प्रस, वीरगज, १३ फागुन/
बिन्दवासिनी गाउँपालिकामा आज निर्वाचित जनप्रतिनिधि तथा गाउँलेले तालाबन्दी गरेका छन्।
सो गापाको सेवा केन्द्र सार्ने विषयमा तालाबन्दी गरिएको नेकपा एमालेका प्रतिनिधि परशुरामप्रसाद यादवले बताए । सो गाउँपालिकाको कार्यालय बहुअर्वाभाटाबाट झौवा सार्न लागेकोमा विरोध गर्दै तालाबन्दी गरिएको हो। बहुवर्वाभाटामा रहेको कार्यालय कुनै हालतमा अन्यत्र जान नदिने अडान
राख्दै विरोध कार्यक्रम शुरु भएको छ। वडाध्यक्ष सगीर मियाँ तथा सञ्जय चौहानको नेतृत्वमा गाउँलेहरूले कार्यालयमा रहेका कर्मचारीहरूलाई बाहिर निकाली तालाबन्दी गरेका थिए।
गाउँपालिका अध्यक्ष श्रीलाल साहले बहुअर्वाभाटाबाट सेवा केन्द्र झौवामा स्थातान्तरण गर्न सहमति जुटाउन गोप्यरूपले निर्वाचित पदाधिकारीहरूको घरघर पुगी सहीछाप गराउन लागेको जानकारी पाएर विरोध गरेको वडाअध्यक्ष सञ्जय चौहानले प्रतीकलाई जानकारी गराएका छन्।
त्यसैगरी छिपहरमाई गापामा पनि सेवाकेन्द्र सार्ने विषयलाई लिएर धर्ना शुरु भएको छ।
छिपहरमाई गापाको भिस्वामा रहेको सेवाकेन्द्र सारेर सम्भौता लग्ने प्रयास भएपछि स्थानीयहरूले आज चार घण्टा धर्ना दिएका थिए। गापा अध्यक्ष मनोज गुप्ताले गुपचुपले जनप्रतिनिधिसँग सहीछाप गराउने प्रयास गरेपछि स्थानीय बासिन्दाहरू धर्नामा बसेको जानकारी प्राप्त भएको छ।