प्रस, रौतहट, १३ फागुन/
राजनीतिक र जनताको मिलनले रौतहटमा चमत्कारजस्तो काम भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले बताएका छन् । सडक बचाउ अभियानद्वारा आयोजित धन्सर–जङ्गलसैया सडक उद्घाटन समारोहमा उनले बोल्दै नेता तथा जनताको सक्रिय योगदानले करिब १४ किलोमिटर सडक निर्माण भएकोमा बधाई दिंदै प्रगतिको कामना गरेका थिए । जनताको सहभागितामा उदाहरणीय काम गर्न सकिन्छ भन्ने नेपालको पहिलो उदाहरण बनेको अध्यक्ष प्रचण्डले बताए । रौतहटको जनताले पटकपटक सङ्र्घष तथा बलिदान गरी अग्रसर भूमिका निर्वाह गरेको उनले बताए। उनले अब वाम गठवन्धन रहने छैन। नेपालमा नेपाल कम्युनिस्ट पार्टी मात्र रहने छ भने। विभाजनमा परेको कम्युनिस्ट एकीकृत भई जनताको विकासमा लाग्ने बताए। अब कम्युनिस्ट पार्टीको लक्ष्य सुशासन, विकास र समृद्धि रहने उनले स्पष्ट पारेका थिए।
तराई–मधेसको समृद्धि, विकास नभएसम्म नेपालको विकास र समृद्धि हुन सक्दैन भन्दै उनले प्रधानमन्त्री बनेको बेला भारत गएर हुलाकी राजमार्ग निर्माणलाई प्राथमिकतामा राखेर पहल गरेकोले पहिलो फेजको उद्घाटन केही दिनमा नै हुने बताए। नेपालमा रेलमार्ग बनाउने कुरा अगाडि बढिरहेको छ। जनता आवास कार्यक्रम अन्तर्गत जनताको लागि भवन निर्माण गर्ने कार्य भइरहेको उनले बताए। तराई–मधेसमा ठूलो विकासको पैकेज ल्याउन जरुरी रहेको अध्यक्ष दहालले बताए।
रौतहटमा १४ किलोमिटर बाटो निर्माण गरी अग्रसरता देखाएकोले त्यस्तै नेपालभरि तत्परता देखाउने उनले बताए । समीर भट्टराईको अध्यक्षतामा पूर्वमन्त्री प्रभु साह, पूर्वसांसद रामकुमार भट्टराई, प्रदेशसभा सदस्य कुन्दन कुशवाहा , नागेन्द्र राय यादवलगायतले उक्त कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए भने नेकपा माओवादीका पोलिटब्युरो सदस्य उपेन्द्र साह, पूर्व ऊर्जामन्त्री सत्यनारायण भगत, प्रचण्डपत्नीको सक्रियता सहभागिता थियो । सो अवसरमा गाउँलेहरूले २ सय किलोको माला अध्यक्ष प्रचण्डलाई लगाई सम्मान गरेका थिए भने सडक निर्माणमा सहयोग गर्ने प्रदेशसभा सदस्य कुन्दन कुशवाहालगायत महानुभावलाई सम्मानपत्र प्रदान गरिएको थियो।