प्रमोद यादव, रङ्गपुर, १६ माघ/
पर्साको राष्ट्रिय वनसँग सीमा जोडिएका खोलाहरूबाट मनोमानी ढङ्गले गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गरेर क्षमताभन्दा बढी ट्याक्टरमा लोड गरी ओसारपसार हुँदा ग्रामीण सडकहरू खाल्डाखुल्डीमा परिणत भएको छ ।
जिल्ला समन्वय समिति पर्साले एक वर्षको लागि पर्साको ५ खोला भलुवाही, जमुनिया, कर्जनिया, सिङयाही, भेडाहाबाट ३ करोड ४० लाखमा ठेक्का गरेको लेखा अधिकृत हरि राउतले बताए ।
ठेकेदारले खोलाहरूबाट जथाभावी गिट्टी, बालुवा, ढुङ्गा उठाउँदा खोला पोखरीजस्तो भएको छ ।
बढी गहिराइमा ढुङ्गा, बालुवा, गिट्टी र रूखको जरा उत्खनन गर्ने प्रावधान नभए पनि ठेकेदारले दुईपट्टी जङ्गल रहेकोले रूखको जरासम्म उत्खनन गरेको जिल्ला वन कार्यालय, पर्साको संरक्षण तथा सदुपयोग शाखाका प्रमुख बशिष्टनारायण पटेलले बताए ।
ठेकेदारले खोलामा होर्डिङ्गबोर्ड लगाउनुपर्ने, पूर्जी काटने कर्मचारीलाई पोशाक, परिचयपत्र, ओभरलोड नगर्ने, प्रतिघनफिट नापेर पूर्जी काट्नुपर्ने प्रFवधान भए पनि ठेकेदारहरू मनपरी कार्य गर्दै आएका छन् ।
टेलरमा जति लोड गरे पनि १ सय ३१ घनफिटको रु ६०० काटने गरेका छन् । कुनै टेलरमा १००, १२०, १३५, १४० सम्म अटने हुँदा ठेकेदारले बिना नाप अन्दाजी पुर्जी काटने गरेकोले ओभरलोडको कारण सडक खाल्डाखुल्डीमा परिणत भएको छ । यसबाट यातायातमा समस्या र दुर्घटनाका सम्भावना रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।
जिल्ला समन्वय समिति, पर्साले अनुगमन नगर्दा ठेकेदारले जथाभावी कार्य गर्दा प्रFकृतिक सम्पदा खतरामा परेको छ । यस विषयमा प्रहरी, प्रशासन, वन, जिल्ला समन्वय समितिको ध्यानाकर्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।