उमाशङ्कर द्विवेदी
त्यति बेला तिमीलाई बडो सन्ताप हुनेछ र जुन प्रकारले पुण्यहीन व्यक्तिले स्वर्गप्राप्तिको आशा छाडिदिन्छ, त्यसै प्रकार तिमीलाई पृथ्वीको राज्य पाउने आशा भङ्ग हुनेछ । त्यसैले तिमी शान्त भइहाल है ।
यस प्रकार दुर्योधनको सन्देश लिएर उलूक पाण्डवहरूको शिविरमा आएर पाण्डवहरूसित भेटी राजा युधिष्ठिरसित भन्न थाल्यो– तपाईं दूतको वचनसित परिचित नै हुनुहुन्छ । त्यसैले जुन प्रकारले मलाइ भनी पठाइएको छ, त्यसै प्रकार दुर्योधनको सन्देश सुनेर क्रोधित नहुनुहोला । युधिष्ठिरले भने– तिम्रोलागि भयको कुनै कुरा छैन । तिमीले नडराइ अदूरदर्शी दुर्योधनको सन्देश सुनाऊ ।
उलूकले भन्यो– महामना, दुर्योधनले सबै कौरवहरूको सामु तपाईंको लागि जुन सन्देश दिएका छन्, त्यो सुन्नुहोस्–पाण्डवहरू, तिमीहरू राज्यहरण, वनवास र द्रौपदीको उत्पीडनको कुरा सम्झेर मर्द बन । भीमसेनले सामथ्र्य नहुँदाहुँदै पनि जुन यस्तो सर्त राखेको थियो कि म दुःशासनको रगत पिउनेछु, लौ तागत् छ भने रगत पिउन् । अस्त्रशस्त्रहरूमा देउताहरूको आवाहन भइसकेको छ, कुरुक्षेत्रको हिलो पनि सुकिसकेको छ र बाटो पनि प्रशस्त भइसकेको छ, त्यसैले अब श्रीकृष्णको साथ सङ्ग्रामभूमिमा आइहाल । तिमी पितामह भीष्म, दुर्धर्ष कर्ण, महाबली शल्य र आचार्य द्रोणलाई युद्धमा परास्त नगरीकनै कसरी राज्य लिन चाहिरहेका छौ ? महाराज युधिष्ठिरसित यति भनेर उलूकले अर्जुनतिर मुख फर्काइ भन्यो– तपाईंसित महाराज दुर्योधनले भनेका छन्– अर्जुन, तिमी धेरै बकवास गर्दछौ । व्यर्थको बकवास गर्न छाडेर युद्धभूमिमा सामुन्ने आऊ । अब त युद्ध गर्नाले नै काम फत्ते हुनेछ, कुरा गर्नाले केही हुनेवाला छैन । मलाई थाहा छ, कृष्ण तिम्रा सहायक छन् र तिमीसित गाण्डिव धनुष पनि छ तथा तिम्रोसमान योद्धा अर्को कोही पनि छैन–यो कुरा पनि मबाट लुकेको छैन, तापनि मैले तिम्रो राज्य खोसेको छु । पछिल्लो ते¥ह वर्षसम्म तिमीले वनमा बिलाप गरिहिड्यौ तथा मैले राज्यसुख उपभोग गरिरहें । अब अगाडि पनि तिम्रा बन्धुबान्धवहरूलाई मारेर मैले नै राज्य शासन गर्नेछु । द्यूतक्रिडाको बेला जब तिमी दासत्वमा बाधिएका थियौ, त्यति बेला अनिन्दिता द्रौपदीको कृपाबिना गदाधारी भीम र गाण्डिवधारी अर्जुन तिमीले त त्यस दासत्वबाट आपूmलाई छुटाउन सकेका थिएनौ । विराटनगरमा मेरै कारणले तिमी चूल्ठो काढेर नपुंसकको भेषमा राज्यकन्यालाई नाच्न सिकाउनुपरेको थियो । म तिम्रो वा कृष्णको भयले राज्य फर्काउनेवाला छैन । अब तिमी र कृष्ण दुवैजना मिलेर मसित युद्ध गर । जति बेला मेरा अमोघ बाणहरू छुट्नेछन्, त्यति बेला हजारौं कृष्ण र सयकडौं अर्जुन दशौं दिशामा भागिहिंड्नेछन् । यस प्रकार तिम्रा जम्मै आफन्तहरू युद्धमा मारिएपछि तिमीलाई बडो सन्ताप हुनेछ र जुन प्रकार पुण्यहीन पुरुषले स्वर्गप्राप्तिको आशा छाडिदिन्छ, त्यसै प्रकार तिम्रो पृथ्वीको राज्य पाउने आशा पनि विलीन हुनेछ । त्यसैले तिमी शान्त होऊ ।
पाण्डवहरू त पहिलेदेखि नै रिसले मुर्मुरिइरहेका थिए, झन् उलूकको यस्तो कुरा सुनेर तातिए तथा विषधर सर्पभैंm उलूकतिर हेर्न थाले । अनि अलिक मुस्काउँदै श्रीकृष्णले उलूकसित भने–उलूक, तिमी छिट्टै दुर्योधनको मा जाऊ र ऊसित भन कि हामीले तिम्रो कुरा सुनिसक्यौं । तिम्रो जुन विचार छ त्यस्तै हुनेछ ।
भीमसेन कौरवहरूको सङ्केत र भावलाई बुझेर रिसले आगो भए तथा दा¥हा किटेर भन्न थाले– मूर्ख, दुर्योधनले तिमीसित जुन जुन कुरा भनेको छ, त्यो जम्मै हामीले सुनिसक्यौं । अब मैले जे भन्दैछु, त्यो सुन । तिमीले जम्मै क्षत्रीयहरूको सामु सूतपुत्र कर्ण र आप्mनो पिता दुरात्मा शकुनिलाई सुनाउँदै दुर्योधनसित भन्नु कि दुरात्मन्, हामीले आप्mनो ज्येष्ठ भ्राता धर्मराज युधिष्ठिरको प्रसन्नताको लागि सधैं तिम्रो अपराधहरूलाई सहिरह्यौं, लाग्दछ हाम्रो त्यस उपकारको तिम्रो ह्दयमा कुनै आदर रहेनछ । धर्मराज युधिष्ठिर आप्mनो कुलको कल्याणको लागि आपसमा मेल गराउन चाहिरहेका थिए । त्यसैले उनले श्रीकृष्णलाई कौरवसभामा पठाउनुभएको थियो तर अवश्य नै तिम्रो शिरमाथि काल नाचिरहेको रहेछ, त्यसैले तिमी यमराजको घरमा जान चाहिरहेका छौ । लौ त, अब निश्चय नै भोलि हाम्रो साथ तिम्रो युद्ध हुनेछ । मैले तिमी र तिम्रा भाइहरूलाई मार्ने प्रतिज्ञा गरेको छु, अब त्यो पूर्ण हुनेछ । समुद्रले आप्mनो मर्यादा भङ्ग गरोस् वा पहाड भलै टुक्राटुक्रा भइहालोस् तर मेरो प्रतिज्ञा भूmटो हुन सक्दैन । हरे दुर्बुद्धे, साक्षात् यम, कुबेर र रुद्रले तिम्रो सहायता गर्न आए पनि पाण्डवहरूले आप्mना प्रतिज्ञा पूर्ण गरी छाड्नेछन् । म धीत मर्ने गरी दुःशासनको रगत पिउनेछु । यस युद्धमा स्वयम् भीष्मजीलाई नै अघि सारेर पनि कुनै क्षत्रीय मेरोसामु आइपुगेमा त्यसलाई तत्काल यमराजको घरमा पठाइदिनेछु । क्षत्रीयहरूको सभामा मैले भनेको जम्मै कुरा पूर्ण हुनेछ, सत्य हुनेछ–यो कुरा मैले आप्mनो आत्माको शपथको साथ भन्दैछु ।
भीमसेनको कुरा सुनेर सहदेव पनि रिसले मुर्मरिएर भन्न थाले–पापी उलूक, मेरो कुरा सुन, तिमी आप्mनो पितासित (शकुनि उलूकका पिता थिए) भन्नु कि यदि राजा धृतराष्ट्रसित तिम्रो सम्बन्ध नभएको भए हाम्रोबीचमा कुनै प्रकारको फुट पर्नेवाला थिएन । धृतराष्ट्रको वंशको नाश गराउनको लागि नै तिम्रो जन्म भएको थियो क्या र ? तिमी साक्षात् शत्रुताको मूर्ति, आप्mनो कुलको उच्छेद गराउने खालको तथा बडो पापी हौ । उलूक, सम्झिराख, युद्धभूमिमा पहिले म तिमीलाई मार्नेछु तथा पछि तिम्रो बुबाको हत्या गर्नेछु । क्रमशः...