प्रस, निजगढ (बारा), १६ माघ/
निजगढ नगरपालिका–१ भरतगंज सिगौलबाट काठ तस्करीमा संलग्न एकजनासहित डेढ लाख बराबरको काठ इलाका प्रहरी निजगढले मङ्गलवार बिहान बरामद गरेको छ ।
पक्राउ पर्नेमा भरतगंजसिगौंलका १८ वर्षीय मेसी भनिने अक्षय कुमर रहेको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ । इप्रका निजगढबाट सादा पोशाकमा खटेका प्रहरी अनिल साहले टायरगाडामा काठ तस्कर गरिरहेको अवस्थामा सालको चिरान काठ, गोरुसहित कुमरलाई नियन्त्रणमा लिएका थिए । इप्रका निजगढबाट खटेको प्रहरीले नियन्त्रण लिएलगत्तै सिगौल अस्थायी प्रहरी चौंकीबाट थप सुरक्षाकर्मी मगाएका थिए ।
टायरगाडामा लोड १५ थान सालको चिरान कडी र चिरानस्थलबाट ५ थान सालको गोलाइ बरामद भएको इलाका वन कार्यालय, सिगौंलका सहायक वन अधिकृत संयोग बस्नेतले जानकारी दिए ।
चिरान काठ र गोलाइ गरी लगभग ५० क्युफिट काठ रहेको र यसको बजार मूल्य करिब १ लाख ५० हजार हुन्छ ।
निनपा–१ भरतगंजसिगौंल काठ चोरी तस्करीका लागि अखडा मानिंदै आए पनि काठ तस्करीमा संलग्नसहित प्रहरीले यसरी पक्राउ गरेको यो शायद पहिलो पटक हो ।
स्थानीय काठ तस्करहरूले जङ्गलबाट सालका गोलाइ चोरी तस्कर गरी ल्याउने र स्थानीय गाँउलेलाई धम्क्याउँदै चिरान गरी बिक्री गर्ने गरेको स्थानीयले सञ्चारकर्मी, वन सुरक्षाकर्मी र प्रहरीलाई बताएका छन् । स्थानीय समाजसेवी अमिरीलाल चौधरी र डुढे भनिने लक्ष्मी गुरोले स्थानीयलाई धम्क्याउँदै काठ ल्याउने र चिरान गर्ने गरेको स्थानीयले बताए । आपूmले यस्तो अवैध कार्य गर्ने नगरेको प्रतीक संवाददाताको प्रत्यक्ष भेटमा चौधरीले प्रतिक्रिया दिए ।
तस्करहरूले वीरबहादुर बमजन र रामचन्द्र मोक्तानको घर पछाडि काठ चिरान गर्ने अखडा बनाए पनि उनीहरूले कसैलाई जानकारी दिएका थिएनन् । केही वर्ष यतादेखि नैं सो स्थानमा अवैध काठ चिरान गर्ने गरेको स्रोतले बताएको छ ।
सिंगौलमा वन कर्मचारी र प्रहरीकै संरक्षणमा काठ चोरी–तस्करी हुने गरेको आरोप लागे पनि पछिल्लोपटक काठ तस्करीमा संलग्न पक्राउ परेका हुन् । यस अघि यस बस्तीमा छापामारी गरी काठ, गोलाइ बरामद हुँदै आए पनि एक/डेढ वर्ष यता जिल्ला वन कार्यालय बाराले छापामारी गर्न चासो देखाएको छैन ।