$type=ticker$count=12$cols=4$cate=0

सङ्घीयता ः सुशासन र अन्तर्य

SHARE:

ओमप्रकाश खनाल
    भ्रष्टाचार सुशासनको अवरोध मात्र होइन, समकालीन द्वन्द्व र अस्थिरताको मुख्य कारण पनि हो । सुशासनको अभाव र अवसरहरूको असमान वितरणकै कारण राजनीतिक, आर्थिक एवं सामाजिक अन्तर्विरोधहरूले बढावा पाइराखेको तथ्य अघिल्तिरै छ । यो परिदृश्यमा हामी राजनीतिक र आर्थिक अधिकारहरूको विकेन्द्रित अभ्यासको प्रारम्भिक चरणमा प्रवेश गरिराखेका छौं ।
    भ्रष्टाचार आज विश्वव्यापी समस्या बनेको छ । अतिविकसित भनिएका देशमा भ्रष्टाचारका अनेक आयामहरू उद्घाटित भइराखेका छन् । तर हामीजस्तो अल्पविकसित देशका बासिन्दाका निम्ति यसको सकस तुलनात्मक अधिक हुनु सामान्यजस्तै भइसकेको छ ।
    भ्रष्टाचारविरोधी अभियानमा लागिपरेको ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वका १७६ देशलाई समेटेर तयार पारेको भ्रष्टाचार सूचकमा नेपाल १३१औं स्थानमा छ । यो बढी भ्रष्टाचारमा ४५औं नम्बरमा हो । यो तथ्य मात्र पनि वैयक्तिक स्वार्थका लागि अधिकारको दुरुपयोगको सघनता भेउ पाउन पर्याप्त हुन सक्छ । अध्ययनहरूले भ्रष्टाचारको आयतन विस्तार भइराखेको देखाइरहेका छन् ।
भ्रष्टाचारजन्य सञ्जाल यति विकृत स्वरूपमा देखा परिराखेको छ कि यसलाई सामान्यीकरण गरिंदैछ । अकुत आर्जनलाई व्यक्तिको सामथ्र्यसित जोड्ने खतरनाक मनोविज्ञान स्थापित भइराखेको छ । एउटा इमानदार राजनीतिकर्मी, राष्ट्रसेवकको सामथ्र्य उसले के गर्न सक्यो भन्दा पनि कति कमाउन सक्यो कि सकेन भनेर आँकलन गर्ने गलत परिपाटी बस्नु सुशासनको अवसानबाहेक अन्य केही होइन ।
    भ्रष्टाचारलाई राजनीतिक, उच्च तहमा हुने नीति तथा प्रक्रियागत र तल्लो तहमा वर्गीकरण गरिएको छ । नेपालका सन्दर्भमा केही अघिसम्म तल्लो तहको भ्रष्टाचारलाई सुशासनको मुख्य अवरोध मानिएकोमा अहिले आएर राजनीतिक संरक्षणमा मौलाएको नीतिगत र प्रक्रियागत भ्रष्टाचारले राज्यका हरेक अङ्गहरू थिल्थिलो भइराखेका छन् ।
    राजनीतिक सहभागिता र संरक्षण प्राप्त उच्च तहको भ्रष्टाचार नीति र व्यवस्थाको छिद्रको दुरुपयोगबाट भइराखेको छ । विकासमा बाह्य निर्भरता भ्रष्टाचारको अर्को मुख्य कारण हो । एकपक्षीय सहयोगमा तल्लीन थोरै देशको अधिक हस्तक्षेपले अनेक अवरोध सामना गर्नुपरिराखेको छ । यो स्वार्थ समूहले राजनीतिक तहको वैयक्तिक स्वार्थमुखी चरित्रलाई दुरुपयोग गरेको बुभ्mन धेरै दिमागी कसरतको खाँचो पर्दैन ।
    राजनीतिलाई भ्रष्ट बनाउँदा आप्mना उद्देश्यको अवतरण सहज हुने भएकैले यस्ता समूहहरू राजनीतिमा हाबी भइआएका छन् । राजनीतिक तहको भ्रष्टाचार विकासशील देशहरूको विकास सपनाको अवरोध हो । भ्रष्ट शासक मात्र दाताको रुचि अघिल्तिर लम्पसार पर्न तत्पर हुन्छन् । यसै कारण राजनीतिक औजारको माध्यमबाट सिङ्गो समाजलाई भ्रष्टीकरण गर्दै यसलाई सामान्यीकरणतिर लैजाने कुत्सित अभिप्रायले यो समस्या दिनैन्दिन जटिल बन्दै गइराखेको छ ।
    सुशासन र विकासका नाममा मुलुकमा पटकपटक राजनीतिक परिवर्तन भएपनि त्यसले नेता र तिनका सीमित कार्यकर्ताको जीवनस्तर सुधारबाहेक अन्य रचनात्मक परिणाम दिन सकेन । जो सत्तामा पुगे पनि उनीहरूले राज्यको स्रोत साधनको दुरुपयोग र अकुत आर्जनलाई नै मुख्य ध्येय बनाए । देश र जनताको वृहत्तर हितमा ध्यान दिइएन । त्यसका कानूनी र आर्थिक स्रोतहरू निहित रुचिमा दुरुपयोग भइराखेका छन् ।
    अन्य तथ्य जुटाइराख्नुपर्दैन । २०४६ सालको राजनीतिक परिवर्तनपछि सबैभन्दा बढी सत्तामा बसेको राजनीतिक दलका नेताहरू नै भ्रष्टाचारमा बढी दोषी ठहर भएका छन् । त्यसयता राजतन्त्रलाई भ्रष्टाचार र अविकासको कारण भनियो । तर राजतन्त्र अवसान भएको दशकको अवधिका राज्य सञ्चालकहरूबाटै भइराखेको मनपरी कसैबाट लुकेको विषय रहेन ।
    मिडिया र नागरिक समाजको कडा प्रतिवादका बाबजुद लोकहितविपरीतका कानून पारित भएकै छन् । जनताले जतिसुकै विरोध गरे पनि नेतृत्वको स्वार्थ समायोजन हुँदासम्म सुशासनलाई दूरगामी प्रतिकूल प्रभाव पार्ने निर्णयहरू आएकै छन् । सीमित स्वार्थका लागि लिइएका जथाभावी नीति र निर्णयका फेहरिस्त छोटो छैन ।
    राजनीति जनताको हितभन्दा सत्ता र शक्तिको निकट रहेकाहरूको स्वार्थ प्रवद्र्धनको औजार मात्र बन्यो । यसबाट गलत आचरणले प्रश्रय पाएकोमा कुनै प्रकारको द्विविधा बाँकी रहेन । प्रजातान्त्रिक पद्धति सुशासन र आर्थिक समृद्धिको आधार हुनुपर्नेमा राजनीतिले यसलाई भ्रष्टाचारको पर्याय बनाइराखेको छ ।
    जनताबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि र ती प्रतिनिधिबाट सञ्चालन हुने निकाय लोकतन्त्रका आधार हुन् । यस्ता आधार निर्माणको पारदर्शी प्रक्रियाले मात्र यसको प्रभावकारिता तय हुने हो । जनताले तिनै अङ्गबाट सुशासनको अनुभूति गर्ने हुन् । तर यो उद्देश्यमा अपनाइएको उपायले सुशासन र विकासलाई बल पु¥याइराखेको छ त ? चुनावी परिदृश्यमा देखिएको पैसा र प्रभावको चलखेलले लोकतन्त्रको सुन्दरतालाई धूसरित तुल्याउने काम गरेको छैन ? राजनीतिमा पैसाको अगाडि विचार र निष्ठा निरीह बनिराखेको अवस्थामा बोलावाला कायम हुने भनेको भ्रष्ट आचरणकै हो ।
    राजनीतिक पार्टीका निर्णयदेखि जनताबाट अनुमोदित हुने प्रक्रियासम्म पैसाको प्रभाव निर्णायक हुने स्थितिमा त्यसको परिणाम के होला ? चुनावी दृश्य यतिसम्म विकृत देखियो कि उम्मेदवारले आप्mनै पार्टीका कार्यकर्ताको समर्थन जोगाइराख्न पैसाको खोलो बगाउनुपर्ने अवस्था थियो । आर्थिक अपचलनबाट आर्जित पदको उपादेयता र अभीष्ट के हुन सक्ला ? अनुमान त्यति असहज पनि छैन ।
    पैसामा मत बेच्नेले विकास र सुशासनको अपेक्षा राख्ने नैतिक धरातल पनि बाँकी राख्दैनन् । यस अर्थमा राजनीतिमा मौलाएको भ्रष्टीकरण निवारणका निम्ति जनतामा चेतनाको ओज सघन हुन जरुरी छ । जनता सचेत र इमानदार भइदिने हो भने नेता र राजनीति सच्चिन कर लाग्थ्यो । तर त्यो आवश्यकताको चेत सदूरसम्म पनि प्रकट भइराखेको छैन । विकृत संस्कारको विस्तारको दर भने तीव्र छ । समाज जस्तो छ, त्यसका अवयवहरूको प्रारूप पनि त्यस्तै हुने हो । समाजका समग्र आयामहरूमा सुधारका खाँचो खट्किएको छ ।
    राजनीतिले चुनावी माहोलमा सुशासनलाई जोडतोडले उठाउने गरेको छ । तर राजनीतिक दृश्यावलीमा आर्थिक चलखेल सघन भइराखेको अवस्थामा यो प्रतिबद्धतामा कसरी आश्वस्त हुन सकिएला ? पैसाको टेकोमा पदमा पुग्नेले पदलाई सुशासन र विकासको माध्यम बनाउँछ कि आर्थिक पूर्तिको माध्यम ? उत्तर असहज छैन । चुनावी प्रतिबद्धताको वैधानिक आधार नहुँदा जे बोले पनि हुने भएको छ ।
    प्रकारान्तरले भ्रष्टाचार निवारण र सुशासनको प्रत्याभूतिमा राजनीतिक सतर्कता र कुशलताबाटै बढी सम्भव छ । राज्य सञ्चालनका नीति/नियम बनाउने राजनीतिले नै हो । त्यो तहको वैधानिक अधिकार राजनीतिमा निहित हुन्छ । यस कारण पनि सबैभन्दा पहिला राजनीतिक र सामाजिक प्रतिबद्धताको खाँचो पर्छ । सुशासनको अभीष्टमा इमानदार राजनीति र आर्थिक चलखेलमुक्त नेतृत्व चयन पद्धतिको विकास हुन सके सुशासन संस्थागत हुनेछ । नीतिगतरूपमैं भ्रष्टाचारका छिद्र समाप्त पारिनुपर्दछ ।
नीति निर्माण र निर्णय प्रक्रियामा समावेशीकरण राजनीतिक आवरणमा हुने भ्रष्टाचारको उपचार हुन सक्छ । यसनिम्ति समावेशी अवधारणाको सार्थक कार्यान्वयन जरुरी छ । राजनीतिक आग्रह र आर्थिक चलखेलमा आधारित समावेशी चरित्रको भरमा निकास सम्भव हुँदैन । शक्ति सन्तुलनको अवधारणा र अभ्यासलाई स्वस्थ बनाउन सके मात्र पनि सुशासनको उद्देश्यमा बल पुग्न सक्छ । तर हामीकहाँको निकट अनुभव अपेक्षित र सुखद दुवै छैन ।
    भ्रष्टाचारविरोधी सङ्घ/संस्थाले सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक तहमा भइराखेको प्रतिवेदन अगाडि नल्याएका होइनन् । विकेन्द्रीकरणको समुचित कार्यान्वयन भ्रष्टाचार नियन्त्रणको औजार बन्न नसक्ने होइन । तर त्यसका लागि नेतृत्वमा इच्छाशक्ति र इमानदारीको अभाव छ । विकेन्द्रीकरणले भ्रष्टाचारलाई झन् विकराल बनाएर द्वन्द्वमा धकेलिएका उदाहरण पनि नभएका होइनन् । सङ्घीयता सुशासन र विकासको सट्टा विग्रहका कारण बनेका अनुभव पनि विश्वराजनीतिमा दर्ज भएकै छन् ।
    अहिले सङ्घीयतालाई विकास र सुशासनको औजार भनिएको छ । तर सुरुआती झाँकीहरूले यसको सहज भविष्यलाई सङ्केत गर्दैनन् । कार्यान्वयनअघि नै औचित्यमा प्रश्न उठिराखेको छ । राजनीतिक नेतृत्वमा सुशासन र जनमुखी प्रशासनप्रतिको दृढ प्रतिबद्धता र कार्यान्वयनमा इमानदारीबिना दीर्घकालीन स्थायित्व सम्भव नहुन
सक्छ । यmपजबलब२िनmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सङ्घीयता ः सुशासन र अन्तर्य
सङ्घीयता ः सुशासन र अन्तर्य
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhZEll63BYAa_TGNiDUGnz9k-oZdL22HB1BMMoQfq-dmnMbJvtQ8Y3swpjGRjIeGmOg-_WYFq2xm5VZZVA8BZsa1u1jLOCslVa76b_igiLUFezO4Zx6Q3XKakvhyphenhyphen7U85s95VZgMoRRJ_-Rj/s200/omprakash+khanal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhZEll63BYAa_TGNiDUGnz9k-oZdL22HB1BMMoQfq-dmnMbJvtQ8Y3swpjGRjIeGmOg-_WYFq2xm5VZZVA8BZsa1u1jLOCslVa76b_igiLUFezO4Zx6Q3XKakvhyphenhyphen7U85s95VZgMoRRJ_-Rj/s72-c/omprakash+khanal.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/01/blog-post_418.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/01/blog-post_418.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy