प्रस, सिम्रौनगढ, १५ माघ/
सिम्रौनगढ नगरपालिका–६ को प्रसिद्ध गोरुबजार लोप हुने अवस्थामा पुगेको छ । यो गोरुबजार नेपालकै प्रसिद्ध गोरुबजारमध्ये एक हो।
यहाँ प्रत्येक साता सोमवार र शुक्रवार ठूलो बजार लाग्ने गर्दछ। जहाँ हजारौको सङ्ख्यामा गोरुको खरिद–बिक्री हुन्थ्यो। हाल यो प्राचीन गोरुबजार लोप हुँदैछ।
यस गोरुबजारबाट नेपाल–भारतका सयौं कृषक लाभान्वित हुन्थे। खेतीको लागि गोरु खरिद–बिक्री, बिचौलियाहरूको भीड, गोरुको डोरी, घन्टी, बेल्ट, चाबुक, कौडिहार, झुलन, गोरुको नङ काटने र सिङ्ग बनाउने तथा गोरुको गोबर उठाउने, बिक्री भएका गोरुहरूलाई ट्रायल गराउने, हलो, पालो, परिहत बेच्ने र बनाउनेहरू आजभोलि बेरोजगार भएका छन्।
गोरु बजार लोप हुनुको मुख्य कारणमध्ये आधुनिक खेती प्रविधिको विकास हुनु नै हो। ट्याक्टर, रोटाभेटर, कम्प्लानबाट खेती गर्दा गोरुहरूको खरिद–बिक्री कम भएको छ।
अहिले पनि कतै–कतै साना कृषकहरूले गोरुबाट नै खेती गर्छन्। साथै टायरगाडा, काठेगाडा, ठेला, कोल्हु आदिमा गोरुको प्रयोग भइरहे पनि हाल नेपालका गोरु, गाई, बाच्छा भारत र बङ्गलादेशतिर तस्करी भइरहेका कारण बजारमा गोरुको अभाव भएको छ।
गोरु बजार सुनसान हुँदा स्थानीयवासीले बजारको जग्गा अतिक्रमण गरी कच्ची घर, टहरा बनाएर बसोवास गर्न थालेपछि दुई बिघा १० कठ्ठामा रहेको गोरुबजार पाँच कठ्ठामा सीमित भएको छ।
बजार व्यवस्थित नहुँदा पानी जम्ने, स्थानीयले निजी पशु गोठ बनाउने, पराल थुपार्ने आदि गरेको कारण ऐतिहासिक गोरुबजार लोपोन्मुख भएको छ।
पाँच दशकपूर्व यस ठाउँमा सयौं आँपका रुख र बाँदर थिए। जसको कारण यो स्थान बाँदरगाछीको नामले चर्चित रहेको स्थानीय वृद्धहरू बताउँछन् ।
गुठी संस्थान अन्तर्गत रहेको यो जग्गा यहाँको शक्तिपीठ कङ्कालीमाई मन्दिरको सम्पत्ति हो।