प्रस, वीरगंज, १४ माघ/
वीरगंज–पथलैया सडकखण्ड अन्तर्गत गण्डकदेखि परवानीपुरसम्म निर्माण भइरहेको ६ लेन सडक विस्तारको काम रोकी नम्बरी जग्गाको मुआबजाको माग गर्दै परवानीपुरवासीले ज्ञापनपत्र बुझाएका छन् ।
परवानीपुरका बासिन्दाले आज जिल्ला प्रशासन कार्यालय, पर्सा र सडक विभाग, आयोजना निर्देशनालय, एडिबी सबरिजनल कार्यालय, पथलैयामार्पmत् भौतिक योजना तथा निर्माण मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
हाल निर्माणधीन वीरगंज–पथलैया सडक ६ लेन सडक विस्तार कार्य अन्तर्गत सडक विभागले उचित मुआबजा नदिई काम गरिरहेको भन्दै गत बिहीवारदेखि काम रोका गरिएको थियो । परवानीपुरमा जबरजस्ती घर–टहरा हटाएर सडक विस्तार गरिएकोले काम रोकिएको परवानीपुरका स्थानीय बासिन्दा रविकुमारले बताए ।
नागमणि उपाध्यायले नम्बरी जग्गाको मूल्याङ्कन गरी उचित मुआब्जा सहित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेसाथै मागको बेवास्ता गरी सडक निर्माण कार्य जारी राखे आन्दोलन गर्न बाध्य हुने ज्ञापनमा उल्लेख छ ।
यस अघि व्यापारिक राजमार्ग सडक विस्तार योजना कार्यालय पथलैयाले पथलैयादेखि वीरगंजसम्म सडक विस्तार कार्य अघि बढाउँदा जीतपुरवासीले पनि चाहिनेभन्दा बढी नम्बरी जग्गा च्यापेको भनी विरोध गर्दा सडक निर्माण कार्य रोकिएको थियो । नेपाल सरकारले सडक विस्तारका लागि २०६३ सालमै जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको छ ।