प्रस, रौतहट, ११ फागुन/
नेपाल क्षयरोग निवारण संस्था रौतहटको १६औं वार्षिक साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशन शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य विजयानन्द झाले विधानलाई संशोधन गरी सबै वर्ग समावेश हुने खालको विधान निर्माणका लागि सुझाव केन्द्रीय समितिमा राख्ने बताए ।
‘२ हप्ताको खोकी क्षयरोग हो कि ?’ मूल नाराका साथ मनाइएको साधारणसभामा उनले परनिर्भर नभएर हामी आत्मनिर्भर बन्नुपर्ने आग्रह गरेका थिए ।
अशिक्षा, गरिबी तथा भारतीय सीमासँग जोडिएकोले क्षयरोगीको सङ्ख्या नेपालमा यकिन गर्न नसकिने उनले बताए ।
कतिपय रोगीले भारतमा उपचार गराइराखेका हुन्छन् भने कतिपयले केही दिन औषधि खाएर छाडेकाले क्षयरोगीको सङ्ख्या यकिन गर्न कठिनाइ भएको उनले बताए ।
अभियानको रूपमा जनचेतना पैmलाए क्षयरोग उन्मूलन होइन, न्यूनीकरण गर्न सकिने उनले बताए ।
नेपाल क्षयरोग निवारण संस्था रौतहटका अध्यक्ष राजकिशोर राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. कृष्णा शाह , उद्योग वाणिज्य सङ्घ रौतहटका अध्यक्ष देवप्रयाग गुप्ता, डा नन्दकिशोर झा, नेकपा माओवादीका क्षेत्रीय अध्यक्ष रामपुकार दास, माओवादी जिल्ला अध्यक्ष राजन राय यादव, तराई मधेस फोरम पार्टीका केन्द्रीय अध्यक्ष अमर यादव, राजपाका केन्द्रीय सदस्य राजेन्द्र पटेललगायतले क्षयरोग न्यूनीकरणका लागि आआप्mना सुझाव राखेका थिए ।
साधारणसभाले निवर्तमान अध्यक्ष राजकिशोरप्रसाद यादवलाई सर्वसहमतिले सभापति पदमा पुनः चयन गरेको छ । यसैगरी, सदस्यहरूमा उपेन्द्र त्रिवेदी, हेमन्तराय यादव, गोविन्दबहादुर कार्की, डा नन्दकिशोर झा, मिथलेशराय यादव, दिनेशप्रसाद श्रीवास्तव, रामश्रेष्ठ राय यादव, दिलीपकुमार साह, लक्ष्मी गुप्ता, प्रमोदराय यादव चयन भएका छन् ।