सञ्जय साह मित्र
होली अब करिब विश्वभरि मनाइन थालिएको छ । मुख्यतः भारत र नेपालबाट विश्वभर छरिएका हिन्दू, जैन तथा सिख धर्मावलम्बीले होली मनाउने गरेका छन् । होली मान्ने मुख्य क्षेत्रमा बसोवास गर्ने अन्य धार्मिक समुदायजस्तै क्रिस्चियन र मुस्लिमले पनि प्रत्यक्ष वा परोक्षरूपमा होली मान्न थालेका छन् । होलीप्रतिको सद्भाव बढेको देखिएको छ र यो बढदै जाने क्रम पनि निरन्तर बढिरहेको छ । एक अर्काको चाडपर्वलाई सम्मान गर्ने संस्कार नेपालीहरूमा निरन्तर बढिरहेको देखिन्छ । होलीको समयमा पनि यो सद्भावमा वृद्धि भएको देखिएको छ । होली यथार्थमा धेरैको साझा पर्व बन्दै गएको पनि यथार्थ नै हो ।
होलीलाई पुराणसित जोडेर पनि हेर्ने गरिन्छ । पुराणमा वर्णित कथामा होलिकाले प्राप्त गरेको वरदानको दुरुपयोग गरेपछि अग्निमा आफैं खरानी हुनुपरेको थियो, जबकि उसलाई आगोमा नडढने वरदान प्राप्त थियो । होलिका अलि खराब स्वभावकी थिइन् र खराब स्वभावका मानिसलाई सहयोग गर्ने गर्दथिइन् । होलिका डढेर खरानीमैंं परिणत भएपछि धेरैले यसलाई निकै शुभ माने, उत्सव मनाए । त्यो फागुन महिनाको पूर्णिमाको दिन थियो । अर्को वर्ष फेरि फागुन महिनाको पूर्णिमा आउँदा सबैले गत वर्ष उत्सव गरी रमाइलो गरेको सम्झना भयो । गत वर्ष खुशीयालीले अबीर लगाएको, एक अर्कालाई अँगालो हालेको, सबैले रंग छ्यापाछ्याप गरेको, मज्जाले खाएर मस्ती गरेको, गीत गाएको, रमाइलो गरेको सम्झेपछि त्यस दिनलाई पुनः दोहो¥याउन खोजे । पूर्णिमाको दिन होलिका दहनको प्रतिरूप बनाएर सबैले आगो बाले । आगो बालेर सबैजना नाचे, उफ्रे, गाए । दिनभरि खूब खाए, एक अर्कालाई अँगालो हाले, अबीर दले, रंग छ्यापे । परस्पर शुभकामना दिए–लिए । शुभकामनासँगै एकजना अर्कोकहाँ खाना खाए । यसरी पूर्णिमाको दिनलाई समत वा होलिका दहन तथा भोलिपल्टको दिनलाई होली भन्न थालियो । होलिकाको नाउँबाट होली पर्व रहन गएको र होलीमा गाइने गीतलाई पनि होली वा होरी भन्ने चलन चलेको हुनुपर्छ । होली फागुनमा पर्ने भएकोले फागुन आएपछि नै होलीको गीत वा फगुवा गाउन थालिएको र पछिपछि विस्तारै एक गाउँबाट अर्को गाउँ हुँदै अन्यत्र विस्तार हुँदै गयो । मानिसको बसाइँ सर्ने क्रम चल्दै गयो र सँगसँगै होलीको पनि विस्तार हुन थाल्यो । खान र पिउन अपार छुट भएको होलीको विस्तार बसाइँसराइसँगै सर्दै गयो र जहाँ जहाँ यस क्षेत्रका मानिस पुगे, संस्कृतिको रूपमा लिइसकेको होलीको पनि विस्तार हुँदै गयो । यसरी होली विश्वव्यापी विस्तार हुने पर्वको श्रेणीमा पर्न गएको छ।
होलीको विस्तार अहिले विश्वव्यापी भएको छ । मूल होलीको प्रकृति कस्तो थियो भन्ने कुरो अहिले बयान गर्नु केवल अनुमान नै हुनेछ । होलीको आगमन हुने फागुन महिनाभरि तराई–मधेसमा जिस्किने चलन थियो । आवश्यक पर्दा ठूलालाई सानाले पनि जिस्क्याउँदै ‘होली है’ भन्थे । अझ देवरहरूले भाउजूलाई र भाउजूहरूले देवरलाई जिस्क्याउन पाउनु फागुन महिनाको विशेषाधिकार मान्दथे । फागुन महिनाभरि गाइने फगुवा गीतको भरमार नै हुन्थ्यो । घाँसीदेखि खेतालासम्म, विद्यार्थीदेखि शिक्षकसम्म तथा मजदुरदेखि मालिकसम्म तथा सर्वसाधारणदेखि बाठासम्मले फगुवा गीत गाएको देखिन्थ्यो । होलीको निकै ठूलो प्रतीक्षा हुन्थ्यो । होली गीतमा केही अश्लीलता त हुन्थ्यो तर त्यो प्रतीकात्मकताको दृष्टिकोणले बढी महŒवपूर्ण थियो । उच्च रागात्मकता, कलात्मकता तथा सचेतता यसको पहिचान थियो । सामाजिकता, आस्तिकता, धार्मिकता, नैतिकतालगायत सन्देश बोक्ने परम्परागत फागुगीतहरू अहिले पनि धेरथोर प्रचलनमा छ ।
पहिले फागुन महिनाभरि एक समूहमा भएर टोल छिमेकका युवा तथा प्रौढहरू र मुख्य गरी उमेर पुगेका वृद्धहरू गीत गाएर रमाइलो गर्ने चलन थियो । होलीको तयारी आप्mनै किसिमले गरिन्थ्यो महिनाभरि । होलीको प्रतीक्षा महिनाभरि हुन्थ्यो । युवा तथा बालबालिकालाई होलीको विशेष प्रतीक्षा हुन्थ्यो । तर अहिले जमाना बदलिएको छ अर्थात् होलीको प्रकृतिमा विस्तारै परिवर्तन भइरहेको छ । होलीमा हरेक वर्ष केही परिवर्तन भइरहेको देखिन्छ ।
परिवर्तन समयको नियम हो, अंश हो । परिवर्तनले नै समयको परिचय पनि दिन्छ । समय सधैं एकनाश रहँदैन । होलीको पौराणिक शुरुआत र होलीको विस्तारसँगै त्यहाँको भूगोल, संस्कृति तथा हावापानी आदिले गर्दा परिवर्तन हुँदै आएको हुनुपर्छ । साथै एउटा स्थिर समाजमा पनि शिक्षा र चेतनाको प्रभाव, चलचित्र तथा अन्य सञ्चार माध्यमको प्रभाव, विदेश र देशकै अन्य भूगोल तथा मानिसहरूसितको सम्पर्क तथा सम्बन्ध र आधुनिक प्रविधिको विकास लगायत कारणले होलीको प्रकृति र प्रवृत्तिमा परिवर्तन आउँदै गएको छ । मानिसको आर्थिक क्षमतामा आएको परिवर्तन, होली पर्वमा प्रयोग हुने सामग्री तथा खाद्यान्नको स्वरूपमा भएको परिवर्तन र मानिसमा बढदै गएको व्यस्तताको कारणले होलीमा परिवर्तन आउनुलाई स्वाभाविक मान्नु उचित हुन्छ । हरेक क्षेत्रमा विगतप्रतिको मोहमा आएको कमी र वर्तमानलाई अत्यधिक उपभोग गर्ने प्रकृतिको विकासले होलीलाई संस्कृतिको अङ्ग सँगसँगै व्यापारको रूपमा पनि विकास भएको छ । वास्तवमा जुन चाडपर्व वा संस्कृतिको जति धेरै व्यवसायीकरण हुन सक्यो, त्यसको जीवन त्यति लामो हुन्छ । होलीको आर्थिक सम्बन्ध निकै ठूलो छ, यसकारण यसको सम्बन्ध व्यवसायसित पनि निकै धेरै रहेको छ । जसले गर्दा होलीले दीर्घजीवन पाउने कुरामा वर्तमान आधारमा कुनै द्विविधा रहेको देखिंदैन ।
होली आफैंमा धेरै उद्योगहरूको लागि उद्योग बन्न पुगेको छ । धेरै उद्योगहरूले होलीमा हुने व्यापारलाई नै केन्द्रित गरी उत्पादन गरेका हुन्छन् । बालबालिकादेखि प्रौढसम्म सबैले कम्तीमा एउटा गन्जी अनिवार्य किन्छन् । होलीमा रंग छ्याप्ने चलन भएकोले रंग खेल्नको लागि अनिवार्यजस्तै भइसकेको छ नयाँ गन्जी । अझ कुर्ता र पैजामा लगाउने चलन बढदै गएको छ । होलीमा रंग र अबीरको व्यापार अत्यन्त धेरै हुन्छ । हर घरपरिवारमा रंग र अबीर चाहिएको हुन्छ । बालबालिकादेखि ठूलासम्मले दुई चार पाकेट सजिलै खर्च गर्दछन् । माछा वा मासु पनि यस पर्वको मुख्य आकर्षण हुन्छ । सामान्य दिनमा एक किलो मासु खपत हुने घरपरिवारमा होलीको दिन चारगुणा बढी खपत हुन्छ । यसले गर्दा मत्स्यपालन तथा कुखुरापालनलाई निकै टेवा पुगेको छ । बाहिरबाट खसी मगाउने चलन बढेको छ मासुको लागि । पेयपदार्थबिना त होली अधूरै हुन्छ । रुचि अनुसार अनिवार्यरूपले सबैले यस दिन कुनै न कुनै पेय पदार्थको प्रयोग गरेकै हुन्छन् । लाखौं रुपियाँको हल्का पेय पदार्थदेखि उच्च गुणस्तरका विदेशी महँगा पेय पदार्थको बिक्री हरेक गाउँमा हुने गर्दछ । ग्रामीण समाजका बुजुर्गहरूले दूधबाट बन्ने आप्mनै किसिमको परम्परागत पेय पदार्थ बनाएर खान्छन् । अझ बजारमा पाइने विभिन्न प्रकारका फलपूmलका जुसको व्यापार पनि उत्तिकै बढेको देखिन्छ । धोतीदेखि धूपसम्मको व्यापार हुने होलीलाई व्यापारिक पर्व मान्दा पनि हुन्छ ।
होलीमा अनेक विकृति जन्मिइसकेका छन् । होलीको मौलिकता नै परिवर्तन हुँदै गएको र रंग–अबीर यसको मेरुदण्ड रहँदै आएको सन्दर्भमा आधुनिकताले गर्दा छाडा गीतदेखि लोलासम्मका विकृतिले असभ्य बनाउँदै लगेको छ । होली सभ्यताको पनि पर्व हो भन्ने मान्यता कमजोर बन्दैछ । बढदो उच्छृङ्खलताले होलीको स्वरूपमाथि आघात पु¥याइरहेको छ । होलीका गीतहरू गाउँघरमैं पनि सुनिन छाडिएको छ वा निकै अल्प हुँदै गएको छ । डिजेहरूमा होलीको नाउँमा गाइने बेसुरा गीतहरूले मात्तिएका युवाहरूले सडकमा नाचेर रमाइलो गरेको होलीले त होलीको शास्त्रीय भावलाई सीमित पार्दै लगेको छ ।
यसपालिको होली सबैलाई राम्रो होओस् । सबैले मिलेर रमाइलो गर्दै साँचो अर्थमा होली खेलून् १ जोगिरा सरर.......१