प्रस, निजगढ, १३ फागुन/
अहिलेका जल्दाबल्दा चर्चित गायक—गायिका र हास्य कलाकारहरूले शनिवार निजगढ गरिएको प्रिहोली कन्र्सटमा तीन हजारभन्दा बढी दर्शकहरूलाई मनोरञ्जन दिए।
चर्चित युवा गायक दुर्गेश थापाले गीतका शब्दहरूलाई छन्दमा व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै गीत गाउँदा दर्शकहरूले मन थाम्न सकेनन्। देशभक्ति गीतबाट शुरु भएको प्रस्तुतिमा ‘मेरो दिन चोर्नेलाई मुद्दा हाल्दिन्छु’ बोलका गीत गरी ६ वटाभन्दा बढी गीत गाए। समय सांपेक्ष युवाका ढुकढुकीलाई मन जित्ने गरी सिर्जना गरिएका गीत, सङ्गीत र उनको गायकी प्रस्तुतिले माहौल तताएको थियो।
त्यसैगरी हास्य टेलिशृङ्खलाबाट चर्चित हुन पुगेका हास्य कलाकार कक्रोज र बलेले पनि पेट मिचीमिची हाँस्न बाध्य तुल्याए। उनीहरूले लगभग आधा घण्टा सम्म दर्शकलाई मनोरञ्जन दिलाए। नेपाली गीत, सङ्गीतको आधुनिक बेसबाट अहिले निकै चर्चित हुन पुगेकी युवा ढुकढुकीकी गायिका मेलिना राईको प्रस्तुतिले पनि दर्शकलाई भरिपूर्ण मनोरञ्जन दियो। चर्चित गीत ‘तिमीले बाटो फे¥यौ अरे’ ‘कुटुमा कुटु सुपारी दाना’ ‘शिरैमा शिरबन्दी कानमा मेरो झुम्का’ ‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला’ लगायत आधा दर्जनभन्दा बढी गीत गाउँदै स्टेजबाट दर्शक रहेको ठाउँसम्म आएर उनले दर्शकको माया बटुलिन्।
त्यसैगरस् पप गीत, सङ्गीतबाट ढेड दशक अघिदेखि यात्रा शुरु गरेका चर्चित गायक सुगम पोखरेलको प्रस्तुतिले सबै उमेरका दर्शकहरूको मन जित्यो। केही वर्षदेखि नेपाली फिल्मी गीतबाट चर्चित अनि सफलता चुम्न सफल गायक पोखरेलले ‘भन्छु आज मनका कुरा सुन्छौ भने तिमी’, ‘म यस्तो गीत गाउँछु’ ‘तिमी रोएको पल’ लगायत आधा दर्जन गीत गाए। विशिष्ट अतिथिको रूपमा बसेका नेपालका वरिष्ठ कलाकार युवराज लामालाई चर्चित गायक–गायिका र हास्य कलाकारहरूले सम्झिरहेका थिए । त्यसैगरी निजगढ कला केन्द्रका स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।
युथ अफ निजगढको आयोजनामा भएको प्रिहोली कन्र्सट— ३ को उद्घाटन प्रमुख अतिथि निजगढका नगर प्रमुख सुरेशकुमार खनालले एक समारोहका बीच गरे। युथ अफ निजगढको प्रशंसा गर्दै निजगढको चौतर्फी विकाससंँगै कला, संस्कृति, साहित्यको पनि विकास हुनुपर्ने धारणा राख्दै यसका निम्ति नगरपालिकाले सकारात्मक भुमिका निर्वाह गर्ने उनले बताए।
कार्यक्रमको विशिष्ट अतिथि निजगढ उपप्रमुख लीलादेवी लामिछाने, युवा तथा खेलकूद पूर्वमन्त्री पुरुषोत्तम पौडेल, वरिष्ठ कलाकार युवराज लामा, निजगढ नगरपालिका अधिकृत भरतचन्द्र अधिकारी, समाजसेवी शम्भु बहादुर बुढाथाकीलाई आमन्त्रण गरिएको थियो। अतिथिहरूमा निजगढ विकास समितिका अध्यक्ष कृष्णप्रसाद खरेल, पूर्व प्राचार्य सुदर्शन कोइराला, क्याम्पस प्रमुख रामप्रसाद गौतम, समाजसेवी एकबहादुर श्रेष्ठ, माला लामा, सावित्री भारती, विष्णु नेपाल, तथा विभिन्न राजनीतिक दलका प्रमुख थिए।
संस्थाका उपाध्यक्ष सागर तामाङले स्वागत गरेको कार्यक्रम संस्थाका अध्यक्ष उत्सव श्रेष्ठको अध्यक्षता थियो भने भाईकाजी श्रेष्ठ, किरण घिसिङ, लक्ष्मी पाण्डेले सञ्चालन गरेका थिए । गौरीशड्ढर उच्च माविको प्राङ्गणमा शनिवार गरिएको थियो।
कार्यक्रम मर्यादित, अनुशासित बनाउन आयोजक संस्थाले स्वयं सेवक, स्काउट, परिचालनसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरीको समेत सहयोग थियो।