प्रतिकूलतामा अनुकूलता खोज्नु विवेकशील मानिसको धर्म र कर्म हो। प्रतिकूलता जहाँ पनि हुन्छ। प्रतिकूलतालाई जितेर मात्र मानिस मानिस बन्दछ। प्रतिकूलतालाई गाली गरेर बसिराख्यो भने उपलब्धि शून्य मात्र हुन्छ। आज हाम्रो लागि जे प्रतिकूल छ, त्यो अरूको लागि अनुकूल हुन सक्छ । हामीले आप्mनो अनुकूलता खोज्न थाल्यौं भने अरूको लागि त्यो त्यसैगरी प्रतिकूल बन्न जान्छ। तर प्रतिकूलतालाई सहज स्वीकार गरियो भने त्यो मानव धर्मसापेक्ष मानिंदैन। एउटा व्यक्ति लङ्गडो छ भने हिंडन सक्दिनँ भनेर बसिराख्यो भने कुँजिन्छ। अन्धोले आँखा नदेख्दा केही गर्नै नसक्ने होइन । त्यसका लागि प्रयत्न गर्नुपर्छ, वैशाखी बोक्नुपर्छ र अन्तर्चक्ष्Fु उघार्नुपर्छ। प्रगतिशीलता भनेको त्यही हो। प्रगति कसैलाई पनि अनायास प्राप्त हुँदैन। प्रगतिका लागि गरेको प्रयासले त्यही क्ष्Fेत्रमा नभए पनि अर्को क्ष्Fेत्रमा सफलता दिलाउँछ नै। विद्यालयमा सानो विद्यार्थी छँदा सबैले डाक्टर, इन्जिनियर, सिई, सिए, ठूलो व्यापारी, उद्योगपति बन्ने लक्ष्य राखेका हुन्छन्। तर कतिजना सफल हुन्छन् ? जो असफल हुन्छन् के तिनीहरूको जीवन व्यर्थ हुन्छ ? धेरैले त लक्ष्य अनुसार सफलता प्राप्त नगर्दा त्यसभन्दा बढी अवसर र सुख प्राप्त गर्दछन्।
आज शहीद दिवस हो। शहीदहरूले सुख, शान्ति र समृद्धिका साथ जिउन पाउँ भनेर आन्दोलन गरेका हुन्छन्। आन्दोलनको क्रममा मारिनुपर्ला, अङ्गभङ्ग होला भन्ने सम्भावना सोचेको भए कसैले आन्दोलन नै गर्ने थिएन। एउटा व्यक्ति जब आन्दोलन गर्न जान्छ र मारिन्छ भने के उसको जीवन असफल भयो ? त्यस्तो कहिले पनि हुँदैन। उसको जीवनलाई अझ सबैभन्दा राम्रो र सार्थक जीवन मानिन्छ। मर्नु मानवको लागि प्रतिकूलता हो, बाँच्नु र समृद्धि हासिल गर्नु अनुकूलता । तर मारिने एकजनाको प्रतिकूलताले धेरैलाई अनुकूलता दिएको हुन्छ। मानव जीवनको सार्थकता त्यही हो। शहीद हुनु एकजनाको लागि प्रतिकूल अवसर हो भने त्यसबाट आएको परिवर्तनले समग्रको अधिकार र अवसरलाई फराकिलो पार्न सक्नु अनुकूलता हो। फरक सोचको मात्र हो। फरक सङ्घर्षशील हुने भावको हो। चितवन जिल्लाले पनि राजधानी बन्ने सपना पालेको थियो, नभएपछि जीवन्तता देखाउँदै आर्थिक राजधानी बन्ने सपना बोकेर नयाँ सोच, जोश र उमङ्ग धारण ग¥यो। राजधानी बन्न नपाएर किरियापुत्री बसेन।
तर हाम्रो सोच प्रतिगामी छ। हामी आपूmलाई जति प्रगतिशील सोच्छौं, कार्य र रचनाशीलतामा त्यति नै प्रतिगामी छौं। हामी लिक छोडन चाहँदैनौं। लिक नछाडेसम्म हामी समृद्ध बन्न सकौंला, सुखी बन्न सक्दैनौं। लिक भनेको परम्परागत सोचका साथ जीवनयापन गर्नु, एउटै लहडमा रल्लिनु हो। परिवर्तनका लागि सङ्घर्ष गर्नुपर्छ, जुझारु बन्नुपर्छ । आगो बलेको बेला नतात्ने, आगो निभेपछि ताप्के जति ठटाए पनि तेल तात्दैन। यो विवेकशीलता हो। राजनीति त अझ चतुर हुन्छ। चतु¥याइँमा चुकेपछि विवेकशील बन्नुपर्छ । अरण्यरोदनले मन हलुको हुन सक्ला, बिहडबाट निकास सम्भव हुँदैन। शहीदहरूले स्वार्थत्यागको बाटो देखाएर सर्वतोमुखी कल्याण सम्भव हुन्छ भन्ने सन्देश दिएका छन्। तिनले देखाएको मार्गमा हिंडन सके तिनलाई सच्चा श्रद्धाञ्जलि दिएको ठहर्छ। आजको दिन शहीदहरूलाई स्मरण गर्दै नयाँ बाटोमा हिंडने प्रण गरौं, यही पाइला सार्थक हुनेछ।