यद्यपि सरकारले अहिले गरेका र गर्ने निर्णयहरूलाई नराम्रो मान्न सकिंदैन, तर आफैंले कार्यान्वयन गर्नु नपर्ने र अरूलाई बोझ हुने किसिमको निर्णय गरेर व्यक्तिको रूपमा कोही सन्तुष्ट हुन सक्ला, समग्र देश र आउने सरकारहरूको लागि यी निर्णयहरूले विपत्ति ल्याउने स्पष्ट देखिन्छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउने उमेर ५ वर्ष घटाएर ६५ वर्ष गर्नु र एकल, अपाङ्ग महिलाको उमेर ५५ वर्ष पु¥याउनुमा सरकारको लक्ष्Fित समूहलाई लाभ पु¥याउनुभन्दा आउने सरकारलाई अप्ठ्यारो हुने किसिमको हुनु आपत्तिजनक देखिएको छ । दिनु राम्रो कुरा हो, किनकि पाउने बाहिरकोले होइन, आप्mनै देशवासीले हो । सरकारले बेरोजगार भत्ता पनि दिने निर्णय गर्न थालेको छ, यो पनि झन् राम्रो कुरा हो, तर के यी यावत् खर्चको भार राज्यकोषले वहन गर्न सक्छ ? मुलुक सङ्घीय संरचनामा गएपछि यसै पनि केही वर्ष विभिन्न निर्माण र व्यवस्थापनमा राज्यको ठूलो कोष खर्च हुने देखिएको छ । सातवटा प्रदेशका लागि पुरानै भवन र यताको उता–उताको यता गरेर काम चलाउन सकिएला, तर स्थायित्वका लागि नयाँ भवनहरू बनाउनैपर्छ । ५५० जना प्रदेशसभा सदस्यहरूको खर्च पनि यसै बेला बढेको छ ।
भत्ताहरू दिने कुराको आप्mनै पक्ष र विपक्ष्F होला । भत्ता दिनुलाई राम्रो पनि भन्न सकिन्छ, नराम्रो पनि । दिनु राम्रो हो भने त्यो निरन्तर दिन सकियोस्, सबैलाई समेटन सकियोस् महŒवपूर्ण कुरा त्यो हो । यो कुरा आप्mनो ठाउँमा छ, प्रखररूपमा भने नियतमा खोट देखिन थालेको छ । एक त चुनाव समाप्त भएपछि सरकारले तत्काल राजीनामा दिनुपथ्र्यो । यो लोकतान्त्रिक मूल्य र मान्यता हो । यद्यपि राजीनामा दिएपछि अन्य व्यक्तिको नेतृत्वमा सरकार बन्ने परम्परा पनि छैन । त्यसैलाई अर्को व्यवस्था नभएसम्म कामचलाउ सरकारको मान्यता दिइन्छ, जसले दैनन्दिनको काम मात्र गर्न पाउँछ । देशलाई, देशको अर्थतन्त्रलाई असर पर्ने, आउँदो सरकारमाथि दायित्व आउने, कुनै महŒवपूर्ण काम गर्ने अधिकार काम चलाउन सरकार हुँदैन । अहिले बहाल सरकार, निर्वाचनबाट अल्पमतमा परेको पार्टीको सरकार हो । यद्यपि ऊसँग हिजो बहुमत थियो । उसलाई बहुमतमा टिकाउने पार्टी पनि सरकारबाट बहिर्गमन गरिसकेको छ । केही प्राविधिक कमी देखाउँदै बहुमतको सरकारजस्तै टिकिरहनुलाई कदापि जायज मान्न सकिन्न ।
विवेकयुक्त मानिसले त्यो काम गर्दछ जसले अरूलाई सजिलो होस् र पछि पुनः आपूm त्यस ठाउँमा आएपछि आफैंलाई पनि काम गर्न सजिलो होस् । विवेकशील सरकार भएका देशमा यस्तो बेला जनतालाई बढी अधिकारसम्पन्न बनाउने काम गरिन्छ । जनता बढी अधिकारसम्पन्न भयो भने सत्तासीन पार्टीलाई आप्mनो गलत कामको स्पष्टीकरण दिन गा¥हो पर्छ । प्रतिपक्ष्Fीभन्दा राम्रो काम गरेर देखाउनु सकारात्मक सोच हो भने प्रतिपक्ष्Fीलाई धरापमा पार्ने सोच राख्नु चाहिं प्रतिशोध मात्र हो । प्रतिशोधले देश बन्दैन, कुनै पार्टीविशेषलाई पनि खासै लाभ प्राप्त हुँदैन । आजको सार्वभौम जनताले पनि मूल्याङ्कन गरिरहेको हुन्छ कि कुनै सरकारले के आशयले कुनै निर्णय गरेको छ भनेर । सत्तामा बसेर आफैं नाङ्गो हुनेगरी काम गर्दा आप्mनो अवमूल्यन त हुन्छ नै, पार्टी र देशको पनि आलोचना हुन्छ । यसर्थ सरकारले अहिले सहनशील भएर परिस्थिति सपार्नेगरी काम गर्नु उचित हो ।