प्रस, परवानीपुर, १४ माघ/
बारा–पर्सा औद्योगिक करिडोरका सिमेन्ट उद्योगका लागि क्लिंकर आयातमा रक्सौलबाट रोक लागेपछि यहाँका व्यापारीहरूले मुज्जफरपुरलाई डेस्टिनेशन बनाएका छन् ।
करिब १० दिनदेखि मुज्जफरपुर नारायणपुर रेल्वे स्टेशनबाट व्यापारीहरूले क्लिकंर ल्याउन थालेका हुन् । वीरगंज उद्योग वाणिज्य सङ्घ वीरगंजका सचिव माधव राजपालका अनुसार नेपाली सिमेन्ट उद्योगले विकल्पको रूपमा सडकमार्ग रोज्दै विहारको मुज्जफरपुरबाट हाल क्लिकंर आयात गरिरहेका छन् ।
यस करिडोरको विश्वकर्मा, नारायणी, अम्बे, शालिमारलगायत ठूला सिमेन्ट उद्योगले सोही स्थलबाट क्लिंकर ल्याइरहेको उनले बताए । गत डिसेम्बर २० देखि रक्सौल रेल्वे साइडिङबाट क्लिकंर लोड–अनलोडमा रोक लागेको थियो । केही महँगो परे पनि उद्योग धान्न नारायणपुर रेल्वे साइडिङबाट ट्रकमा क्लिकंर ल्याइरहेको उनले बताए ।
त्यहाँबाट क्लिकंर मगाउँदा प्रतिटन २ हजार देखि २५ सय रुपियाँँ महँगो परेको उनको भनाइ छ । एक ¥याक माल पाँच दिनभित्रै नेपाल आउने जानकारीसमेत उनले दिए । हालै भारतको विभिन्न राज्यबाट प्रतिदिन ३ वटासम्म क्लिकंर बोकेको रेल्वे ¥याक मुज्जफरपुर आउन लागेको भारतीय रेल्वे साइटले जनाएको छ ।
चारवटा ¥याक मुज्जफरपुरको लागि बाटोमा आउँदै गरेको उद्योगीहरूले बताएका छन् । सडकमार्ग भएर मुज्जफरपुरबाट क्लिंकर आउन थालेपछि नेपाली उद्योगले राहत महसुस गरेको छ । सिमेन्ट उद्योग बन्द हुन लागेको अवस्थामा क्लिकंर भित्रिन थालेकोले उद्योग सञ्चालनमा सहजता भएको हो ।
वीरगंजदेखि मुज्जफरपुर एक सय ५ किलोमिटर पर्छ । रक्सौलबाट क्लिंकर भित्रिंदा नेपाली ढुवानी व्यवसायीलाई फाइदा हुन्थ्यो भने हाल भारतीय गाडीबाट क्लिंकर ल्याउनुपर्दा भारतीय ढुवानीकर्तालाई फाइदा भइरहेको छ ।
रक्सौलको अवरोध खुलाउन पहल
नेपाली सिमेन्ट उद्योगका लागि रक्सौलबाटै क्लिंकर आयात फेरि खोल्ने दुई देशबीच पहल भइरहेको छ ।
नेपालमा रेलबाट क्लिंकर झार्न भौतिक पूर्वाधार नबनेसम्म रक्सौलबाटै क्लिंकर ल्याउने नेपाल–भारत वाणिज्य मन्त्रालयस्तरीय पहल भएको उद्योगीले बताएका छन् ।
“एक साताभित्रै रक्सौलबाट क्लिंकर ल्याउने सम्भावना छ”–वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोक वैद्यले भने । “नेपाल सरकारले एउटा निश्चित समयभित्र क्लिंकर झार्न पूर्वाधार बनाउने प्रतिबद्धता गरे
भारतले रक्सौलबाट सो अवधिसम्म क्लिंकर ल्याउन दिने सङ्केत गरेको छ”–उनले भने।
रक्सौलबाट क्लिकंर आयात खुला गर्ने विषयमा दुवै देशबीच उच्चस्तरीय पहल भइरहेको उनले बताए । भारतले सिर्सिया सुक्खा बन्दरगाहभन्दा १० किलोमिटर उत्तरमा जग्गा खोजेर डस्टी कार्गाे झार्ने यार्ड बनाउन आग्रह गरेको छ । यार्ड र रेल पटरी निर्माण गर्ने प्रतिबद्धता पनि भारतीय सरकारले गरिसकेको छ । ‘यसमा नेपाली सरकारले जति चाँडो प्रतिबद्धता गर्छ, त्यतिकै चाँडो रक्सौलको अवरोध खुल्छ’–उनले भने ।
हाल रक्सौलबाट क्लिंकरबाहेक कोइला, जिप्सम,प्mलाइएस, बोराबन्द सामान र फलाम ट्रकमैं आउँछ ।