अचेल जुन चाड पनि मर्यादापूर्वक मनाउन आग्रह गरिएको विज्ञप्ति, सभा–गोष्ठी आदिको माध्यमबाट सुन्न पाइन्छ । चाडपर्व भनेको नै रमाइलो गर्ने, खानेपिउने अवसर हो । यसमा मर्यादा रहेन भने न संस्कृतिको जगेर्ना हुन्छ, न सभ्यताको दिग्दर्शन पाइन्छ । अनि किन मर्यादापूर्वक चाड मनाउने आग्रह गरिन्छ ? किनभने हाम्रा प्रायः सबै चाडपर्वमा कृत्रिमताको समावेश हुँदै गएको छ । कृत्रिमताले विकृति र विसङ्गति निम्तिइरहेको छ । यसले सामान्यजनमा चाडपर्वप्रति वितृष्णा उत्पन्न हुन्छ । परिवारमा कसैले चाडलाई रमाइलो मान्ने, कसैले उपेक्षा गर्ने हुँदा चाडको समग्र आनन्द मर्छ । किन कुनै पनि चाडपर्वमा विकृतिको प्रवेश भइरहेको छ ? किन हामीले मनाउने सबै चाडबाट शास्त्रीय–बोध गुम्दै गइरहेको छ ? किनभने हामीमा पुस्तान्तर फराकिलो गरी झाङ्गिदै गएको छ । एउटा पुस्ता छ जो परम्परामा कुनै पनि प्रकारको खलल चाहँदैन, अर्को पुस्ता छ जो सबै गतिविधिमा आधुनिकताको रङ्ग छर्न चाहन्छ । यहींबाट विभिन्नता प्रकट हुन्छ र एकथरी नियास्रिन थाल्छ ।
हिन्दू धर्मलाई सनातन भनिएको छ । सनातन अर्थात् जुन निरन्तर छ र रहिरहने छ । यसका लागि परिवर्तनको खाँचो पर्दछ । निश्चय नै चाडपर्वहरूमा पनि तिनको मर्मलाई कायम राख्दै परिवर्तन आवश्यक हुन्छ । हिजो होलीमा लगाइने रङ्ग प्राकृतिक हुन्थ्यो, आज कृत्रिम मात्र होइन, सिन्थेटिक हुन्छ । आज हामी चाहेर पनि कचनार, गुलाफजस्ता पूmलबाट रङ्ग बनाउन सक्दैनौं । कृत्रिम रङ्गको सहारा लिनैपर्छ । कुमकुम आज बनाउनै सकिन्न । त्यसको ठाउँ लोलाले लिएको छ । आज पिचकारीमा रङ्ग भरेर होली खेल्ने चलन हराइसकेको छ,अब त हातमा रङ्ग पोतेर कसैको अनुहारमा दल्ने जमाना आएको छ । पिचकारीले कसैलाई पनि रङ्ग हाल्दा मर्यादा रहन्थ्यो, हातले अनुहारमा दल्दा मर्यादा रहन्न । अबीर उडाइन्थ्यो अब खस्रो र हानिकारक रसायन मिसाएको अबीर मुख र टाउकोमा दल्ने गरिन्छ । केही कुराको परिवर्तन त परिस्थितिको विवशता हो, यसको प्रयोग गर्दा मर्यादा उल्लङ्घन नहोस् भन्ने ध्यान मात्र राख्दा पुग्छ । होली मानवीय मनको विकार निष्कासनको पर्व हो ।
मानिसमा सुप्त मनोग्रन्थिले समाजमा अपराधको वृद्धि हुन्छ । चोरी, बलात्कार, झगडा, द्वन्द्व आदि मनको विकारको फलस्वरूप प्रकट हुने गर्दछ । मनको विकारको औषधि गर्ने न पुराना जमानामा, न आज मनोचिकित्सकहरूको लब्धता भएको बेला, समग्र निदान सम्भव छ । मनको बहलाई कुनै एउटा माध्यमबाट पोखिन दिनुपर्छ । त्यसलाई त्यही रूपले बुझ्नुपर्छ । किन गाइजात्रामा जस्तोसुकै शक्तिशाली व्यक्तिमाथि पनि व्यङ्ग्य गरिन्छ र उसले हाँसेर सहिदिन्छ । होली पनि त्यही हो । शरीरलाई क्षति नपुग्नेगरी व्यङ्ग्य, विवाद, गाली होलीको आशय हो, यसले मनोविकारको निष्कासन हुन्छ । हामीले यो मनोवैज्ञानिक तथ्य बुझेका छौं कि रिसको आवेगलाई रोक्दा मानिसमा कुण्ठा जन्मन्छ । रिसको आवेगलाई स्खलित हुन दिए भने मन शान्त हुन्छ । आपूmमाथि नियन्त्रण यति मात्र राख्नुपर्छ कि रिसको निष्कासनले भौतिक क्षतिको रूप नलेओस् । यति मात्र कुरा नबुझ्दा आज होलीमा मर्यादा कायम गर्ने अभियान नै चलाउनुपरेको छ । धार्मिक कुरा त यस कारण गाँसिएका हो कि मानिस धर्मभिरु हुन्छ । धर्मले झानेपछि मानव चाड मनाउन अग्रसर हुन्छ भन्ने अभीष्ट मात्र हो । मूलमा मनको खुशी र आनन्द नै हो ।