प्रस, निजगढ, १४ फागुन/
निजगढ नगरपालिकाले १३ वटै वडामा कुष्ठरोग निवारण अभियान चलाउने भएको छ। सोमवार निजगढ नगरपालिका स्वास्थ्य शाखा निजगढले सञ्चारकर्मीहरूलाई अभियानबारे जानकारी दिएको छ।
जिल्लास्तरीय कार्यक्रम अन्तर्गत निजगढ नगरका बस्ती/बस्तीमा यही फागुन २० गतेदेखि २४ गतेसम्म घर दैलो गरेर कुष्ठरोगीको पहिचान गरिने निनपा स्वास्थ्य शाखाका संयोजक रमेश लामाले बताए। यो रोग लागेमा ६ महिनादेखि १ वर्षसम्म नियमित औषधी सेवन गर्दा रोग पूर्णरूपमा नियन्त्रणमा आउने निनपा स्वास्थ्य शाखाका संयोजक रमेश लामा र शाखा सदस्य एवं स्वास्थ्यकर्मी मणीश्वर घिमिरेले सञ्चारकर्मीहरूलाई जानकारी दिए।
“कुष्ठरोग कुनै जुनीमा पाप गरेबापत लाग्ने रोग हो भन्ने अन्धविश्वास अहिले पनि समाजमा व्याप्त छ। कतिपयले रोग अझै लुकाउन सक्ने अवस्था रहन्छ । यद्यपि यसले उनीहरूलाई नैं हानि हुन्छ। त्यसैले बेलैमा स्वास्थ्यकर्मीको सम्पर्कमा आई उपचार गराउनुपर्छ ”— स्वास्थ्यकर्मी लामा र घिमिरेले भने।
यो रोग सामान्यजस्तो देखिए पनि रोगले सङ्क्रमण गरिरहँदा अन्तमा ज्यानै जानेसम्मको खतरा हुन्छ। त्यसैले रोग लुकाउनुभन्दा समयमैंं उपचार गराउनु पर्दछ। यसको औषधी स्वास्थ्य संस्थाहरूमा निश्शुल्क उपलब्ध हुने उनले जानकारी दिए।
यो अभियान निजगढमा २०५८ सालमा चलाएको बताउँदै यहाँ ६ जना कुष्ठरोगका बिरामी फेला परेका र उनीहरू प्राथमिक स्वास्थ्य केन्द्र निजगढको सम्पर्कमा रही औषधी सेवन गरिरहेको उनले जानकारी दिए।