अहिले देशमा विकासको नाममा कि विद्युत् आयोजना कि सडक निर्माणकै चर्चा छ । हुन पनि सडकले गर्दा नागरिकलाई विभिन्न रोजगार, बजार र उत्पादन खरिद–बिक्रीमा निकै सहुलियत हुन्छ । आजको विश्वमा विकास भन्नु नै पूँजीको निरन्तर र चातुर्दिक प्रवाह नै हो । जसरी मानिसलाई बाटो नभए गतिशीलता प्राप्त हुँदैन, त्यसैगरी पूँजीलाई पनि बाटो नै चाहिन्छ । र पूँजी नियमित चलायमान भइरह्यो भने विकास स्वतः हुन थाल्छ । पूर्व–पश्चिम राजमार्ग बन्नु अघि जुन ठाउँको विकासको कल्पना नै गर्न सकिएको थिएन, ती स्थान आजका दिनमा राम्रो बजारको रूपमा विकसित भइसकेका छन् । त्यहीं सबै कुराको उपलब्धता र साधन स्रोत भएर पनि बाटोको अभावमा समग्र तराईको विकास हुन सकेन । यसै तथ्यलाई नागरिकले हिजो बुझेको थियो आज राज्य पनि बुझेर वा बाध्य भएर बाटो निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । यसका लागि बाटो भएको ठाउँमा पनि तीव्रता र छोटो दूरीमा गन्तव्यमा पुग्न चौडा चाक्ला, अवरोधरहित थप बाटाहरू निर्माणको होड नै चलेजस्तो छ । निजगढ–काठमाडौं एक्सप्रेस हाइवे, समग्र तराईलाई समेटने गरी हुलाकी राजमार्ग र पूर्वमा तराई–पहाड जोडने तमोर करिडोरमा बाटो निर्माण हुन थालेको छ ।
हामीले भोगेको कुरा हो, मनाङमा फल्ने स्याउले बाटोको अभावमा बजार पाउन नसक्दा किसानहरूले स्याउका बगैंचाका बगैंचा काटेर करेसाबारी बनाउनुप¥यो । विपी राजमार्ग नबनुन्जेल सिन्धुलीमा पर्याप्त मात्रामा जुनार पाइन्छ भन्ने कुरा कसैलाई थाहा थिएन । लालबन्दी क्षेत्र गोलभेंडाका लागि प्रख्यात र पूर्वका फाँटहरूमा आमको फसलको व्यवसाय नै हुन्छ भन्ने कुरा धेरै पछि थाहा भयो । त्यसैगरी सिम्रौनगढको तरकारी पटनासम्म त पुग्न सक्ने तर गतिलो बाटोको अभावमा वीरगंज पुग्न धौधौ पर्ने अवस्था आज पनि कमोबेस कायम छ । किनकि बाटो छैन । बाटो छ भने पनि भारतजस्तो सस्तो सवारीको साधन रेल छैन । ऊर्जाको कमीले गर्दा अरू विकासको कल्पना त के हामीले बाटोको उपयोग पनि महँगो दरमा गर्नुपर्ने बाध्यता छ । सवारी साधन बाहिरबाट आयात गर्नु, त्यसलाई चलाउन पेट्रोलियम पदार्थ पनि बाहिरबाट आयात गर्नु नै अन्य ठाउँको तुलनामा नेपालमा महँगी बढनु त स्वतः देखिएकै छ, विकासको गति पनि मन्द छ । त्यसैले बाटो र ऊर्जाको सँगसँगै विकास हुनु आवश्यक छ । नेपालमा जति विद्युत् ऊर्जा उत्पादन हुन सक्छ, त्यसको उपयोग देशले मात्रै गर्ने हो भने सानो मुलुकलाई विकास गर्न धेरै समय नै लाग्दैन । यद्यपि नेपालको आप्mनै विवशता, सुस्तता, कमजोर इच्छाशक्ति आदि कारणले यी काममा अहिले केन्द्रित भए तापनि सुस्तता देखिन्छ ।
जुन दिन तराईको फाँटमा हुलाकी सडकले पूर्णता पाउने छ, जुन दिन एक्सप्रेस हाइवे बन्नेछ, जुन दिन तमोर करिडोरमा पक्की सडक बन्नेछ, जुन दिन नेपाल–चीन सिमानासम्म सडक सञ्जाल फैलने छ, यहाँको नागरिकले रोजगारका लागि विदेश धाउनुपर्ने छैन, यहाँको विकासले अन्य मुलुकको सहयोगका लागि हात पसार्नुपर्ने छैन । यो काम त प्रगतिको स्वाभाविक गति अनुसार विस्तारै हुने नै छ, हो राज्य सञ्चालन गर्नेहरूमा इच्छाशक्ति, कर्मचारीतन्त्रमा शून्य भ्रष्टता र नागरिक समाजमा दबाब सिर्जना गर्ने ऊर्जा प्रवाहित हुनेछ केही वर्षमा नेपालको काँचुली फेरिने छ ।