तलब पनि लिन्छु, भत्ता पनि लिन्छु, व्यक्तिगत उपयोगमा ल्याउँदिनँ
पुस २८ गते बिहान ६–६ः३० बजे वीरगंजका मेयर विजय सरावगीसँग भेटने निश्चित भएको थियो । शीतलहर र कुहिरोले गर्दा मर्निङवाक गर्दैगर्दा भेटन विलम्ब होला भनेर एउटा कलम र कंगारु–पेट भएको ज्याकेटमा सानो डायरी राखेर म निस्केको थिएँ । म सवा ६ बजे पुग्दा एउटा चियाले स्वागत हुँदा नहुँदै मेयर विजय सरावगी कुराकानी गर्न आइपुगे । साँच्चै भन्ने हो भने सबै ठाउँका नगरपालिका, उपमहानगरपालिकाको समाचार आइरहँदा वीरगंजको भने रहारुन्न नै थियो । सो कौतुहल मेटन र गैरराजनीतिक क्ष्Fेत्रबाट वीरगंज महानगरपालिको अभिभारा बोक्न आएका मेयरसँग कुराकानी गर्ने र जिज्ञासासमेत मेटने तलतल लागिरहेको थियो । स्थानीय तहको निर्वाचन भएको सय दिन पनि नाघिसकेको हुनाले मैले पहिलो प्रश्न नै अफशोचजनक स्वरमा गरेको थिएँ–
–१०० दिन बितेको हेक्का रहेको भए म एक हप्ता पहिले तपाईसँग समय लिने थिएँ । समय त भिडकिसक्यो...
मेयर–होइन जानेर वा नजानेर तपाई १०० दिन पुगेकै दिन आउनुभएको छ । शपथ ग्रहणपछि केही अशक्त कारणले मैले असोज १७ गते मात्र अफिस ज्वाइन गरेको थिएँ । मेरो व्यावहारिक कार्यकाल आरम्भ भएको त त्यही दिन हो ।
–१०० दिनको उपलब्धि के रह्यो त ?
मेयर–अफिस ज्वाइन गरेपछि लगातार चाडपर्व र तत्कालै चुनाव पनि प¥यो । काम गर्नै पाएको छैन, केही योजनाहरूमाथि वैचारिक छलफल भएको छ, केही प्रतिबद्धता गरेको छु र नगरपरिषद्पछि तिनको कार्यान्वयनमा ध्यान दिनेछु ।
–छलफल र प्रतिबद्धताका विषयहरू के के हुन् ?
मेयर–घाँटी हेरी हाड निल्नु भन्छन् । हामीसँग अहिले बजेट छैन । जबकि पुरानै काम गरेका ठेकेदारहरूलाई करोडौं भुक्तानी दिन बाँकी छ । नयाँ काम थाल्यो भने छुटकारा नपाउने किसिमले फस्ने सम्भावना छ, त्यसैले बरु पुरानो कामलाई यस वर्ष टुङ्गो लगाउने सोचमा छु । एडिबीको कामले आलोचना मात्र दिइरहेको छ, मानिस प्राविधिक कठिनाई बुझिदिंदैनन्, काम भएन भन्ने गुनासो मात्र गर्छन् । केही काम हाम्रो वा कसैको पनि बूताभन्दा बाहिर हुन्छ । केही त्यस्तै अप्ठ्यारो आइपरेको छ ।
मैले चुनाव पहिले नै वीरगंज क्षेत्रलाई बालश्रममुक्त नगर बनाउने घोषणा गरेको थिएँ, बेलवा लगभग घोषित हुने अवस्थामा पुगेको छ । नगवामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरेर नगरवासीलाई निश्शुल्क स्वास्थ्य
सेवा दिने योजनामा पनि काम गरिरहेको छु ।
विभिन्न किसिमको प्रदूषणले वीरगंजलाई प्रभावित पारिरहेको छ । सडक, नाला र ढल निर्माणपछि धूलोको प्रदूषण कम हुनेछ, धूवाँ नियन्त्रण गर्न इ–रिक्शालाई प्रोत्साहन दिन छुट्टै योजनामा काम गरिरहेको छु, जसमा नगरपालिकाले आप्mनै लगानीमा रिक्शाचाकललाई निब्र्याजी ऋण
दिएर किस्ता–किस्ता रकम फिर्ता गर्ने योजना अघि सार्ने सोच छ । इ–रिक्शाको मूल्य तिरेपछि रिक्शा चालककै
हुनेछ ।
त्यसपछि ध्वनि प्रदूषण नियन्त्रणमा पनि काम गर्ने सोचमा छु । राति १० बजेदेखि बिहान ५ बजेसम्म लाउडस्पीकरजन्य ध्वनि निकाल्न नपाइने, दिउँसो पनि सह्य डेसिबेलभन्दा ठूलो स्वरमा लाउडस्पीकर बजाउन नपाउने, अन्यथा जरिवाना र साउन्ड सिस्टम चलाउनेहरूको व्यवसाय खारेज गर्ने लगायत नियन्त्रणात्मक काम गर्ने सोच बनाएको छु ।
तरकारी बजारको समस्या नगरभरि देखिएको छ । मीनाबजार सञ्चालनमा आए पनि त्यहीं सडकमा तरकारी बेचिन्छ । जहाँ बजार छैन, त्यहाँ त झन् समस्याको चाङ लागेको छ । श्रीपुरमा सडकको दुवै छेउमा बजार लाग्छ । त्यसको व्यवस्थापन पनि मेरो प्राथमिकतामा छ । अस्पतालपछाडि नगरपालिकाको जग्गामा तरकारी केन्द्र स्थापना गर्ने र सबै प्रकारका तरकारीको सबै प्रकारको चेकजाँच गरी खुद्रा बिक्रीका लागि बजारमा जान दिने नीति अख्तियार गर्ने पनि सोच छ । त्यसपछि महानगरपालिकामा गाभिएका ग्रामीण क्षेत्रमा ५७ किलोमिटर पक्की बाटो निर्माण गर्ने योजना लिएर अगाडि बढने सोच बनाएको छु ।
–सरसफाइसम्बन्धी अवस्था अहिले पनि उपेक्षित नै छ । चारैतिर फोहरको डुङ्गुर लागेको छ । तपाईंका आलोचक छन् भने तपाईंबाट राम्रो हुने आश राख्ने मानिसहरू पनि छन् । व्यापार–व्यवसाय र उद्योगको राम्रो व्यवस्थापक मानिएको तपाईंले सफाइसम्बन्धमा अहिलेसम्म आशलाग्दो काम गर्न नसकेकोमा उनीहरू निराश भएका छन् ।
मेयर–हेर्नुस्, वीरगंज महानगरपालिका अहिले विशाल भूभागमा विस्तार भएको छ । अहिले महानगरसँग भएका सफाइ कर्मचारीले पुरानै वीरगंज (१९ वडा) को सरसफाइ भ्याउन सक्दैन । नयाँ गाभिएका क्षेत्रबारे त सोच्न पनि सकिन्न । हामीसँग सफाइ कर्मचारीको नाममा जम्मा २१० जना कर्मचारी छन् । ९४ जना महिला कर्मचारी छन्, जसले झाडू लगाउने काम मात्र गर्छन्, ४१ जना नाइके छन्, जो अ¥हनखटनको काम गर्छन् । बाँकी ७५ जना सफाइ कर्मचारीले यत्रो नगरको सफाइ कसरी गर्न सक्छन् । कानुनले हात यसरी बाँधेको छ कि नयाँ कर्मचारी भर्ना गर्न सकिन्न । अब नगरपरिषद्बाट के निर्णय हुन्छ, त्यस अनुसार टोल सुधार समितिहरू गठन गरेर, भएकालाई अधिकारसम्पन्न बनाएर वा यथेष्ट कर्मचारी भर्ना गरेर जसरी हुन्छ, नगरको सरसफाइलाई व्यवस्थित गरिने छ ।
–तपाईंले तलब–भत्ता लिन्नँ भनी गरेको घोषणाबाट मानिस प्रभावित हुनुको सट्टा ठूलो भाग खाने दाउले सानो सुविधा नलिने घोषणा गरेको होला र केहीले धनीमानीले त्यो जाबो सुविधा नलिंदैमा कति नै त्याग गरेको हुन्छ र १ राजनीति गरेको मानिस भए पो पैसाको महŒव थाहा हुन्छ १ सस्तो लोकप्रियताका लागि गरिएको घोषणा हो भन्ने गर्छन्–तपाईंको धारणा प्रस्ट पारिदिनुस् न १
मेयर–मैले यो घोषणा कुनै ठूलो त्याग गर्न देखाएको होइन । म तलब पनि लिन्छु र भत्ता पनि लिन्छु । तर त्यसलाई व्यक्तिगत उपयोगमा ल्याउँदिनँ मात्र भनेको हो । म एउटा मेयर कल्याणकारी कोष खडा गर्ने तयारीमा छु । मेरो तलब र भत्ताको रकम तथा महानगर क्षेत्रमा रहेका उद्योग–प्रतिष्ठानहरूले आप्mनो आयको केही प्रतिशत अनिवार्यरूपमा समाज सेवाको क्षेत्रमा खर्च गर्नुपर्ने सरकारको नीति रहेकोले, मन मिलेका त्यस्ता उद्योगी–व्यवसायीसँग यस कोषमा जम्मा गर्न अनुरोध गरी महानगरपालिकाको योजनाभन्दा बाहिर, तर नगरको हकहित र समाजसेवाको काममा खर्च गर्ने लक्ष्य लिएको छु ।
–अहिले विपी उद्यानको काम अलमलमा परेको छ, स्वीमिङ्ग पुल पिपिपीमा सञ्चालन गर्न दिइयो, सानो पोखरी जेनतेन सञ्चालनमा आएको छ, ठूलो पोखरीमा दुई वर्षदेखि माछापालन हुँदै आएको छ । नगरपालिकाले सार्वजनिक हितका लागि संरचना बनाउने तर त्यसमा उद्देश्यविपरीत हुने काम भइरहँदा नगरवासीले पौडी कहाँ खेल्ने ? नगरपालिकाले स्वीमिङ्गपुललाई सेतो हात्ती ठान्ने र घाटा हुने डरले ठेक्का सरह पिपिपीमा दिने गर्दा नगरवासीको खेल र मनोरञ्जन दुवै दिने स्वीमिङ्ग पुल त माछा पाल्ने पोखरी र छठ व्रत गर्ने थलोमा परिणत भएको छ । यसले गर्दा आजसम्म नगरबाट राष्ट्रियस्तरका पौडीबाज जन्मन सकेका छैनन् । एकाध जो छन्, तिनले त्यसका लागि आप्mनो पैसा, समय र पढाइको हानि बेहोर्नुपरेको छ ।
मेयर–कुरा ठीक हो । हिजो के गरियो, त्यससँग सरोकार नराखौं । नगरपरिषद् सम्पन्न हुनेबित्तिकै स्वीमिङ्गपुल आप्mनो नियन्त्रणमा लिएर नयाँ व्यवस्था गर्ने सोचमा छु । अब स्वीमिङ्गपुलमा स्वीमिङ्ग मात्र हुनेछ, पौडी प्रतियोगिता हुनेछ, जिममा खेलाडीहरू मात्र देखिनेछन्, साउना र स्टिमबाथको, नगरका आबालवृद्धले स्वास्थ्यलाभ गर्ने किसिमले, व्यवस्थापन गरिने छ । त्यति मात्र होइन, सभागृहको पनि नयाँ व्यवस्थापन गर्ने सोचमा छु । सम्झौतामा दुई हजार, पाँच हजार र दस हजार मात्र शुल्क भनिए पनि लाखौं शुल्क उठाउने गरिएको छ । सभागृह त पार्टी प्यालेस र बार तथा रेस्टुरामा पो परिणत भइसकेको छ । घडिअर्वा पोखरीको पनि त्यही अवस्था छ । यी सबैको उद्देश्य अनुरूप प्रयोग हुनेगरी व्यवस्थापन गर्न म प्रतिबद्ध छु । र निकट भविष्यमैंं ती तमाम व्यवस्था गर्नेछु ।
–तपाईंले कत्तिको अप्ठ्यारो मान्नुहोला तर प्रश्न अहिले टडकारोरूपमा उठेको छ । के वीरगंजको मूल सडक फराकिलो हुनेछ ?
मेयर–यो सडक त्रिभुवन राजपथको अङ्ग हो । राजपथ भन्ने बित्तिकै ७५ फिट त हुनैप¥यो । तर सरकारले ड्राइपोर्टदेखि परवानीपुर हुँदै ६ लेनको ट्रंकरोड विकसित गर्न थालेकोले अब यसलाई राजपथ मानिरहनुपर्लाजस्तो लागेको छैन । तर पनि सडक अहिलेसम्म राजमार्गकै अङ्ग रहेको र नगरपालिकालाई हस्तान्तरण नगरिएकोले म यसै हुन्छ भन्न सक्ने अवस्थामा छैन । हो, सरकारले यो सडक नगरपालिकालाई हस्तान्तरण गर्दछ भने म सडक फराकिलो पार्ने कोशिश अवश्य गर्नेछु । यति नै मिटर भनेर होइन, अपितु नागरिक समाजको बैठकबाट निर्णय गरेर हामीलाई कति चाक्लो सडक चाहिएको त्यस अनुरूप काम गर्ने सोच बनाएको छु ।
–वीरगंजको सबैभन्दा ठूलो समस्या हो यहाँ जीवन्तता छैन । शहर कन्क्रिटको जङ्गलमा परिणत हुँदै गएको छ । साहित्य, कला, संस्कृतिका लागि कुनै काम भएको छैन । चिल्ड्रेन पार्क छैन, मनोरञ्जन र साँझ–बिहान घुम्ने ठाउँ छैन । शहरलाई साँस फेर्न कठिनाइ भइरहेको छ । किनभने शहरसँग रहेको खाली जमिन सबै भूमाफियाको कब्जामा आइसकेको छ । अब शहरलाई हरियाली बनाउने, घुम्ने, समय व्यतीत गर्ने सार्वजनिक ठाउँ नै छैन । भएको विपी उद्यानमा कहिले बजार लाग्ने, कहिले फोहर थुपार्नेजस्ता काम भइरहेको छ । के अतिक्रमणमा परेको खाली जग्गामा हकाधिकार गर्ने कुनै कोशिश होला ?
मेयर–कानुनविपरीत कसैले सार्वजनिक जग्गा अतिक्रमण गरेको छ भने अवश्य पनि त्यो खाली गराइन्छ । यसमा म शून्य सहनशीलता देखाउने छु । विपी उद्यानलाई यथाशीघ्र रमणीय स्थान बनाउने योजनामा काम शुरु हुनेछ ।
–तपाईंले आप्mनो चुनावी घोषणापत्रमा थुप्रै वाचा र प्रतिबद्धताहरू गर्नुभएको छ । सबैबारे यहाँ प्रश्न उठाउन त सकिंदैन तर केही खास, जनसरोकारको विषयमा केही कुरा सोध्न चाहन्छु । तपाईंले ‘जनता मेयर आमनेसामने’ भन्नुभएको छ । अहिलेसम्म त्यस्तो कार्यक्रम शुरु भएको थाहा पाइएको छैन ।
मेयर–हो, निर्वाचनपछि दशैं, तिहार, छठ र फेरि संसदीय निर्वाचनले गर्दा लामो समय त त्यतै बित्यो । यो कार्यक्रम अवश्य शुरु हुन्छ । प्रत्यक्ष्F र एफएमको माध्यमले पनि ।
–८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई महिनाको रु ५ हजार दिने तपाईंको घोषणापत्रमा उल्लेख छ । यो सरकारले दिने रु २ हजारबाहेकको हो कि त्यो मिलाएर ? अहिलेसम्म त्यस सम्बन्धमा केही काम भएको छ कि छैन ?
मेयर–नगरपरिषद्बाट बजेट पास
गराएर यो काम गरिनेछ । प्रस्तुति–जश