मानवीय मूल्य त्यो हो, जसले सम्पूर्ण मानवजातिको मात्र होइन, बरु समस्त प्राणी समुदायको आवश्यकता र आकाङ्क्षाको सन्तुष्टि गर्छ । मूल्यले मानव–जीवनलाई आदर्श बनाउने प्रयासको लागि दीपस्तम्भको कार्य गर्छ । सभ्यता र संस्कृतिको जीवन–मूल्यसँग सम्बन्ध अनुलोम छ, जीवन–मूल्य जति उच्च हुन्छ, सभ्यता र संस्कृति पनि उत्तिकै महान् हुनेछ । आज हामी आप्mनो सभ्यता तथा संस्कृतिदेखि टाढा भएका छौं, कारण हाम्रो जीवन–मूल्यको पतन हुँदै गइरहेको छ ।
भारतका पूर्व राष्ट्रपति डा. अब्दुल कलाम आजादले आप्mनो देशका व्यक्तिको स्वच्छन्द वृत्तिमाथि टिप्पणी गर्दै भनेका थिए– “सिङ्गापुरमा तपाईं आप्mनो चुरोटको ठूटो सडकमा फाल्नुहुँदैन । तपाईं साँझ ५ देखि ८ बजेको बीच आर्थड रोडमा कार चलाउँदा करिब साठी रुपैयाँ भुक्तान गर्नुहुन्छ । तपाईं सिङ्गापुरमा यदि पार्किङमा निर्धारित समयभन्दा बढी गाडी खडा छ भने टिकट पन्च गराउनुहुन्छ, तर तपाईं केही भन्नुहुँदैन, किन ?”
“दुबईमा तपाईं रमजानको दिन सार्वजनिकरूपमा केही पनि खाने साहस गर्नुहुँदैन । जेद्दामा टाउको नढाकीकन बाहिर निस्किनुहुन्न । वाशिङ्टनमा तपाईं पचपन्न मिल प्रतिघण्टाभन्दा माथि गाडी चलाउने हिम्मत गर्नुहुँदैन र फर्केर सिपाहीसँग यो पनि भन्नुहुँदैन कि थाहा छ म को हुँ, फलाना हुँ, फलाना मेरो बुबा हो । अस्टे«लिया र न्युजिल्यान्डको समुद्री तटमा तपाईं खाली नरियल हावामा उछाल्न सक्नुहुँदैन । टोकियोका सडकमा पान खाएर थुक्न सक्नुहुन्न । बोस्टनमा तपाईं जाली योग्यताको प्रमाणपत्र किन किन्नुहुँदैन ?”
“तपाईं अरूको देशको व्यवस्थाको आदर र पालन गर्न सक्नुहुन्छ तर आप्mनो व्यवस्थाको गर्नुहुँदैन । भारतीय धर्तीमा कदम राख्ने बित्तिकै चुरोटको ठूटो जताततै फाल्नुहुन्छ । कागजको पुर्जा मिल्काउनुहुन्छ । यदि तपाईं पराया देशमा प्रशंसनीय नागरिक बन्न सक्नुहुन्छ भने आप्mनो देशमा किन यस्तो बन्न सक्नुहुन्न ? धनी व्यक्ति आप्mनो कुकुरलाई सडकमा घुमाउन निस्किन्छन् र जताततै फोहर छरेर आउँछन् । त्यसपछि त्यही व्यक्ति सडकमा फोहरको लागि प्रशासनलाई दोष थोपर्छन् । के तिनीहरूले यो आशा गर्छन् कि जब पनि उनीहरू बाहिर निस्कोस् एक अधिकारी कुचो लिएर पछि–पछि हिंडोस् ? ”
परिवार मानवको प्रथम पाठशाला हो । बालकले परिवारबाट नै संस्कार अर्जित गर्छ । मेजिनीका अनुसार बालकले प्रथम पाठ आमाको चुम्बन र पिताको मायाबाट सिक्छ, अतः परिजनको पारिवारिक परिवेशले बालकलाई सुसंस्कृत बनाउनमा महŒवपूर्ण भूमिका निर्वाह गर्छ । परिवारमा नै बालकमा दया, ममता, स्नेह, उदारता, क्षमा, माया र सेवा भावनाको भाव अङ्कुरित हुन्छ । अतः परिजनको नैतिक चरित्र अनुकरणीय हुनु आवश्यक छ । परिजन नै बालकको लागि जगको ढुङ्गा हो, जसमाथि बच्चाको भावी भवन उभिएर स्थिर बन्दछ । मातापितापछि बालकले शिक्ष्Fालयमा गुरुजनको छायामा बसेर सद्गुण अर्जित गर्छ, अतः विद्यालयमा पाठ्यक्रम र आचरणको माध्यमबाट शिक्ष्Fकले मानवीय मूल्यको शिक्ष्Fा दिनुपर्छ ।
विद्यालयमा शिक्ष्Fाका विभिन्न विषयको माध्यमबाट बालकमा नैतिक गुणको आविर्भाव हुन्छ । भाषा–शिक्ष्Fणको उद्देश्यमा अभिरुचि र सद्वृत्तिको विकासले विशेष महŒव राख्छ । पाठान्तर्गत तथा पाठ्योपरान्त शिक्षणमा सहज नै उद्देश्यनिष्ठ विषयवस्तुमाथि आधृत मानवीय मूल्यको समावेश सम्भव छ । पञ्च परमेश्वर आदि कथाहरूले बालकमा उदारता, दया, करुणा, सेवा–भावना, परोपकार, त्याग र बलिदानको भावनालाई प्रोत्साहित गर्छ । रामायण, महाभारत तथा लोककथा र बोधकथाका पात्रले बालकको मानवीय संवेदनालाई उद्वेलित गर्छ, अतः शिक्ष्Fकको दायित्व यो हो कि यस्ता प्रसङ्गलाई शिक्ष्Fण–मूल्यको अभिवर्धनको दिशामा सफलतापूर्वक उपयोग गर्ने ताकि ज्ञात–अज्ञातमा कथा–प्रसङ्गका पात्रबाट बालकको चरित्रमाथि पूरा प्रभाव पर्न सकोस् ।
शिक्षण–संस्थामा आयोजित विभिन्न पाठ्य सहगामी क्रियाकलापद्वारा पनि बालमनलाई पुष्ट तथा जाग्रत गरेर त्यसलाई दिशा प्रदान गर्न सकिन्छ । शैक्षिक भ्रमण, बालमेला, स्काउटिङ, साहित्यिक र सांस्कृतिक कार्यक्रमको आयोजना पनि चरित्रनिर्माणको दृष्टिमा हितकर हुन्छ । प्रार्थनासभा, साक्ष्Fात्कार आदि कार्यक्रमलाई विशेष प्राथमिकता दिनुपर्छ । वर्तमान शैक्षिक पाठचर्यामा जीवन–विज्ञान विषय पनि सम्मिलित भएको छ, जुन नैतिक मूल्यलाई उमार्न अत्यधिक सहायक छ ।
प्राचीनकालमा बिग्रिएका राजकुमारमा नेतृत्व–क्षमता तथा मानवीय मूल्यको विकास गर्न शिक्ष्Fकको सान्निध्य महŒवपूर्ण हुन्थ्यो । समाजमा व्याप्त नराम्रोको निराकरण तथा शासक एवं समाजमा नैतिक उत्थानको लागि चारण, भाट तथा जागाको ओजस्वी वाणीद्वारा जनजागरणको उपक्रम रहेको छ । रामलीला, हरिश्चन्द्र नाटक तथा कथावाचकद्वारा लोक धुनको आधारमा जनजीवनमा जागरण पैदा भएको छ ।
शिक्ष्Fा र चरित्र–निर्माणलाई बाँडेर हेर्न सकिंदैन । यदि शिक्ष्Fाको निष्पत्ति चरित्र–निर्माण वा व्यक्तित्व–निर्माण होइन भने त्यो सही होइन । त्यसमा कुनै न कुनै त्रुटि छ । यस त्रुटिलाई पूरा गर्नु शिक्ष्Fासँग जोडिएका व्यक्तिको काम हो । विद्यार्थीमा बौद्धिक विकासको साथसाथै अनुशासन, सहिष्णुता, इमानदारी, दायित्वबोध, व्यापक दृष्टिकोण र व्यापक चिन्तनको विकास अवश्य हुनुपर्छ ।
एक चित्रकार अथवा मूर्तिकारलाई थाहा छ कि उसलाई के बन्नु छ, तब त्यो आप्mनो कार्यमा सफल हुन्छ । शिक्ष्Fक राष्ट्रमन्दिरको कुशल शिल्पी हो । शिक्ष्Fार्थी अनगढ माटोको समान हो । विद्यालय यिनीहरूलाई मजबुत इँटमा ढाल्ने कार्यशाला हो । शिक्ष्Fा त्यो विधा हो, जसबाट बालकलाई अनुकूल ढाल्न र राष्ट्रमन्दिरलाई सिङ्गार्न सबिन्छ । नैतिकता एवं मानवीय मूल्य पनि त्यो भाग हो, जसबाट यी काँचो इँटलाई मजबुती तथा सौन्दर्य प्राप्त हुन्छ, अन्यथा यसको अभावमा सुन्दरतापछि पनि काँचोपन अवश्यम्भावी हुन्छ ।
मानवीय मूल्यको अभावमा लुटपाट, चोरी–डकैती, आतङ्क तथा उग्रवादको बोलवाला भइरहेको छ र भ्रष्टाचार, व्यभिचार दिनदिनै बढ्दै गइरहेको छ । आज मनुष्य मनुष्यको दुश्मन भएको छ र जनसमुदायमा आपाधापीको बोलबाला छ । मानवीय संवेदनाको अभावमा आज प्रकृतिप्रति पनि मानिसको त्रूmर व्यवहार बढ्दो छ । फलस्वरूप प्रकृति पनि रिसाएको छ र मानव मात्र भय, आतङ्क, पीडा र दरिद्रताको सँघारमा पुगेको छ ।
सामाजिक जीवन एकदमै भयावह बन्दै गइरहेको छ । दुराचार, भ्रष्टाचार, बेइमानी र त्रूmरताको दानवले आतङ्कित गरिरहेको छ । छल, कपट, दुराचार, दुष्टता र अनाचारबाट पारस्परिक प्रेम–व्यवहार घट्दै गइरहेको छ । अतः पाठ्यक्रमका विभिन्न विषयमा यस्ता विषय–सामग्री समावेश हुनुपर्छ, जसले बालकलाई सुनागरिकताको पाठ पढाउन सकोस् । यस्तो पाठ्यसामग्रीको अन्त्य होस्, जसले दूधमा पानी मिसाउनुलाई लाभकारी ज्ञान बताउँछ ।
नारीप्रति आदरको भाव पाठ्यसामग्रीको माध्यमबाट विकसित गर्न सकियोस् । स्वस्थ मनुष्यमा स्वस्थ मस्तिष्कको निवास हुन्छ, अतः योग–प्राणायामलाई पनि अनिवार्यतः शिक्ष्Fणमा समाहित गर्नुपर्छ ।
इतिहास–पुरुषको जीवनशैलीबारे बालकलाई अवगत गराउनुपर्छ । शैक्षिक गतिविधिद्वारा अनुशासन, शारीरिक श्रम, सहकारिता तथा भाइचाराको भावनालाई प्रोत्साहित गर्नुपर्छ । संस्कार–शिविर तथा व्यक्तित्व–विकासको आयोजन, प्रेरक पुरुषको वक्तव्य तथा समूह–भावनालाई उद्वेलित गर्ने आयोजन बढीभन्दा बढी हुनुपर्छ, ताकि आजको बालक भोलिको संस्कारवान् नागरिक बन्न सकोस् र मानवीय मूल्यको स्थापनाबाट राष्ट्रिय चरित्रको उत्थान हुन सकोस् ।