एमाले अध्यक्ष तथा राजनेता खडगप्रसाद शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्रीका रूपमा नियुक्त भएकोमा हार्दिक बधाई तथा शुभकामना छ । उनको राष्ट्रियताप्रतिको अडान, दृष्टिकोण तथा समृद्धिको सपना र भिजन सबैको आशाको केन्द्रबिन्दु बनेको यथार्थ जीवित छ । अत्यन्त प्रतिकूल अवस्थामा पनि एन्टीकरेन्ट प्रस्तुत हुन सक्ने नेतृत्व क्षमता भएका ओलीबाट निम्न अपेक्षाहरू राखेको छुः
१) आर्थिक समृद्धिका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको त्रिकोणीय तालमेल सबल र प्रभावकारी बनोस् र राजनीतिक झुकावले रौनकता हासिल गरोस् ।
२) भौगोलिक अखण्डता तथा सीमाङ्कनको सन्दर्भमा कुनै प्रकारको आँच एवं विवाद नआओस् र नेपालीलाई स्वाभिमानपूर्वक बाँच्ने वातावरण बनोस् ।
३) राष्ट्रकै भविष्यको कोसेढुङ्गाको रूपमा रहेका कृषिको आधुनिकीकरण र व्यवसायीकरण, उद्योगको संरक्षण, स्थापना र विस्तारले तीव्रता हासिल गरोस् ।
४) मधेस आन्दोलनको क्रममा प्रधानमन्त्री हुँदा आप्mनो भ्रामक बोलीका कारण मधेसी जनताबाट बहिष्कृत र आलोचित ओलीद्वारा मधेसी जनतासँग सम्बन्ध प्रगाढ बनाउन निम्ति वीरगंज, जनकपुर, राजविराज, कलैयालगायत तराईका शहरमा सम्बोधन गरियोस् ।
५) माओवादीसँग पालैपालो सरकार फेरबदल गर्दै आगामी पाँच वर्षसम्म राजनीतिक स्थिरताले गति पाओस् र सबैखाले चुनौतीहरूको सामना गरियोस् ।
६) पूँजीको सशक्त परिचालन, स्तरीय पूर्वाधारको विकास, पर्यटनको विकास जस्ता आर्थिक क्रियाकलापको विस्तारको वातावरण सिर्जना गर्ने कार्यलाई प्राथमिकता दिइयोस् ।
७) सामाजिक न्याय र सुरक्षालाई विशेष जोड दिंदै शासकीय सुधार र भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चाल्न सरकार संवेदनशील बनोस् ।
८) मित्रराष्ट्र भारत र चीनसँग उच्चस्तरमा कूटनीतिक सहकार्य र समझदारीको विकास होस् र आउने दिनहरूमा पनि वैदेशिक सहायता जारी रहोस् ।
९) आन्तरिक विवादका कारण लामो समयदेखि नेपाली क्रिकेट आइसिसीको निलम्बनमा रहे पनि हाम्रा खेलाडीहरूको आत्मविश्वास नडगमगाएको अविश्वासिलो प्रदर्शनको कदर गरियोस् र खेलाडीलाई पर्याप्त सुविधा उपलब्ध गराइयोस् ।
१०) मधेस आन्दोलनलगायत सङ्घर्षका शहीदलाई राष्ट्रिय सम्मान प्रदान गरियोस् र मधेस केन्द्रित दलहरूसँग असन्तुष्ट देखिएका विषयहरू चाँडै संशोधन प्रकियाबाट समेटियोस् ।
यसरी अप्रत्याशित, अविश्वसनीय र अकल्पनीय ढङ्गले प्रस्तुत भएको वाम गठबन्धनले स्थायित्वको स्वाद पाओस् र राजनीतिक सबलताका लागि जोरदार नमुना साबित होस् ।
– ऋतिक यादव, सिम्रौनगढ–१०,