उद्देश्यलाई बिर्सिएका छौं–विषय–सेवनमा लाग्यौ र आसक्तिवश नयाँनयाँ पाप कमाउनमा लागेका छौं भने देवत्व त टाढाको कुरा, भेटिएको मानवत्व पनि खोसिन्छ र त्यसपछि तिमी पटकपटक आसुरी योनीमा मात्र होइन, त्यसभन्दा पनि अधम गतिमा जानुपर्छ । के मानवजीवनको यो जघन्य फल तिमीलाई स्वीकार छ ? यदि छैन भने चेत, सावधान होऊ र आप्mनो उद्देश्यको पूर्तिमा प्राणपणले लाग ।
याद राख– समय थोरै छ, प्रलोभन धेरै छन् र संसारमा फसाइराख्ने तथा जीवनको उद्देश्यलाई बिर्साउने प्रतिकूल परिस्थितिको समाप्तिपछि उद्देश्य साधनमा लाग्छु– यस दुराशालाई छोड । जहाँ छौ, जस्तो परिस्थितिमा छौ, त्यसैमा केही पनि, कसैको वास्ता नगरी आप्mनो उद्देश्यपूर्तिमा लाग । परिस्थिति आपैंm बदलिनेछ । तिमी यो निश्चय गर कि तिम्रो सबैभन्दा पहिलो र प्रधान कर्तव्य एक मात्र यही हो ।
विश्वास गर– तिम्रो निश्चय यदि एक र दृढ हुनेछ, तिम्रो लालसा यदि अनन्य हुनेछ र तिम्रFे विश्वास यदि पूर्ण हुनेछ भने जीवनको बचेको अल्पभन्दा अल्प समयमा पनि तिमी सफल हुनेछौं । वर्षौंदेखि बन्द अँध्यारो घरमा सूर्यको प्रकाश आउने बित्तिकै अन्धकार भाग्छ । त्यसले यो भन्दैन कि म यति समय रहे र केही समय अरू रहनेछु । बस प्रकाश आयो र अन्धकार म¥यो, यत्तिकै समय चाहिन्छ । यसै प्रकार निश्चय, लालसा र विश्वासको अनन्यता तथा दृढता भएपछि तत्काल भगवान्को प्रकाश प्रकट हुन्छ र अनादिकालको अज्ञानान्धकार त्यसै क्षण नष्ट हुन्छ । लाग– विश्वासका साथ ।