प्रस, ठोरी, १७ माघ/
वन्दको अवज्ञा गरेको भन्दै ठोरी गापा–५ सुवर्णपुर चोकमा बन्दकर्ताले वुधवार बिहान एउटा ट्याङ्कर तोडफोड गरेका छन् ।
ठोरी गापा–४ विजयबस्तीमा रहेको पेट्रोल पम्पमा तेल झारेर फर्कने क्रममा ना. २ ख ७०३७ नम्बरको ट्याङ्कर बन्दकर्ताले तोडफोड गरिदिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरका प्रहरी निरीक्षक अमर गुरुङले जानकारी दिए । बन्दकर्ताले प्रहार गरेको ढुङ्गा लागेर ट्याङ्करको विन्डस्क्रीन र हेडलाइट फुटेको प्रनि गुरुङले बताए ।
ठोरी गापाको सेवा केन्द्र सार्ने निर्णयको विरोध गर्दै आन्दोलनमा उत्रेका सुवर्णपुरवासीले वीरगंज–ठोरी सडकखण्डमा मङ्गलवारदेखि गाडी गुडन दिएका छैनन् ।
बन्दकर्ताले वीरगंज–ठोरी सडकखण्डमा सवारी साधन गुडन नदिएकोले जिल्ला सदरमुकाम वीरगंज आवतजावत गर्न ठोरी र निर्मलबस्तीका सर्वसाधरणलाई सास्ती भोग्नुपरेको छ ।
गाउँ भेलाले ठोरी गापा–५ मा रहेको सेवा केन्द्र ठोरी घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सुवर्णपुरवासी सङ्घर्ष समिति गठन गरेर आन्दोलनमा उत्रेका छन् । बन्दकर्ताले गाउँपालिका कार्यालयको मूल गेटमा बिहानदेखि अनिश्चतकालीन तालाबन्दी गरी चक्काजाम गर्दै आएको सङ्घर्ष समितिका संयोजक सुन लामाले जानकारी दिए ।
सेवाकेन्द्र यथास्थान राख्नुपर्ने, सबै वडामा समान ढङ्गले बजेट विनियोजन गर्नुपर्ने, अस्पताल सबैलाई पायक पर्ने ठाउँमा राख्नुपर्नेलगायत माग राखी सङ्घर्ष समिति आन्दोलनमा उत्रेको हो ।