यद्यपि निर्वाचन समाप्त भएको महिनौं बितिसकेको छ, तर नेपाली काङ्ग्रेसको अरण्यरोदन अहिलेसम्म सकिएको छैन । निर्वाचनताका त ठीकै थियो, देशका तीन ठूला राजनीतिक शक्तिमध्ये दुई ठूला वामशक्ति मिले र गठबन्धन बनाए । निर्वाचनको बेला भएको गठबन्धनले वामइतर पार्टीलाई असर पर्ने निश्चित थियो, त्यसमा रोइ–कराइ गर्नु स्वाभाविक थियो । तर अहिले पनि वाम एकताले नेपाली काङ्ग्रेसलाई चुनौती हुनु, यस अर्थमा कि त्यसले नेपाली काङ्ग्रेसको अस्तित्वमा असर पुग्छ भनी ठान्नु चाहिं अकर्मण्यताको हद हो । विपक्षी बलियो भएकोले मेरो प्रयास असफल हुन्छ भनी सोच्नु स्वाभाविक हो, र विपक्षीको सामु सक्षम भएर उभिनु पुरुषार्थ हो । विपक्षीलाई आपूmभन्दा कमजोर बनाउन विलाप गर्नु, आपूmलाई बढी सबल र सक्ष्Fम बनाउनुको साटो विपक्ष्Fीलाई निस्तेज बनाउने कुचक्र गर्नु, मानवलाई सुहाउने काम पटक्कै होइन । मानिसले गर्न सुहाउने भनेको सृजना हो, विध्वंस होइन । अरूभन्दा आपूm राम्रो, शक्तिशाली बन्नु वा बन्ने चेष्टा गर्नु सृजना हो भने विभिन्न षडयन्त्रद्वारा अरूलाई आपूmभन्दा कमजोर तुल्याउनु भनेको विध्वंस हो ।
नेपाली काङ्ग्रेसले कुनै पनि राजनीतिक दलभन्दा बढी सङ्घर्ष गरेको छ, देशमा प्रजातन्त्र स्थापनार्थ प्रत्येक आन्दोलनको अगुवाइ गरेको छ । यसका कार्यकर्ता ठोस र अडिग छन्, बौद्धिक छन्, समर्थक पनि कसैले हल्लाउन नसक्ने प्रवृत्तिका छन्, तर यो पार्टी इतिहासमा बाँच्ने मानसिकताबाट ग्रस्त छ । हिजोको भव्य इतिहासको आकर्षण यति प्रबल छ कि यो पार्टी वर्तमानमा आउनै चाहन्न । वर्तमानको यथार्थबाट जानीजानी अनभिज्ञ बन्न चाहन्छ । यो कर्महीनताको पराकाष्ठा हो । पार्टीलाई व्यक्तिवादिताको नराम्रो मानसिकताले गाँजेको परिणाम हो । इतिहासबाट सबक लिंदै वर्तमानमा सङ्घर्षशील भएर भविष्य उजिल्याउने प्रयासलाई नै मानवोचित भन्न सकिन्छ । वर्तमानमा क्रियाशील हुनका लागि परिवर्तन अत्यावश्यक हुन्छ । र पार्टीमा परिवर्तन भनेको विधान संशोधन होइन, व्यक्ति संशोधन हुनुपर्छ । मानिसमा जुन धारणा एकपटक बस्छ त्यो जीवित रहुन्जेल कायम रहन्छ । तर कालक्रममा त्यो धारणा पुरानो, समय बितेको औषधि बनिसकेको व्यक्तिलाई पत्तो नै हुँदैन । नयाँ परिवेशलाई पुरानो अवधारणाले सिंगार्न सकिन्न । यस कुरालाई नेपाली काङ्ग्रेसका नेताहरूले अहिले पनि बुझ्न सकेका छैनन् । त्यसैले वाम एकताबाट पार्टीलाई जोगाउन गच्छदारजस्ता इतिहास–पुरुष काङ्ग्रेसमा समावेश हुन आइपुग्छन् ।
जुन व्यक्तित्वहरू दशकौं अघि विश्राम लिएर, नयाँ कार्यकर्ताहरूलाई सङ्गठनात्मक गतिविधिमा सक्रिय गराउन निर्देशन दिने कार्यमा लाग्नुपर्ने हो, ती आज पनि युवाहरूजस्तै प्रतिस्पर्धामा तत्पर देखिएका छन् । नेपाली काङ्ग्रेस मानौं दूध हो, पुरानाहरू छाली बनेर दूधरूपी कार्यकर्तालाई यसरी ढाकेर बसेका छन् अलिकति पनि तातो पाएर दूध उम्लन थाल्छ र पोखिन्छ । हेर्दा त छालीले दूधको संरक्ष्Fण गरेजस्तो देखिन्छ तर यथार्थमा यसले कार्यकर्ताहरूको तेजोबध भइरहेको छ । गर्न सक्नेलाई थिचोमिचोमा पारेर गर्न नसक्नेले नेतृत्व लिंदाको हविगत आज नेपाली काङ्ग्रेसले बेहोरिरहेको छ । त्यसैले उसलाई वाम गठबन्धनरूपी रापबाट उम्लिने खतरा बोध भइरहेको छ । छाली हटाएर दूधलाई आगोसँग सङ्घर्ष गर्दै कुराउनी बन्ने बाटोमा छेकबार लगाइदिएको छ ।